१६ वर्षमुनीको एसियन फुटवल च्याम्पियनसिप छनौट चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको छ । किर्गीस्तानको विस्केकमा आज भएको अन्तिम खेलमा नेपाल ओमानसँग ३–१ गोलले पराजित भएको हो ।
हारपछि नेपालको आगामी वर्ष भारतमा हुने एसियन च्याम्पियन्सीपमा छानौट हुने संभाबना कमजोर बनेको छ । नेपालको खुकुलो रक्षापंक्तिको फाइदा उठाउदै ओमानका तामिर अल जावीले नेपालका गोलरक्षकलाई कुनै मौका नदिई गोल गरे । पहिलो हाफको १३ औ मिनेटमा बाराबारी गर्ने लक्ष्य सहित नेपालका रेजिनले गरेको प्रहार ओमानका गोलरक्षकले राम्रो बचाउ गरे ।
आफ्नो अग्रतालाई अझ बलियो बनाउनलाई खेलको ४४ औ मिनेटमा मोहम्मद खलिफा अल खामिसीले पेनाल्टिमा गोल थपे । २ गोलले पछि परेको नेपाल खेलमा केहि सुधार ल्याउन त सफल भयो तर कुनै मुभ भने बनाउन सकेन । खेलको ९० औ मिनेटमा प्रेजेन तामाङले पेनाल्टीमा नेपालकालागि गोल गर्दै नेपाललाई खेलमा फर्काउने प्रयास गरे तर गोल गर्न नपाउदै मोहम्मद ओवाइद अल खायदीले ओमानकोलागि गोल थप्दै जित सुनिश्चित गरे ।
हारपछि नेपाल समुहको दोस्रो स्थानमा झरेको छ । समान ६ अङक भएपनी ओमान गोलअन्तरका आधारमा नेपाललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिएको छ । नेपालले प्रतियोगीता भर ७ गोल गरेको थियो भने ६ गोल खाएको थियो । ओमानले भने ५ गोल गरेको थियो भने ३ गोल खाएको थियो । लगातार दुई खेल जितेर सनसनी पुर्ण नतिजा निकालेको नेपाल, आजको खेलमा ओमानसँग निरह देखियो ।
अव नेपाल समुह उपविजेता बन्न पनि आजै हुने अर्को खेलमा किर्गीस्तानले जोर्डनलाई पराजित गर्नुपर्ने छ । ११ समुहमा रहेका चार उत्कृष्ट उपविजेता भित्र परेमात्रै नेपाल भारतमा हुने एएफसि च्याम्पियन्सीपमा छनौट हुनेछ । नेपालले पहिलो खेलमा बलियो मानिएको जोर्डनलाई २–१ गोलले तथा दोस्रो खेलमा आयोजक किर्गीस्तानलाई ४–२ पराजित गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: