Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधानमा भारतकाे विराेध !

\"indian-flag\"काठमाडाैं । नयाँ संविधानप्रति छिमेकी भारतले कूटनीतिक शैलीमा असन्तोष व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले न औपचारिक समर्थन न विरोधमा आइतबार विज्ञप्ति निकालेको छ ।
अाजकाे नयाँ पत्रिकामा खबर छ– नयाँ संविधान जारी भएलगत्तै भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘संविधान घोषणालाई विचार गरेको’ उल्लेख छ । बहालवाला एक कूटनीतिज्ञले भारतको विज्ञप्तिलाई ‘स्पष्ट अस्विकारोक्ति’ र संविधान कार्यान्वयनमा चुनौतीका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
‘नेपालको संविधान निर्माण प्रक्रियामा भारतले सदैव संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको पक्षमा समर्थन गर्दै आएको छ,’ भारतको औपचारिक प्रतिक्रिया छ, ‘आज हुने संविधान घोषणालाई हामीले विचार गरेका छौँ ।’ भारतले यसअघि चासो राख्दै आएको तराईका हिंसात्मक घटनाप्रतिको चिन्ता दोहोर्‍याएको छ । ‘भारतको सीमानजिकका विभिन्न जिल्लाहरूमा भएका हिंसात्मक घटनाहरूप्रति हामी चिन्तित छौँ,’ विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘काठमाडांैस्थित हाम्रा राजदूतले यस सम्बन्धमा नेपालका प्रधानमन्त्रीसँग कुराकानी गर्नुभएको थियो । हामी अनुरोध गर्न चाहन्छौँ कि विवादित विषयहरू हिंसारहित स्वतन्त्र वातावरणमा संवादसहित सर्वस्वीकार्य स्वामित्वमा संस्थागत हुनुपर्दछ ।’
यसबाट मात्रै नेपालको एकता, समृद्धि र विकास सुनिश्चित हुने भारतको धारणा छ । ‘हामी नेपाली जनतामा हार्दिक शुभेच्छा प्रकट गर्न चाहन्छौँ,’ विज्ञप्तिको अन्तिममा भनिएको छ ।
संविधान प्रारम्भ भएको घोषणा हुँदा संविधानसभाको अतिथि कक्षमा भारतीय राजदूत रञ्जित रे पनि सहभागी थिए । संविधान घोषणाका अवसरमा संविधनसभामा चीनका राजदूत ऊ चुन्थाईलगायत काठमाडौंस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि सहभागी थिए ।
तराई मधेसको अशान्ति सम्बोधन गरेर मात्रै संविधान जारी गर्न भारतले यसअघि दबाब दिँदै आएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत सुव्रमन्यम जयशंकरले शुक्रबार शीर्ष नेतासँगको भेटमा अहिलेकै अवस्थामा नयाँ संविधानमा भारतको समर्थन नरहने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending