यस्तो छ चीनसँग जोडिएको तातोपानी नाकाको अवस्था : कस्सिएर लागे ५ दिनमा खुल्छ
आश्विन ९ गते, २०७२ शनिवार 26th September, 2015 Sat१०:२१:४१ मा प्रकाशित
काठमाडौं । नेपालमा संविधान जारी भएपछि असन्तुष्ट भारतले अघोषित रुपमा नाकाबन्दी लगाएपछि बैकल्पिक व्यावस्थाका बारेमा आम मानिसहरुमा प्रश्न छ ।
भारतले लगाएको नाकाबन्दीलाई उसले अस्विकार गरेपनि विगत ३ दिन यता भारतसँग जोडिएका नेपालका कुनैपनि नाकाहरुबाट आपूर्ति हुन सकेको छैन । आपूर्ति रोक्नका लागि भारतले विभिन्न बनाइरहेको मात्रै छैन । संविधानमा उसले भनेजस्तो संशोधन नगरिए यसैगरी दुख दिने नियत राखेको प्रष्ट बुझ्न सकिन्छ ।
भारतले यदी पूर्णरुपमा नाकाबन्दी गरेको अवस्थामा नेपालमा आपूर्तिको बैकल्पीक व्यावस्था भनेको मित्रराष्ट्र चिनबाट दैनिक उपभोग्य बस्तुको डुवानी वा आपूर्ति एकमात्रै विकल्प हो । तर नेपालको चिनसँग सडकसम्बन्ध जोडिएका रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानी नाका भूकम्पको क्षति पश्चात आजसम्म पनि सूरु हुन सकेको छैन ।
चिनले भारतको नाकाबन्दीलाई मध्यनजर गर्दै नेपाललाई सहयोग गर्न तयार रहेको धारणा सार्वजनिक गरिरहेको अवस्थामा चिनसँग सडकसम्बन्ध जोडिएका तातोपानि र केरुङ नाका अवस्था के छ त ?
केरुङ नाका जोड्ने सडक मर्मत तथा संचालनका लागि केही समय लाग्ने देखिएपनि सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न २, ३ दिनमै सकिने अवस्था छ । सिन्धुपाल्चोकको बाह्रविसेसम्म अहिलेपनि सहजरुपमा यात्रुबहाक आवागमन हुन्छ । बाह्रविसेमाथि तातोपानिको लिपिङसम्म २६ किलोमिटरमध्य सडक डिभिजिन र स्थानिय निकाय तथा संघहरुको तदारुकतामा १६ किलोमिटर बाटो खोलीसकिएको सडक ट्रक कन्टेनर व्यावसायि संघका उपाध्यक्ष अर्जुन सापकोटाले बताए ।
अहिले सडक डिभिजन कार्यलय ३ र माथिल्लो भोटेकोशी जलविद्युत आयोजनाका २ गरेर ५ वटा डोजरहरुले नियमित काम गरिरहेको पनि सापकोटाले बताए । सडक डिभिजन कार्यलय चरिकोटबाट सडक खोल्न अभियानको नेतृत्व गरेका इन्जिनियर राम बहादुर गूरुङ भन्छन्, –‘हामीले भदौ १५ देखि अभियानकै रुपमा काम गरिरहेका छौं । यहि गतिमा काम भए २,३ दिनमै चिनसँगको नाका जोडिने अरनिको हाइवे संचालमा आउँछ’ ।
इन्जिनियर गूरुङका अनुसार सडक संचालनमा आउन बाँकी रहेको करिब १० किलोमिटर सडकखण्डमा केही स्थानभन्दा बाहेक अरु स्थानहरुमा पहिरोले पुरेको मात्रै छ । खोराङकुना, नयाँपुलको आइतबारे, झ्यालेको भिर, डाक्लाङको ३ किलो, झिर्पुको ८ र १० किलो, घण्टेकुला, लिपिङ बजार लगायतका केही स्थानमा सडक उकास्न पर्ने अवस्था छ । तर त्यसलाई अस्थायी रुपमा बैकल्पिक ट्रयाक खोलेर संचालनमा ल्याउने सकिने समेत गुरुङले बताए ।
डाक्लाङमा करिब ४० देखि ५० मिटर सडक भासिएको अवस्था बाहेक अरु स्थानहरुमा सडक पन्छाउने काम मात्रै बाँकी रहेको उनले बताए । तर सडक डिभिजनको नियमित मर्मत बजेट बाहेक अन्य बजेट सरकारले नपठाएका कारण त्याँहा संचालित डोजरहरुमा उदारोमा तेल हाल्नुपरेको उनको गुनासो छ । सरकारले आवश्यक चासो राखेर बजेट र स्रोत साधनको केन्दिकरण गर्ने हो भने ५ दिनमा नेपाललाई आवश्यक पर्ने निर्यात गर्न सकिने गरी सडक संचालनमा ल्याउन सकिने अवस्था रहेको उनले बताए ।
अहिले उक्त सडक निर्माणमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, ट्रक तथा कन्टेनर व्यावसायि संघ, नेपाल हिमाल सिमापार वाणिज्य संघ र सडक डिभिजन कार्यालय चरिकोटले काम गरिरहेका छन् । ट्रक कन्टेनर संघका उपाध्यक्ष सापकोटाका अनुसार आजसम्म सरकार उदासिन रहेकाले नाका खोल्न नसकिएको बताउँछन् । उनले सरकारले तदारुकता देखाउने हो भने ५ दिनभित्र सडक संचालनाम आउने बताए ।
यसअघि चिनियाँ सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको बाह्रविसेसम्म सडक संचालनमा ल्याएको थियो । वर्षामा आएको पहिरोले पून सडक अवरुद्ध भएको हो । नेपाल सरकारलाई सडक संचालनमा ल्याउन आवश्यक सहयोग गर्न तयार रहेको चिन सरकारले बताइसकेको छ ।
उसो त चिनले भूकम्पबाट क्षतिग्रस्त आफ्नोतिरको सडक नेपालको मितेरी पुलसम्म पुन संचालनमा ल्याइसकेको छ ।
भारतले नाकाबन्दी गरेको अवस्थामा तातोपानि सडकखण्ड संचालनमा आए नेपाल सरकारसँग झुक्न नपर्ने अवस्था आउने छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: