Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

माअाेवादी पार्टीबीच फेरि एकताकाे पहल हुँदै

\"prachanda-baidhya_biplab\"काठमाडाैं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले माओवादी र माओ विचारधारा मान्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– माओवादीको बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले माओवाद र माओ विचारधारा मान्ने पार्टीहरूबीच एकताका लागि अपिल गरेर ठोस पहल लिने निर्णय गरेको हो ।   यो निर्णयसँगै माओवादीले एकीकृत नेकपा माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी, नेकपा (एकीकृत) लगायतका माओवादी विचारधारा मान्ने पार्टीहरूसँग एकताका लागि वार्ता अगाडि बढाउने भएको छ ।   एमाओवादी र माओवादीबीच पार्टी एकता संविधान जारी गर्न प्रमुख दलबीच २५ जेठमा भएको १६ बुँदे सहमतिसँगै रोकिएको थियो । ‘क्रान्तिकारी कम्युनिस्ट खासगरी माओवाद र माओविचार मान्नेहरूबीच एकताका लागि अपिल र ठोस पहल गर्ने निर्णय भयो,’ बैठकको निर्णयबारे माओवादीका केन्द्रीय सदस्य रामदीप आचार्यले भने ‘यो निर्णयले क्रान्तिकारी कम्युनिस्टहरूबीचको ध्रुवीकरणलाई मद्दत पुर्‍याउँछ ।’ पाँच दिनदेखि राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले क्रान्तिकारी धु्रवीकरणको नेतृत्व लिन अध्यक्ष वैद्यलाई दबाब दिएका थिए । राष्ट्रिय सम्मेलन माघमा माओवादीले पार्टीको नयाँ राजनीतिक कार्यदिशा तय गर्न माघभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । संविधानसभाबाट संविधान बनेपछि बदलिँदो परिस्थितिको संश्लेषण गर्न र त्यस आधारमा नयाँ कार्यदिशा तय गर्न माघ मसान्तभित्रमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको केन्द्रीय सदस्य आचार्यले जानकारी दिए । माओवादीले संविधानसभा विघटन र सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभाबाट समस्याको समधानको कार्यनीति लिएको थियो ।   संविधानसभाबाट संविधान बनेसँगै उसको कार्यनीतिक औचित्य सकिएको छ । एक केन्द्रीय सदस्यका अनुसार राष्ट्रिय सम्मेलनको मिति र स्थान भने स्थायी समिति बैठकले तय गर्नेछ । माओवादीले भारतले गरिरहेको अघोषित नाकाबन्दीविरुद्ध संघर्ष गर्ने निर्णयसमेत गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending