Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय नेता भन्छन्– हाम्राे राेजाइ प्रधानमन्त्रीमा काेइराला

काठमाडाैं । नेपालको राजनीतिलाई नजिकबाट हेरेका भारतीय सेनाका पूर्वजनरल अशोक मेहताको विश्लेषणमा ओलीलाई रोक्ने अवस्था छैन, तर यो भारतको रुचि होइन । ‘भारतको रुचि कांग्रेससहितको लोकतान्त्रिक गठबन्धन हो, तर आफ्नो अनुकूलताबेगरको उम्मेदवार हुँदाहुँदै पनि ओलीले जितेको अवस्थामा भारतले ओलीलाई बधाई दिनेछ र संविधान संशोधनका लागि आग्रह गर्नेछ,’ मेहताले शनिबार दिल्लीबाट उनकाे भनाइ छापिएकाे अाजकाे  नयाँ पत्रिकामा खबर छ ।
कोइराला प्रधानमन्त्री भएमा उसले भनेजस्तो संविधान संशोधन सहज हुने भारतको बुझाइ छ र त्यसमा मधेसकेन्द्रित पार्टीहरू पनि संलग्न हुनसक्ने उसको विश्लेषण छ । भारतको सोचाइ अहिले पनि कांग्रेस, एमाओवादी, मधेसी र साना दलको गठबन्धन हो, जसको नेतृत्व कांग्रेसले गरोस् । भारत सरकार निकटस्थहरूको बुझाइमा ओली नेतृत्वमा सरकार गठन भए संविधान संशोधन भारतले भनेअनुसार नहुन सक्छ ।
पूर्वजनरल मेहताको विश्लेषणमा विगतको समीक्षाका आधारमा भारतका लागि कांग्रेस कम्युनिस्टभन्दा सहज छ । ‘भारतका लागि वामपन्थी सरकारहरूको तुलनामा कांग्रेस नेतृत्वको प्रजातान्त्रिक गठबन्धन सहज हुन्छ, विगतले यही बताउँदै आएको छ,’ मेहताले टेलिफोनमा भने, ‘केपी ओलीसँग काम गर्न भारतलाई गाह्रो छ । उनीहरूले भारतलाई हेर्ने के नीति तय गर्छन्, मूलत: त्यो आइसकेपछि थप टिप्पणी गर्न सकिएला ।’ तर, वामपन्थी गठबन्धन सत्तामा आए पनि उनीहरूले मधेसको मुद्दालाई बेवास्ता गर्न नसक्ने मेहताको तर्क छ ।
‘ओलीलाई रोक्न एमाओवादी, राप्रपा नेपालमा भोट क्रस गराउनुपर्छ । तर, प्रस्तावक र समर्थक नै भइसकेपछि ओभरनाइट परिवर्तन अब सम्भव छैन,’ भारतीय सरकारी संस्था भारतीय रक्षा अध्ययन एवं विश्लेषण संस्थान (आइडिएसए) का एक दक्षिण एसिया मामिला जानकारले दिल्लीबाट टेलिफोनमा नयाँ पत्रिकासँग भने, ‘भारतले कोइरालाजीलाई समर्थन गर्न चाहेको हो कि होइन भन्ने अझै यकिन गर्न सकिँदैन । यदि त्यस्तो थियो भने कमल थापा र अन्य साना दलहरूले वामपन्थी गठबन्धनलाई समर्थन गर्ने परिस्थिति बन्ने थिएन । त्यसकारण यसमा मात्रै कारण खोज्नु हतार होला ।’ उनको बुझाइमा एमाओवादी वामपन्थी गठबन्धन निर्माणमा सहभागी हुनु स्वाभाविक हो, तर भारतकै चाहना यसको विपक्षमा थियो भने ओलीका पक्षमा बहुमत पुग्ने अवस्था हुँदैनथ्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending