Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

केपी अाेलीकाे जिउमा सेताे सर्प !

\"olibabu\"काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा चयन भएका छन् । तेह्रथुमको इवादेखि सिंहदरबारसम्म उनको राजनीति कसरी सम्भव भयो ?  बाबु मोहनप्रसाद ओलीले छोरा केपी ओलीको जिउमा सेतो सर्प बसेको र ठूलै मान्छे हुन्छ भन्ने बारेको रोचक कथा यसरी सुनाए : छोरो केपी प्रधानमन्त्री हुने भएपछि म आज झापाबाट आएँ । ऊ प्रधानमन्त्री बन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । उसको चिना मैले राखेको थिएँ । कहिलेकाहीं हेर्थें । फागुनदेखि ग्रह राम्रो आयो । शनि बस्ने ठाउँमा वृहस्पति गयो । मंगल बस्ने ठाउँमा सूर्य पुग्यो । मंगललाई सूर्यले च्याप्पै समायो । वृहस्पतिले शनिलाई समायो । ग्रह घुमेर फागुनदेखि सूर्य र वृहस्पति आयो । त्यसपछि राम्रो भयो । यस्तो राम्रो ग्रह तीन वर्षसम्म छ ।   अब सरकार पनि राम्रो हुन्छ । देशको वातावरण पनि अर्कै हुन्छ । छोरा प्रधानमन्त्री हुँदा खुसी छु । छोरा प्रधानमन्त्री हुने देखेर मलाई खबर गर्न भनेको थिएँ । हिजो काठमाडौंबाट फोन गरेर बोलायो ।   ऊ सानै छँदादेखि राजा समानको हुन्छ भन्ने थियो । जन्मेको चार महिनामा कोक्रोमा सुताएर आमा पानी लिन गएकी रहिछ । फर्कंदा त खुट्टादेखि टाउकोसम्मको लामो सेतो सर्प बसेको रहेछ । आमा पानी लिएर आउँदा छोराको शरीरभरि सर्प देखेर आत्तिछे । गाग्रोको पानी सबै पोखाइछे । बच्चाको शरीरमा सेतो सर्प बसेको गाउँभरि हल्ला भयो । यो कुरा गाउँकै पाठकले थाहा पाएछ । उसले यो मान्छे राजा समानको हुन्छ भन्थ्यो । यो सर्प मार्नु हुँदैन भन्यो । त्यो सर्प ६ महिनासम्म घुमिरह्यो ।   सानैदेखि ठूलो मान्छे हुन्छ भन्ने थाहा थियो । सानो हुँदा साना केटाकेटीलाई ठूलोले हेप्यो भने उसलाई मन पर्दैनथ्यो । आफूभन्दा सानालाई गाली गर्‍यो, हिर्कायो भने रिस गथ्र्यो । आफूभन्दा सानोलाई त माया पो गर्नुपर्छ भन्थ्यो । त्यस्तै अलि ठूलो भएपछि धनीले गरिबलाई हेप्यो भने धनीको रिस गथ्र्यो । गरिबलाई त चित्त पो बुझाउनुपर्छ भन्थ्यो । गाउँकै प्रधानपञ्च गंगाप्रसाद प्रसाईंले दमाईंलाई जग्गा कमाउन दिएको रहेछ । धान थोरै फलेको हुँदो हो । प्रसाईंले दमाईंलाई अलिकति पनि नदिएर सबै धान लगेछ । त्यो दमिनीले अध्यारो मुख लगाएर छोराछोरीतिर हेरिछ । अनि यसले अर्को वर्ष पनि त्यो खेत उसैले कमाउने हो । अलि–अलि भए पनि धान त छाड्नु नि भनेछ । अनि प्रसाईंले यसको सातो खाएछ । तेरो जग्गा हो र  ?  दया लाग्छ भने तैंले दे न भनेछ । मेरो जग्गा कमाएको हो र भनेर यसले भनेछ । अलि परतिर ढुकेर बसेर प्रसाईंलाई साइकलबाट लडाइदिएछ । ऊ भागेर घर पुगेर । मेरो जुत्ता लगाएर पुरानो पहाड घर तेह्रथुम गएछ । एक महिनापछि मात्रै घर फर्कियो ।   धनीले यसको रिस गर्थे । कोही मान्छे मर्‍यो भने यसले मारेको भन्थे । जेल पर्‍यो । जेलबाट निस्कँदा उसलाई नेपाल मात्रै होइन बाहिर राष्ट्रले पनि चिन्यो । सानैदेखि अर्कै थियो । यसको वातावरण बेग्लै थियो । गरिबलाई धनीले नहेप्नु, गरिबलाई बढी नै दिनुपर्छ भन्थ्यो ।   एसएलसीभन्दा पढ्नचाहिं सकेन । घैलाडुब्बामा आईए नभएपछि भद्रपुरमा आईएमा नाम लेखाएँ । रामनाथ दाहाल यसको साथी थियो । ऊसँगै हिँड्थ्यो । रामनाथ दाहाललाई सुखानीमा मारिदिए । योचाहिँ अलमल भएर कहिले कहाँ कहिले कहाँ भयो । पढ्नै पाएन ।   पढाइ राम्रो थियो । ५ नपढी ६ कक्षामा गयो । सधैं फस्ट हुन्थ्यो । ७ कक्षामा पनि फड्को हानेको थियो । एसएलसीमा राम्रो हुँदैन भनेर मेलैसँग जाओस् भनेर मैले मानिनँ । पढाइमा ज्याद्रो थियो । स्कुलमा किताब पढ्दै हिँड्थ्यो । अलि विस्तारै पढ्थ्यो । अलि साह्रो पढ् न भन्दा साह्रो गरी पढदाचाहिँ पास हुने हो र भन्थ्यो । बुझ्ने गरी पढनुपर्छ भन्थ्यो । ऊ ४ वर्षको हुँदा आमा मधुमायाको मृत्यु भयो । आमाको राम्रो अनुहार नै ठम्याउन सकेको थिएन । आमाको माया पनि पाउन सकेन । हजुरआमाले हुर्काउनुभयो ।   छोरा अलि रोगी छ । मजस्तै निरोगी भइदिएको भए हुन्थ्यो । म ८५ वर्षको हुँदा कुनै रोग छैन । जे खाए नि हुन्छ । तर, ऊ रोगी छ । जे पायो त्यो खान हुँदैन । सधैं गोली (औषधि) खाइरहनुपर्छ । उसको एउटासम्म सन्तान भइदिए हुन्थ्यो भन्ने लाग्छ । अाजकाे कान्तिपुरबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending