Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

एमालेमा मन्त्री हुन चाहनेको लर्को, वामदेव फेरि र्याल काढ्दै

\"Nppcn-uml\"काठमाडौं । एमालेको तर्फबाट पटकपटक सरकारको नेतृत्व गरेका वामदेव गौतमले चौथोपटक पनि सरकारमा जान र्याल काढेका छन् ।   आजको तरुण साप्ताहिकमा खबर छ–गृहमन्त्रीका रुपमा चौतर्फी आलोचित बनेका गौतमले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँग अब अन्तिम पटकका लागि मौका दिन आग्रह गरेको बालकोट निकट स्रोतको दाबी छ । स्रोतका अनुसार बालकोट पुगेर गौतमले ‘अब पार्टीमा मेरो कार्यकाल यत्ति हो, फेरि सरकारमा पनि हुन्न, यसपटक तपाईंको नेतृत्वमा बसेर काम गर्न इच्छा छ’ भन्दै फेरि मन्त्री हुने इच्छा देखाएका हुन् ।   एमालेले गृह मन्त्रालय नपाउने निश्चित भए पनि उनले उर्जा मन्त्रालयतर्फ ध्यान केन्द्रित गरेका छन् । बालकोट स्रोतका अनुसार प्रथम उपप्रधानमन्त्रीसहित कृषि या उर्जा मन्त्रालय पनि रोजेका थिए ।   गौतमले यसपटक आफ्नो तर्फबाट दुई जनालाई मन्त्री बनाउन अध्यक्ष ओलीसँग माग गरेका छन् । गौतमलाई मन्त्री बनाए पार्टीमा विद्या भण्डारीलाई कार्यवाहक दिन सजिलो हुने भएकोले पनि अध्यक्ष ओलीले छलफल अघि बढाएको बुझिएको छ ।   सासद नभएका नेतालाई मन्त्री बन्ने बाटो नै रोकेपछि एमालेमा पदाधिकारीबाट दुई नेतालाई मन्त्रिपरिषद्मा सामेल गर्न र अरु तकाल नेतालाई स्थान दिने मनस्थिति ओलीले बनाएका छन् । पार्टी उपाध्यक्ष भीम रावललाई मन्त्री हुन नदिन सुदरपश्चिमका ओली समूहकै कार्यकर्ता अरोरात्र खटिएका छन् । तर, ओलीले उनलाई सन्तुलन मिलाउन पनि सरकारमा लान सक्ने बताइन्छ । उपमहासचिव विष्णु पौडेललालई मन्त्री बनाउने कसरत भएको छ ।   एमालेले अर्थमन्त्रालय पाउने भएका कारण माधव नेपाल प्रधानमन्त्ती हुँदा अर्थमन्त्री बनेका सुरेन्द्र पाण्डेको पल्लाभारी छ । पाण्डे अर्थमन्त्री बन्ने निश्चित भएपछि महासचिवमा आफूसित प्रतिस्पर्धा गरेका कारण ईश्वर पोखरेलले उनलाई रोक्न कोशिस गरिहेको स्रोतको दाबी छ । अग्नी खरेल, प्रकाश ज्वाला, दिपक कार्की, गणेशसिंह ठगुन्ना, बैजनाथ थारुका लागि पनि नेताहरुले लबिङ गरिरहेको छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending