Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

यसरी खुल्दैछ भारतीय नाकाबन्दी !

\"birjungकाठमाडाैं । सरकारले सीमानाकामा रहेको अवरोध र आपूर्ति व्यवस्था तीन तरिकाले समाधान गर्ने भएको छ । सरकार एकैसाथ मधेसीसँग वार्ता, भारतसँग कूटनीतिक पहल र सरकारी समितिलाई सक्रिय पार्ने तयारीका साथ अघि बढेको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ–उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी संयन्त्रले इन्धन र ग्यास आपूर्ति सहज बनाउन भारतसँग थप कूटनीतिक संवाद गर्नेछ ।   ‘तराई–मधेसलगायत विभिन्न भागमा आन्दोलनरत दलहरूलाई वार्ताका माध्यमबाट समस्याको समाधानमा आउन सरकारले आह्वान गरेको छ, मुलुकभित्र आपूर्ति व्यवस्था सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ,’ उपप्रधानमन्त्री थापाले सोमबार परराष्ट्र मन्त्रालयमा भने, ‘भारतसँग वार्ता गरी समस्या समाधानका लागि पहल गर्छौँ, यसका लागि म संयोजक रहेको समितिले थप तदारुकता देखाउनेछ ।’   समितिको बैठक साँझ सिंहदरबारमा बसे पनि सदस्यहरूबीच औपचारिक परिचयबाहेक ठोस निर्णय नभएको परराष्ट्रसचिव शंकरदास बैरागीले बताए । ‘मन्त्रीज्यूले बैठक बोलाउनुभएको थियो र यो गतिरोध चाँडो अन्त्य गनुपर्छ भन्नेमा उहाँले गम्भीरता प्रकट गर्नुभएको छ, हामीले भारतसँग दिल्लीस्थित हाम्रो राजदूतमार्फत र यहाँ रहेका भारतीय राजदूतमार्फत कुराकानी गर्दै आएका छौँ,’ परराष्ट्रसचिव बैरागीले भने, ‘उहाँहरूसँग थप कुराकानी गरेर परिस्थिति सहज बनाउन प्रयत्न जारी रहन्छ ।’ समितिमा वाणिज्यमन्त्री, मुख्यसचिव, वाणिज्यसचिव, परराष्ट्रसचिव, अर्थसचिव तथा भारतस्थित नेपाली राजदूत सदस्य छन् ।   ‘केही समययता तराई–मधेसमा भएको आन्दोलन, पारवहन तथा यातायात क्षेत्रमा देखापरेको असहज परिस्थितिका कारण अहिले नेपाली जनताले ठूलो कष्ट भोग्नुपरिराखेको छ,’ उपप्रधानमन्त्री थापाले परराष्ट्र मन्त्रालयमा आयोजित ब्रिफिङमा भने, ‘आन्दोलनरत राजनीतिक दलहरूसँग वार्ता र संवाद गरेर समस्याको समाधान खोज्न सक्रिय छौँ, यसका लागि भारतसँग कूटनीतिक पहल पनि गर्छौँ । सरकारको प्रमुख प्राथमिकता अहिले यही हो, सरकारले युद्धस्तरमा काम गर्नेछ ।’   निवर्तमान परराष्ट्रमन्त्री पाण्डेले गत शुक्रबार नेपालका लागि भारतीय राजदूत रणजित रायलाई बोलाएर छलफल गरेका थिए । त्यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश मन्त्रालयका नेपाल हेर्ने उच्च अधिकारीसँग आपूर्ति सहज बनाउने विषयमा चासो राख्दै आएका थिए । भारतसँग यसबाहेक थप ठोस कुराकानी नभएको परराष्ट्रका अधिकारी बताउँछन् ।   प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार टेलिफोन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपूर्तिमा देखिएको अवरोध हटाइने आश्वासन दिएका थिए । सोमबार रुपैडिया र सुनौली नाका सञ्चालनमा आएका छन् । परराष्ट्रमन्त्रीको निर्देशन परराष्ट्रमन्त्री थापाले आफू योग्यता र क्षमताका आधारमा कर्मचारीलाई प्रोत्साहन गर्ने बताउँदै देशहितलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले पदभार ग्रहणपछि बोल्दै मुलुकको सर्वोपरी हित र स्वार्थको संवद्र्धन गर्ने भूमिका परराष्ट्रले निर्वाह गरिरहेको र यसमा थप सक्रिय हुनुपर्ने पनि बताए । उनले परराष्ट्र सेवाका कर्मचारीको मनोबल उच्च राख्न वृत्तिविकास, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउन हरसम्भव प्रयास गर्ने बताए । रसुवागढी–केरुङ नाका खुल्दै नेपाल र तिब्बतको केरुङ जोड्ने रसुवागढी नाका मंगलबारदेखि खुल्ने भएको छ । दुवै मुलुकका उच्च अधिकारीको उपस्थितिमा नाकाको औपचारिक शुभारम्भ गर्ने तयारी भइरहेको छ । चीनले सीमानाका मंगलबारदेखि सञ्चालनमा आउने सूचना नेपाली अधिकारीलाई दिइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending