Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

आइसिसी विश्वकप क्रिकेट छनोटः नेपालले पपुवा न्युगिनीलाई हरायो

\"Nepali काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) को विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल खेल मैदानमा आज भएको सो प्रतियोगितामा नेपाली युवा टोलीले पपुवा न्युगिनीमाथि ९ विकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पपुवा न्युगिनीले दिएको ४९ रनको लक्ष्यलाई नेपालले खेलको ९.१ ओभरमा एक विकेट गुमाउँदै भेटायो । नेपालले गतिलो बलिङ गरेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनी २८.२ ओभरमा ४८ रन जोड्दै अलआउट भएको थियो । प्रतियोगितामा सुनिल धमलाले अविजित २४ रनको योगदान दिए भने योगेन्द्र सिंह कार्कीले १६ तथा सन्दीप सुनुवारले ४ रन जोडे । प्रतियोगितामा पपुवा न्युगिनीका सुरुवाती नौ ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेका थिएनन् । दशौँ नम्बरमा ब्याटिङ गर्न आएका न्यू टुवा ११ रनमा अविजित रहे । त्यस्तै ११औँ नम्बरमा ब्याटिङ गर्न आएका लोहिया गुवाले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । प्रतियोगितामा नेपालको बलिङतर्फ सुनिल घमलाले ५ विकेट लिए भने आरिफ शेख ३ तथा सुशील कँडेलले १ विकेट लिए । उक्त छनोट प्रतियोगितामा नेपालसहित अमेरिका, आयरल्यान्ड, युगान्डा र पपुवा न्युगिनी सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेलमा शुक्रबार युगान्डासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि मलेसियामा भएको आइसिसी यु–१९ प्रिमियर लिगमा नेपाल उपविजेता भएको थियो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टोलीले आगामी वर्ष बङ्गलादेशमा हुने उन्नाइस वर्षमुनिको विश्वकप च्याम्पियनसिप खेल्न पाउनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending