Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

नेपालले चाहे सिगात्सेबाट इन्धन दिन चीन तयार

\"china\"काठमाडौं । दक्षिणी छिमेकी भारतले तीन सातायता गरेको नाकाबन्दीले चरम इन्धन संकट बेहोरिरहेका बेला उत्तरी छिमेकी चीनले नेपालले औपचारिक रूपमा अनुरोध गरे सीमावर्ती तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ आपूर्ति गराउन तयार रहेको बताएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग आइतबार भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले असल छिमेकीका नाताले नेपाललाई जस्तोसुकै संकटको घडीमा पनि सघाउन आफ्नो मुलुक तत्पर रहेको स्पष्ट पारेका हुन् । सिगात्सेमा रहेको पेट्रोल भण्डारण केन्द्रबाट वितरण हुने इन्धन नेपालतर्फ सहज रूपमा निर्यात गर्न सक्ने राजदूत ऊले बताएको खनाल निकट स्रोतले जानकारी दियो । ‘नेपालको परराष्ट्र मन्त्रालयले लिखित रूपमा चीन सरकारलाई पत्राचार गर्नुपर्छ,’राजदूतलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘सिगात्सेबाट केरुङ आउने इन्धन नेपाल सरकारले सहज रूपमा रसुवागढी हुँदै काठमाडौं भित्र्याउन सक्छ । यसमा हामी सघाउन तयार छौं ।’ एक दिनमा तिब्बतको ल्हासाबाट केरुङसम्म इन्धन ल्याइने गरेको राजदूतले बताएका थिए । खनालले दसैं मुखैमा आइसक्दा पनि भारतको नाकाबन्दी नहटेको र जनताले संकट भोगिरहेकाले चीनले नेपाललाई सहयोग गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । अहिले अल्पकालीन रूपमा नेपाललाई इन्धन उपलब्ध गराइदिन र निकट भविष्यमा औपचारिक सम्झौता गरी पेट्रोलियम पाइपलाइनमा जान सकिने खनालको भनाइ थियो । भेटमा राजदूतले नेपालसँग स्वतन्त्र व्यापार सम्झौता र द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता गरी व्यापारलाई सुदृढ बनाउने चीनको चाहना पनि सुनाएका थिए । उनले खनालको आग्रहबारे चिनियाँ नेतृत्वलाई अवगत गराउने बताए । खनालका विदेश मामिला सल्लाहकार मिलनराज तुलाधरले भेटका क्रममा नेपालको विद्यमान इन्धन संकट र नेपाल–चीनबीच कसरी व्यापार अभिवृद्धि गर्ने भन्नेबारे छलफल भएको जानकारी दिए । ‘इन्धन संकटबारे हाम्रो सरकारले स्पष्ट रूपमा आग्रह गरे चीन सहयोग गर्न तीव्र इच्छुक देखिन्छ,’ तुलाधरले भने । नेपाल र चीनबीचको दोस्रो ठूलो सीमा नाका रसुवागढीबाट चीनको केरुङ पुग्न २५ किलोमिटरमात्रै लाग्छ । रसुवागढीलाई अन्तर्राष्ट्रिय सीमा नाकाका रूपमा विस्तार गर्न चीन तयार रहेको चिनियाँ राजदूतले बताएका थिए । एक वर्षअघि रसुवागढी नाकालाई गतिशील बनाउने निर्णय दुई देशबीच भएको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीले चीनलाई तातोपानी र रसुवागढी नाका खुलाएर व्यापार सहज गरिदिन आग्रह गरिए पनि हालसम्म इन्धन आपूर्तिका लागि अनुरोध नगरिएको बताए । ‘सरकारले चीनलाई औपचारिक रूपमा इन्धन पठाइदिन भनेको छैन । परराष्ट्रमन्त्रीको भ्रमणमा समेत भारत इन्धन आपूर्ति गर्न तयार नभए चीनसँग यसबारे अनुरोध गर्न सकिन्छ,’ ती अधिकारीले भने । यसअघि गत शुक्रबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका अधिकारीले नेपालको चाहनाअनुसार सहयोग दिन तयार रहेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending