Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

गाईको गोरसबाट क्यान्सर रोग नलाग्ने वैज्ञानिकबाट प्रमाणित

\"a21937b2e0f14781a067c699e16ccc22\"काठमाडौँ । परम्परादेखि पाल्दै आएको स्थानीय जातका गाईको गोरसबाट क्यान्सरजस्ता भयानक रोग ठीक हुने तथ्य वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएपछि नेपालमा गाईप्रतिको आकर्षण बढ्न थालेको छ ।   यसअघि स्थानीय गाईले कम दुध दिने भएकाले जर्सी गाई र भैँसी पाल्ने प्रचलन बढेको थियो । अमेरिका र युरोपेली देशमा स्थानीय गाईमाथि भएको वैज्ञानिक अनुसन्धानले क्यान्सर, क्षयरोग र मलेरिया रोग गोरसबाट निको भएको प्रमाणित गरेको हो ।   शास्त्रमा भनिएको पनि छ “शास्नादि मत्वंगोत्वं ककुद् वत्वं गोत्वं” अर्थात् जसमा माला र जुरो हुन्छ त्यो नै गाई हो । स्थानीय गाई÷गोरुमा जुरो हुन्छ । स्थानीय गाई÷गोरु प्राकृतिक हुन् भने जर्सी गाई÷गोरु कृत्रिम हुन् ।   स्थानीय गाई÷गोरुमा हुने जुरोले सूर्य र चन्द्रमाबाट आउने किरणलाई तान्ने  अवशोषण गर्ने काम गर्छ । यो जुरोलाई सूर्यकेतु नाडी भनिन्छ । सूर्यकेतु नाडीले सूर्य र चन्द्रमाबाट लिएको किरण शक्तिका रुपमा गाईको दूध, गहुँत र गोबरमा प्रकट हुन्छ । यसरी प्रकट भएका शक्ति र ऊर्जाले नै मानिसलाई विभिन्न भिटामिनयुक्त तत्व प्रदान गर्ने भएकाले गाईको दूध, दही, घ्यू, गहुँत र गोबर पवित्र मानिएको स्थानीय गाईको अध्ययन अनुसन्धानमा लाग्नुभएका गोब्रती योगी सोमराजले बताए । स्थानीय गाईको दूधमा ओमेगा तीन नामक तत्व पाइन्छ जसले स्मरण शक्ति बढाउने काम गर्दछ । त्यसैगरी गाईको दूधमा पाइने सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन । गोमूत्रमा कक्र्युमिन नामक तत्व पाइन्छ जुन एन्टी क्यान्सर ड्रग हो भन्ने तथ्य वैज्ञानिकरुपमा प्रमाणित भएको छ । यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ । गौमूत्रमा अन्य २४ वटा तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यकतालाई पूर्ति गरी निरोगी बन्नका लागि सहयोग पु¥याउँछ । इटालीमा प्रा जिई विंगेडले गाईको गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने अद्भूत क्षमता हुन्छ भन्ने प्रमाणित गरेका हुन् । नपुंसकता, चिड्चिडापन, मधुमेह, उच्च रक्तचाप, बाथ, किड्नी फेल ९मृगौला रोग० आदि रोग आधुनिक कृषि प्रणालीका उपज हुन् । “गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मलको प्रयोग गरेर गरिएको खेतीबाट यस्ता रोग लाग्ने अनाज उत्पादन नहुने तथ्य बैज्ञानिकरुपमा प्रमाणित भएपछि अहिले युरोप र अमेरिकाका सहरमा अग्र्यानिक खेती गर्ने क्रम बढ्न थालेको छ,” सोमराजले बताए । ऋषिमुनिले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धानबाट प्रमाणित गर्न थालेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन्। “हाम्रा ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए, बीचमा अध्ययन र प्रचारप्रसारको कमीले गाईको महत्व ओझेलमा परेको थियो”, उनले भने “यस्ता गुणले युक्त पवित्र गाईको दान गर्नाले दान गर्ने मानिस पनि पवित्र हुने भएकाले हाम्रा धार्मिक कृत्यमा गोदानको विधि रहेको हो” । यसका विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन अनुसन्धान सुरु गर्दैछन् । धर्तीका लागि गाईको गोबर अमृत मानिने भएकाले बृहत्रुपमा गाईको संरक्षण गरिसकेपछि सयौँ बिघा जमिनमा अग्र्यानिक खेती गर्न सकिन्छ । गाईको गहुँतबाट १४८ प्रकारका रोगहरु ठीक हुने वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छ । गाईको घ्यूूले बढेको कोलेस्ट्र्रेल ठीक गराउनुका साथै मुटुरोगमा समेत लाभदायक रहेको तथ्य प्रमाणित भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ । सन् २०१२ मा अमेरिकन हर्ट एसोसिएसनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीहरुमा ३१ प्रतिशतले कमी आएको आफ्नो शोधपत्रमा उल्लेख गरेको छ । इन्टरनेशनल कार्डियोलोजी भारतका अध्यक्ष डा शान्तिलाल साहले भैंसीको दूधमा लोङ्चन फ्याट बढी हुने तथ्य प्रमाणित गरेका छन् । जसले नशा जमेर अवरुद्ध हुँदा हृदयाघातको समस्या देखापर्छ । यसैले उनले गाईको दूध हृदय रोगीहरुका लागि वरदान सावित भएको अनुसन्धानबाट प्रमाणित गर्नुभएको छ ।   गाईको गहुँतमा अमेरिकाले शोध अनुसन्धान गरी पाँचवटा गोमूत्रबाट बन्ने औषधीको पेटेन्ट राइट लिएको गोव्रती सोमराज बताउछन् । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधीको पेटेन्ट राइट लिएको छ । गाईको घ्यूू पनि उत्तिकै औषधीय गुणले युक्त छ । गाईको घ्यूूले हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फारमेलडी हाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पु¥याउँछ भने इथिलिन अक्साइड र फारमेलडी ग्यासले पर्यावरणमा नकारात्मक असर पु¥याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ ।   गोरखनाथ र पशुपतिनाथको देशमा गाई एउटा राष्ट्रिय धरोहरका रुपमा रहँदै आएको छ । धेरै गोवंश पालेकैले शिवजीलाई पशुका पति अर्थात् पशुपति भनिन्छ । यसैकारण शिवजीको वाहन नै साँढे ९गोरु० भएको  विश्वास गरिन्छ । धेरै गाईको रक्षा गरेकाले गोरक्षनाथबाट अपभ्रंश भई गोरखनाथ भएको हो । यही भूमिमा गाई गोठालाबाट द्रव्य शाह राष्ट्रनायक बनेको इतिहास छ । धेरै गाई पाल्ने गोपालबंशी राजाहरुले नेपालमा शासन चलाएको इतिहास छ । आधुनिक नेपालको गोरखा जिल्लाको नामाकरण पनि गोरखनाथ जन्मिएको र गाईको रक्षा गरेकैले हुन गएको हो । गोरक्षाबाट अपभ्रंश भई गोरखा शब्द बनेको हो । यसैले शास्त्रमा भनिएको पनि छ – “यदा देवेषु वेदेषु गोषु विप्रेसु साधुषु । धर्म मयि च विद्वेष सवा आसु विनश्यति ।” अर्थात्, जसले गाई, धर्म र ब्राह्मणमा विद्वेष गर्छ त्यो यो देशमा टिक्दैन । पशुपतिनाथ र गोरखनाथको तपस्याको अगाडि कोही टिक्न सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy