Khabar Dabali २ बैशाख २०८३ बुधबार | 15th April, 2026 Wed

ओलम्पिक अभियानको साझेदार गैरआवासीय नेपाली सङ्घ बन्ने संझौता

\"images\"काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए  र  नेपाल ओलम्पिक कमिटी एनओसी बीच सम्झौता भएको छ ।

नेपाल ओलम्पिक कमिटीको भवनमा आइतबार आयोजित कार्यक्रममा एनओसीका तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ र एनआरएनका तर्फबाट अध्यक्ष शेष घलेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार अबदेखि नेपालमा चलिरहेको ओलम्पिक अभियानको साझेदारका रुपमा गैरआवासीय नेपाली सङ्घ रहनेछ । सो अवसरमा एनआरएन स्थापना दिवस अक्टोबर ११ तारिखका दिन ओलम्पिक कमिटीले विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी समेत दिइएको थियो ।

यसैगरी, गैरआवासीय नेपाली सङ्घले क्षमतावान् केही खेलाडीको वैदेशिक प्रशिक्षण र खेलकुद प्रतिस्पर्धाका आवश्यक सामग्री उपलब्ध गराउने, दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलकुद प्रतिस्पर्धामा सहभागी खेलाडीलाई छात्रवृत्ति प्रदान गर्ने, नेपाली खेलकुद क्षेत्रको भौतिक पूर्वाधार निर्माणका लागि दाता तथा बहुराष्ट्रिय कम्पनीको खोजी गर्नेलगायत सहमती भएको छ ।

सङ्घका अध्यक्ष घलेले एनओसीसँगको सम्झौताले नेपाली र दोस्रो पुस्ताका गैरआवासीय नेपालीबीचको सम्बन्ध सुमधुर बनाउने बताउँदै नेपाली खेलाडीले क्षमता नभएरभन्दा पनि उपयुक्त प्रशिक्षण र अवसर नपाएर उपलब्धि हासिल गर्न नसकेको बताए।

कार्यक्रममा कमिटीका अध्यक्ष श्रेष्ठले खेल क्षेत्रमार्फत राष्ट्रको शिर उँचो बनाउने आफूहरुको अभियानमा गैरआवासीय नेपाली सङ्घले साथ दिएकाले आगामी दिनमा अन्तर्राष्ट्रिय जगतमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा एनआरएनका अध्यक्ष घलेलाई नेपाल ओलम्पिक कमिटीको मानार्थ सदस्यता प्रदान गरिएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending