काठमाडौं, सरकारले सार्वजनिक यातायातमा भाडा घटाएको एक महिनापछि मात्र यातायात व्यवसायीले निर्णय गरेभन्दा आधा मात्र भाडा घटाउने तयारी सुरु गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार बसेको बैठकले सरकारले निर्णय गरेभन्दा आधा भाडा घटाउने निर्णय गरेको हो । सरकारले न्यूनतम भाडा चार किमीमा रु १३ मात्र लिन पाउने निर्णय गरेकामा व्यवसायीले भने रु १४ न्यूनतम भाडा लिने निर्णय गरेका छन् । सरकारी भाडादर अनुसार यसअघि नै न्यूनतम भाडा रु १४ हुनुपर्ने थियो ।
वैज्ञानिक भाडा पद्धतिअनुसार रु १४ न्यूनतम भाडा लिने निर्णय गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । “सरकारले निर्णय गरेअनुसार सार्वजनिक सवारी साधनमा २.०३ प्रतिशत भाडा घटाउने निर्णय गरिएको हो”–उनले भने–“यसै अनुसार १४ वटै अञ्चलका यातायात व्यवसायीलाई निर्देशन जारी गरिएको छ ।” मालवाहक सवारीसाधनतर्फ तराईमा ५.२८ प्रतिशत, पहाडी जिल्लामा ४.३७ प्रतिशत र ट्याक्सीमा प्रतिकिलोमिटर रु ३६ भाडा कायम गरिएको महासङ्घले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ । महासङ्घले यो भाडादर फागुन २३ गतेदेखि लागू गर्न निर्देशन दिइएको पनि महासचिव सिटौलाले बताए । पेट्रोलियम पदार्थमा पटक पटक भाउ घटेपछि सरकारले माघ २६ गते सार्वजनिक सवारीसाधनमा भाडा घटाउने निर्णय गरेको थियो । सरकारले निर्णय गरेको तीन हप्तासम्म पनि यातायात व्यवसायीले भाडा नघटाएपछि फागुन १८ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी भाडा घटाउने निर्णय सार्वजनिक गरेको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भाडा नघटाउने यातायात व्यवसायीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गर्ने तयारी गरेपछि बुधबार बसेको महासङ्घ बैठकले आधा मात्र भाडा घटाउने निर्णय गरेको हो । यातायात व्यवस्था विभागले भने सरकारले निर्णय गरे अनुसार न्यूनतम भाडादर रु १३ हुनुपर्ने जनाएको छ । “सरकारले निर्णय गरेअनुसार न्यूनतम भाडादर रु १३ सहित सबै भाडादर व्यवसायीले पालना गर्नुपर्छ”–विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटीले भने। उपभोक्ता मञ्चका मध्यमाञ्चल सचिव रोशन पोखरेल भने विभाग र यातायात व्यवसायीका बीचमा ‘म कुटेजस्तो गर्छु, तँ रोएजस्तो गर्’ भन्ने शैलीमा काम गरेर आम उपभोक्तालाई मारमा पार्ने काम भएको बताउँछन् । “यस्तो सम्बन्ध नभए सरकारले गरेको निर्णय एक महिनासम्म पनि किन लागू भएन ? र चौतर्फी दबाबपछि मात्र कारबाहीको प्रक्रियामा गइयो, लाखौँको आर्थिक चलखेल गरेर यात्रुलाई मारमा पार्ने काम भएको छ”–उनले भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला भने अब पनि सरकारले गरेको निर्णयअनुसार सार्वजनिक यातायातको भाडा नघटाए अनुगमन गरेर भाडा नघटाउने यातायात व्यवसायीलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउँछन् । “हामी सात दिनसम्म कुर्छौं, निर्णय कार्यान्वयन नभए अनुगमन र कारबाहीको प्रक्रियामा अगाडि बढाउछौं, अब दण्डहीनताको अवस्था रहँदैन”–उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: