Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

अमेरिकामा घुम्ती टोली, नेपालमा सास्ती

मेरिल्यान्ड (अमेरिका), अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा बसोवास गरिरहेका नेपालीका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाड्न विभिन्न राज्यमा घुम्ती टोली पठाएको छ । नेपालमा एमआरपी बनाउन घण्टौं लाइन बस्नुपर्ने र लामो समय कुनुपर्ने भए पनि समयमै एमआरपी प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले विभिन्न राज्यमा घुम्ती टोली पठाएको हो । हस्तलिखित राहदानीको प्रयोग गर्ने अवधि सकिँदै गर्दा दूतावासले यस्तो पहल थालेको हो ।विभिन्न राज्यहरू र कन्टिनेन्टको आवश्यकता र स्थानीय नेपाली समुदायको मागअनुरुप टोली पठाउने कार्य जारी रहेको अमेरिकाका लागि कार्यवाहक राजदूत ऋषिराम घिमिरेले जानकारी दिए । एनआरएनलगायत विभिन्न राज्यमा रहेका नेपाली सङ्घसंस्थाको अग्रसरतामा फारम पठाई जिम्मा लगाउने र टोली पठाउने गरिएको छ ।
नेपालमा राहदानी बनाउन झञ्झटिलो र लामो समयको प्रक्रियाका कारण पुराना हस्तलिखितको सट्टा एमआरपी बनाउन ढिलाई हुँदै आएको छ
त्यसैगरी हालै मेरिल्यान्ड, भर्जिनिया बासिङ्गटनमा घुम्ती टोलीद्वारा एमआरपी पासपोर्ट फारम वितरण कार्य सम्पन्न भइसकेको छ । दूतावासका काउन्सुलर नारायण मैनालीका अनुसार मेरिल्याण्डको बाल्टिमोरमा गएको टोलीमा सयजना नेपालीले एमआरपीका लागि फारम लगेका थिए । पासपोर्ट लिन परेका निवेदनहरूमा करिब आधा जति फारम भर्दा नमिलेको, फोटोको नाप नमिलेको र फारम नै नभरेको आउने गरेको काउन्सुलर मैनालीले जानकारी दिए । दूतावासले एमआरपी पासपोर्टका सम्बन्धमा गतवर्षदेखि नै दूतावास, दूतावासको वेभसाइट र नेपाली विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा सूचना जारी गरेको जनाएको छ । नेपालमा राहदानी बनाउन झञ्झटिलो र लामो समयको प्रक्रियाका कारण पुराना हस्तलिखितको सट्टा एमआरपी बनाउन ढिलाई हुँदै आएको छ । शरणार्थीका रुपमा बसेकाहरूको राहदानी फिर्ता अमेरिकामा शरणार्थीको अवस्थामा बसोवास गरिरहेका नेपालीहरूको राहदानी फिर्ता गरेको अमेरिकास्थिति नेपाली दूतावासले जनाएको छ । नेपाली नागरिकको पासपोर्टमा शरणार्थी भनी उल्लेख भएको भेटिएपछि दूतावासमा आएका त्यस्ता राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको हो । न्युयोर्कको कन्सुलर र नेपाली दूतावासबाट गरी हजारौँ राहदानी फिर्ता भइसकेका छन् । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायमा जानकारी भइसकेको र निर्णय नभएसम्मका लागि राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको जानकारी कार्यवाहक राजदूत घिमिरेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy