Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

अमेरिकामा घुम्ती टोली, नेपालमा सास्ती

मेरिल्यान्ड (अमेरिका), अमेरिकास्थित नेपाली राजदूतावासले अमेरिकामा बसोवास गरिरहेका नेपालीका लागि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बाड्न विभिन्न राज्यमा घुम्ती टोली पठाएको छ । नेपालमा एमआरपी बनाउन घण्टौं लाइन बस्नुपर्ने र लामो समय कुनुपर्ने भए पनि समयमै एमआरपी प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले विभिन्न राज्यमा घुम्ती टोली पठाएको हो । हस्तलिखित राहदानीको प्रयोग गर्ने अवधि सकिँदै गर्दा दूतावासले यस्तो पहल थालेको हो ।विभिन्न राज्यहरू र कन्टिनेन्टको आवश्यकता र स्थानीय नेपाली समुदायको मागअनुरुप टोली पठाउने कार्य जारी रहेको अमेरिकाका लागि कार्यवाहक राजदूत ऋषिराम घिमिरेले जानकारी दिए । एनआरएनलगायत विभिन्न राज्यमा रहेका नेपाली सङ्घसंस्थाको अग्रसरतामा फारम पठाई जिम्मा लगाउने र टोली पठाउने गरिएको छ ।
नेपालमा राहदानी बनाउन झञ्झटिलो र लामो समयको प्रक्रियाका कारण पुराना हस्तलिखितको सट्टा एमआरपी बनाउन ढिलाई हुँदै आएको छ
त्यसैगरी हालै मेरिल्यान्ड, भर्जिनिया बासिङ्गटनमा घुम्ती टोलीद्वारा एमआरपी पासपोर्ट फारम वितरण कार्य सम्पन्न भइसकेको छ । दूतावासका काउन्सुलर नारायण मैनालीका अनुसार मेरिल्याण्डको बाल्टिमोरमा गएको टोलीमा सयजना नेपालीले एमआरपीका लागि फारम लगेका थिए । पासपोर्ट लिन परेका निवेदनहरूमा करिब आधा जति फारम भर्दा नमिलेको, फोटोको नाप नमिलेको र फारम नै नभरेको आउने गरेको काउन्सुलर मैनालीले जानकारी दिए । दूतावासले एमआरपी पासपोर्टका सम्बन्धमा गतवर्षदेखि नै दूतावास, दूतावासको वेभसाइट र नेपाली विद्यार्थी अध्ययनरत विश्वविद्यालयमा सूचना जारी गरेको जनाएको छ । नेपालमा राहदानी बनाउन झञ्झटिलो र लामो समयको प्रक्रियाका कारण पुराना हस्तलिखितको सट्टा एमआरपी बनाउन ढिलाई हुँदै आएको छ । शरणार्थीका रुपमा बसेकाहरूको राहदानी फिर्ता अमेरिकामा शरणार्थीको अवस्थामा बसोवास गरिरहेका नेपालीहरूको राहदानी फिर्ता गरेको अमेरिकास्थिति नेपाली दूतावासले जनाएको छ । नेपाली नागरिकको पासपोर्टमा शरणार्थी भनी उल्लेख भएको भेटिएपछि दूतावासमा आएका त्यस्ता राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको हो । न्युयोर्कको कन्सुलर र नेपाली दूतावासबाट गरी हजारौँ राहदानी फिर्ता भइसकेका छन् । यस विषयमा सम्बन्धित मन्त्रालय र निकायमा जानकारी भइसकेको र निर्णय नभएसम्मका लागि राहदानीको अभिलेख राखी सम्बन्धित व्यक्तिलाई राहदानी फिर्ता गरिएको जानकारी कार्यवाहक राजदूत घिमिरेले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending