Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नाका अपडेट : हिजो के कति भित्रियो इन्धन

नयाँ पत्रिका दैनिकको अपडेट यस्तो छ–   सुनौली नाकाबाट इन्धनका दश गाडी भित्रिए भैरहवा नाकाबाट शनिबार ८९ मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । तीमध्ये डिजेलका आठ र पेट्रोलका दुई ट्यांकर रहेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत केशव ओलीले जानकारी दिए । पछिल्लो समय भैरहवा नाकाबाट दैनिक बढीमा सय गाडी भित्रिन दिने अघोषित समझदारीअनुसार गाडी नेपाल आइरहेका छन् ।   जोगबनीबाट आए इन्धनका ३२ गाडी विराटनगर–जोगबनी नाकाबाट शनिबार साँझसम्ममा एक सय ८५ मालबाहक सवारीसाधन भित्रिएका छन् । तीमध्ये डिजेलका १९, पेट्रोलका चार, खाना पकाउने एलपी ग्यासका नौ बुलेट, औषधिको एउटा गाडी भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।   काँकडभिट्टाबाट आए ९७ गाडी, इन्धनका आएनन् पूर्वी नाका काँकडभिट्टाबाट शनिबार ९७ वटा मालबाहक सवारी नेपाल प्रवेश गरेका छन् । तेस्रो मुलुकबाट भित्रिएका आठवटा कन्टेनरसहित ती मालबाहक सवारी नेपाल भित्रिएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भन्सार प्रमुख भीमप्रसाद अधिकारीले शनिबार र आइतबार पश्चिम बंगालमा बिदा हुने भएकाले ट्यांकर नभित्रिने बताए ।   नेपालगन्जबाट इन्धनका २४ ट्यांकर भित्रिए यो नाकाबाट शनिबार राति ९ बजेसम्म १०१ मालबाहक गाडी आएका छन् । त्यसमध्ये डिजेलका २० र हवाई इन्धनका ४ ट्यांकर भित्रिएका छन् । खाना पकाउने एलपी ग्यासको ३ बुलेट भित्रिएको प्रमुख भन्सार अधिकृत राजेन्द्रकुमार हमालले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending