Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दैनिक हराएका सैंयौं पासपोर्ट कहाँ पुग्छ ?

\"Nepali_mrp\"काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मात्रै दैनिक १५ सय नेपालीहरु विदेश जाने गरेका छन् । अन्य प्रयोजनका लागि विदेश भ्रमणमा जानेहरु पनि उत्तिकै हुन्छन् । छिमेकी मुलुक भारतबाहेकका मुलुकहरु जानका लागि राहदानी चाहिन्छ । त्यसैले दैनिक सैंयौं राहदानीहरु बनाउनेहरुको लाम केशरमहलस्थित राहदानी विभागदेखि हरेक जिल्लाहरुमा दैनिक सैयौंका संख्यामा हुन्छन् । तर त्यति नै मात्रामा राहदानी हराएर बनाउन विभाग र जिल्ला धाउनेहरुको लाम पनि हुने गरेका छन् । राहदानी विभागमा मात्रै दैनिक एक सयभन्दा बढी हराएका पासपोर्ट बनाउन आउनेहरु भेन्छिन् । राहदानी विभागका निर्देशक शरदराज आरणका अनुसार हरेक महिना ३५ सय पासपोर्ट हराएर बनाउन आउनेहरु छन् । पासपोर्ट हरायो भनेर दैनिकजसो एक सयको हाराहारीमा आउने गरेको दिर्नेशक आरण बताउँछन् । पासपोर्ट हराए के गर्ने ? पासपोर्ट हरायो भने अर्को पासपोर्ट बनाउनुको विकल्प छैन । एउटा पासपोर्ट हराइसकेपछि नयाँ पासपोर्ट बनाउँनै प¥यो तर कथंकदाचित पुरानो पासपोर्ट कसैले भेटेर दुरुपयोग गर्न पनि सक्छन्, पुरानो हराएको भनेर नै प्रतिलिपि पासपोर्ट बताउने गरिन्छ । नियमावली अनुसार पासपोर्ट हराएमा कुनै दैनिक पत्रिकामा ३५ दिन अगाडि पासपार्ट हराएको उल्लेख गरी सूचना निकाल्नुपर्छ । पत्रिकामा प्रकाशित सूचनासहित हराएको क्षेत्रको प्रहरी कार्यालयका निवेदन दिनुपर्छ र प्रहरीले एक सातापछि खोजतलास जारी राखिएको तर नभेटिएको ब्यहोराको सहितको रिपोर्ट लेखिदिन्छ । प्रहरीको रिपोर्टसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा राहदानी विभागमा निवेदन दिएपछि अर्को पासपोर्ट हात पर्छ । यो प्रक्रिया वर्षौदेखि चलिआएको छ । नियमावलीअनुसार हराएको सूचना निकालेपछि प्रहरीले एक हप्तासम्म पनि खोजतलास गरी नभेटेमा प्रतिलिपि पासपोर्ट दिने उल्लेख छ । दैनिक पासपोर्ट कसरी हराउँछ ? पासपोर्ट हराएर नयाँ लिन सजिलो छ । तर दैनिक सैयौं पासपोर्ट कसरी हराउँछ त ? ‘कहिलेकाँही कहिँ कतै खसेर, कतै छुटेर पनि हराउँन सक्छ । तर दैनिक सैयौं पासपोर्ट त्यसरी नै हराउने कुरा भएन’ विभागका निर्देशक आरण भन्छन्,– कतिपय पासपोर्ट म्यानपावरले हराइदिन्छन् भने कतिपय पैसाको मामिलामा कुरा नमिल्दा म्यापावरहरुले दिँदैनन् । कतिपय विदेश एप्लाई गरेर सफल भएन भने पुरानो पासपोर्टको खोट देखाएर नयाँ बनाउने गर्छन् ।’ पासपोर्ट मात्र होइन, नागरिकता, सवारी प्रमाणपत्र पनि नहराउने होइनन् । महत्वपूर्ण काजजात हराएपछि प्रतिलिपि भए पनि बनाउनै पर्ने बाध्यता हुन्छ नै । तर राहदानी जस्तै अन्य महत्वपूर्ण कागजातहरु हराएको कमै सुनिन्छ । त्यसैले अधिकांश राहदानी नियोजित रुपमा नै हराउने गरेको निर्देशक आरणकै भनाइबाट पुष्टी हुन्छ । प्रहरीले किन भेट्दैन हराएका पासपोर्ट ? पासपोर्ट हराएपछि पत्रिकामा नै सूचना प्रकाशित गरेर खोजिगरिदिन प्रहरीलाई उजुरी दिने गरिए पनि प्रहरीले अहिलेसम्म कसैको पासपोर्ट भेटाइदिएको जानकारी छैन । पासपोर्ट हराएर भेटिन्छ कि भनेर खोजिगरिदिन प्रहरीलाई गुहार्ने नभई नयाँ बनाउनका लागि औपचारिकता मात्रै हो । प्रहरीले पनि खोजतलास भइरहेको भनेर औपचारिकताकै लागि रिपोर्ट बनाइदिने गर्छ । पासपोर्ट कसरी हराउँछ र हराएका पासपोर्ट कहाँ थुिप्रएका हुन्छन् भन्नेमा प्रहरीलाई पनि थाहा नभएको होइन । उसले म्यानपावरमा गएर पासपोर्ट निकाल्दिने झन्झट नै गर्दैन । राहदानी एप्लाई गर्न भन्दै म्यानपावरमा बुझाउने तर भिसा लागेपछि काम मन नपरेर अन्य विविध कारण छाडिदिन्छन् र हरायो भन्दै नयाँ निकाल्ने प्रक्रियामा लाग्ने गर्छन् । अधिकांश हराएको सूचना निकालेका पासपोर्टहरु आफ्नै म्यानपावरमा भए पनि म्यानपावर कम्पनीले पनि वास्ता गर्दैन । भिसा आएपछि कामदारले जान अस्वीकार गरेपछि भिसा चार्ज लाग्ने भन्दै मोटो रकम असुल्न प्रयास गर्छन् म्यानपावर ब्यवसायीहरु । यस्ता कारणले पनि म्यानपावरमै बेवारिस भनेर अधिकांशमा पासपोर्टहरु हराउने गरेका छन् । हराएका एक लाख बढी नेपाली पासपोर्ट इन्टरपोलमा राहदानी विभागका अनुसार पासपोर्ट हरायो भन्दै नयाँ पासपोर्ट बनाउन आउनेको हराएको पासपोर्ट इन्टरपोलमा पठाउने गरिएको छ । अहिलेसम्म एक लाख ३० हजार हराएका नेपाली पासपोर्ट इन्टरपोलमा राखिएको विभागका निर्देशक आरण बताउँछन् । हराएको पासपोर्टको दुरुपयोग हुनसक्ने भएकाले क्यान्सिल गरेर इन्टरपोलमा राखिने गरिएको उनी बताउँछन् । हराएका पासपोर्टहरु इन्टरपोलमा पठाएलेका कुनै पनि पासपोर्टको दुरुपयोग हुनै नपाउने विभागको दावी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies