Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कहाँबाट आउँछ आइएसलाई पैसा ?

[caption id=\"attachment_51483\" align=\"aligncenter\" width=\"750\"]\"इस्लामिक इस्लामिक स्टेटका नेता[/caption] इस्लामिक स्टेट विश्वकै धनी उग्रवादी समूह भएको ठानिदैँ आएको छ । सो संगठनले संयुक्त अधिराज्य जतिकै भूगोल रहेका इराक र सिरियाका भूभागमा इस्लामी राज्य ‘क्यालिफेट’ बनाएर आफूले शासन गरिरहेको बताउँदै आएको छ । तर आइएसको मुख्य आर्थिक श्रोत कुन हो र कसले उक्त संगठनलाई रकम उपलब्ध गराउँछ त ? आउनुहोस यसबारे जानकारी लिउँ ।   १. चन्दा धनी पश्चिमा दाताहरुले व्यक्तिगत रुपमा र मध्य पश्चिम मुख्य गरि साउदी अरेबीया र कतारमा रहेका इस्लामी परोपकारवादी संस्थाहरु प्रारम्भिक चरणमा आइएसको आम्दानीका मुख्य श्रोत रहेका थिए । सुन्नी समुदायका समर्थक रहेका उनीहरुले इस्लामको अलाविट सम्प्रदायबाट आएका सिरियाका राष्ट्रपति असदलाई अपदस्थ गर्न चन्दा दिने गरेका थिए । अझै पनि सिरिया र इराकसम्म विदेशी लडाकूहरुको यात्राका लागि ती श्रोतहरुबाट रकम आइरहेको बताइएको छ तर हाल उक्त समूहले आफैँ आर्थिक श्रोत जुटाउन थालेको छ ।   २. तेल \"2951481623_69550ba845_b-750\" अमेरिकी अर्थमन्त्रालयका अनुसार आइएसले सन् २०१४ मा मात्रै दशौँ लाख मिलियन डलर वा झन्डै १० करोड डलर कच्चा तेल र अन्य रिफाइनेरी सामाग्री स्थानीय विचौलियाहरुलाई विक्रि गरेर कमाएको थियो । त्यस्तो कालोबजार गरिएको तेललाई तस्करहरुले टर्की वा इरानसम्म पु¥याउने वा सिरियाली सरकारसम्मलाई बेच्ने गरेको बताइन्छ । तर तेल उत्पादनसँग सम्बन्धीत पूर्वाधारमाथि हवाई आक्रमणहरु गर्न थालिएपछि उक्त आम्दानीको श्रोत घटेको ठानिएको छ । ३. अपहरण \"150120033316-japan-hostage-2-no-names-exlarge-169\" अपहरणबाट सन् २०१४ मा कम्तीमा २ करोड डलर फिरौतीका रुपमा आइएसले उठाएको थियो । उक्त संगठन छाडेका एकजनाले दिएको जानकारी अनुसार सो समूहमा मानिसहरु बन्धकमा लिने काम गर्न अलग्गै जासूसी संयन्त्र खडा गरिएको छ । सिरीयाको सिमाना नजिकै रहेका शहरहरुमा पाइला टेक्ने बित्तिकै विदेशी पत्रकारहरुलाई उसले आफ्नो निशाना बनाउने गरेको छ । आइएसले अपहरणलाई आफ्नो सबैभन्दा बलियो प्रचारको माध्यमसमेत बनाएको छ ।   ४. डकैती, लुटपाट र जबरजस्ती असुली \"isis-raqqa-750\" अमेरिकी अर्थ मन्त्रालयका अनुसार आइएसले आफ्नो पूर्ण र आशिंक नियन्त्रण भएका क्षेत्रहरुबाट प्रत्येक महिना दशौँ लाख डलर उठाउने गरेको छ । आफ्नो नियन्त्रण भएका इलाकामा आवतजावत गर्ने, व्यवसाय गर्ने र बसोबास गर्ने मानिसहरुलाई सेवा उपलब्ध गराउने वा ‘सुरक्षा’ दिने नाममा उसले रकम संकलन गर्ने गर्छ । बैंक लुटपाट, डकैती र बहूमुल्य समाग्रीको बेचबिखन एवं चोरी तथा खाद्यान्न र पशुको व्यापारमार्फत् समेत उसले नाफा कमाउने गरेको छ । ५. धार्मिक अल्पसंख्यकमाथि कर धार्मिक अल्पसंख्यकहरुलाई आइएसले ‘जिजया’ भनिने विशेष कर तिर्न बाध्य बनाउने गरेको छ । इराको मोसुल शहरमा रहेका मस्जिदमा आइएसको यस्तो घोषणा सम्बन्धी वक्त्वय अघिल्लो वर्ष वाचन गरिएको थियो । त्यसमा इसाईहरुलाई उक्त शहर नछाडे धर्म परिवर्तन गर्न, कर तिर्न वा मर्न तयार हुन चेतावनी दिइएको थियो ।   ६. दासी \"Anadolu-agency-Dursun-Aydemir-750\" इस्लामिक स्टेटले बन्धक बनाइएका किशोरी तथा महिलाहरुलाई यौन दासीका रुपमा बिक्रि गरि पैसा आर्जन गर्ने गर्छ । इराकको उत्तरमा रहेको सिन्जार शहरलाई नियन्त्रणमा लिएपछि उक्त समूहले हजारौँ महिला तथा जवान किशोरीहरुलाई बन्दी बनाएको र धेरैलाई यौन दासीका रुपमा प्रयोग गरेको यजिदि धार्मिक अल्पसंख्यकहरुले बताउँदै आएका छन् । एकजना यजिदि महिला हन्नानले आफू आइएसको नियन्त्रणबाट भागेको बताएकी छन् । उनले आफूसहित २ सय अन्य महिला र किशोरीलाई दासका रुपमा बिक्री गर्न लागिएको र त्यहाँ आएर आइएसका लडाकुहरुले रोजेर महिलाहरु किन्ने गरेको समाचार संस्थाहरुलाई बताइन् । ऐजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies