Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

यसरी ढल्दैछ ओली सरकार

[caption id=\"attachment_40256\" align=\"alignleft\" width=\"500\"]\"Upendra Upendra Yadav[/caption] काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अहिले देखिएको समस्या समाधान भए पनि नभए पनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने बताएका छन् । कान्तिपुरमा खबर छ–उनले ओलीको विकल्प खोज्दा मुलुकको पनि हित हुने दावी गर्दै भने, ‘गैर जिम्मेवार ब्यक्तिलाई जिम्मेवारी दिएर हुँदैन ।’ रिपोर्टर्स क्लब नेपालले आईतबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘आफू छिट्टै भुतपूर्व हुने देखेर होला ओली विशिष्टहरुको सुविधा बढाउने तिर लागेका छन् ।’ यादवले बालुवारटार र बालुवाटार नेक्ससले ‘ब्ल्याक ईकोनोमी’बाट कमाईरहेकोले समस्या समाधान गर्न नचाहिरहेको आरोप पनि लगाए । ‘सरकार आन्दोलन लामो होस् भन्ने चाहन्छ । वीरगञ्ज बाहेकका नाकाबाट सयौं ट्याङकर र बुलेट आउँछन्, वीराटनगरसहितका ठाउँमा तेल राख्ने ठाउँ छैन ती तेल सबै ब्लाक मार्केटमा जान्छ । सरकार यसैमा लागिरहेको छ,’ उनले भने । उनले समस्या समाधानमा प्रधानमन्त्री नै बाधक भएको दावी गर्दै भने, ‘जबजब समस्या समाधानतिर जान्छ तबतब प्रधानमन्त्री गल्लीको डन र माफीया जस्तै बोल्छन् । मधेसी जनतालाई जनावर जस्तो गैरजिम्मेवार भाषा बोल्नु प्रधानमन्त्रीका लागि सोभनीय होइन । सडकको जस्तो भाषा प्रधानमन्त्री बोल्छन् ।’ मोर्चाकै नेता राजेन्द्र महतो लगायतको अतिवादले समस्या पारेको हो रु भनी सोधिएको प्रश्नमा उनले उत्तर र दक्षिणका अतिवादीले देशको हित नहुने बताए । ‘एउटा अति राष्ट्रवाद र अर्को पहाडे समूदायलाई होलसेलमा राखेर विष बमन गर्ने चिन्तन जुन तराईमा देखिएको छ । यसले जनताबीचको दुरी बढाउँदै छ । यो दुबैखाले चिन्तन ठीक छैनन्,’ उनले भने । अध्यक्ष यादवले मधेसमा भईरहेको आन्दोलन पहाडे वा मधेसी कुनै पनि समूदायको विरुद्ध नभई विभेद विरुद्धको संघर्ष भएको भन्दै खस क्षेत्रीहरुसमेत विभेदमा परेकोले आन्दोलनलाई कसैको पक्ष विपक्षमा बुझ्न नहुने तर्क गरे । विश्वासिलो आधार भए तीन महिनापछि सीमांकन टुङग्याउने कुरामा समेत सहमति हुन सक्ने भए पनि पटकपटक धोका पाएकाले विश्वास गर्ने आधार नभएकाले तत्काल समाधान हुनु पर्ने अडान ब्यक्त गर्दै उनले राजनीतिक समाधान किस्ताबन्दी र सेमेष्टर प्रणालीमा हुन नसक्ने बताए । उनले समस्याको समाधान नहुन्जेलसम्म आन्दोलन नरोकिने र वीरगञ्ज नाकाको धर्ना समेत बताए । उनले कांग्रेससँग सकारात्मक वार्ता भइरहेको पनि बताए । उनले राष्ट्रपति विद्या भण्डारीको जनकपुर भ्रमणमा भएको घटनाले आफूलाई समेत दुख लागेको भन्दै त्यस्तो घटना हुन नहुने थियो भन्ने धारणा राखे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending