Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

अन्तिम धक्का तीन दिनमै फितलो

\"Madhesi-morcha\"काठमाडौं । मधेसका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई \'अन्तिम धक्का\' दिने भन्दै मधेसी दलले चर्काएको आन्दोलन तीन दिन बित्न नपाउँदै फितलो भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका वीरगन्जका बजार र पसल सोमबारदेखि खुलेका छन्। ठूला सवारीसाधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, इरिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ।   सोमबार बिहान मधेसी दलले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरे पनि त्यसको कुनै असर परेन। जुलुस प्रदर्शन सकिएलगत्तै व्यापारीले बजार र पसल खोले। बजार खुलेपछि वीरगन्जमा सर्वसाधारणको चहलपहल पनि बाक्लिएको छ। आन्दोलनरत दलका नेता र जिल्लास्थित सुरक्षा निकायका प्रमुखबीच सोमबार बिहान जिल्ला प्रशासन कार्यालयमा अनौपचारिक छलफल भएको थियो। छलफलमा जिल्लाका प्रहरी प्रमुखले प्रदर्शन र तोडफोड गरे हिरासतमा राख्ने चेतावनी दिएपछि वीरगन्जमा सोमबार बिहान मधेसी दलका कार्यकर्ताले टायर बाल्नुबाहेक कुनै प्रदर्शन गरेनन्। सोमबार प्रदर्शन नभएकै कारण वीरगन्जको जनजीवन सामान्य बनेको हो।तीन दिनदेखि तनावग्रस्त वीरगन्ज सोमबार शान्त बनेपछि यहाँका सर्वसाधारण र व्यापारीले राहत महसुस गरेका छन्। ुठूला नेताहरू वार्ता गर्न भनी काठमाडौंमा बसेर मोज गरिरहेका छन्ु, वीरगन्ज रानीघाटका नन्दु गुप्ताले भने, ‘यहाँ भने बिनाकामको तोडफोड र झडपमात्रै भएको छ। अब त अति नै भइसक्यो। यो सब रोक्नुपर्छ। आन्दोनलनकारी संयमित बन्नु जरुरी छ।ु मधेसी दलले आन्दोलन चर्काएका कारण वीरगन्जका बजार र पसल शुक्रबारदेखि आइतबारसम्म भने पूर्ण रूपमा बन्द थिए। मधेसी दलका कार्यकर्ताले दिनहुँ प्रदर्शन गर्दै आएका थिए। मधेसी दलका कार्यकर्ता र प्रहरीबीच दिनभर हुने झडपले वीरगन्जमा शनिबार र आइतबार निक्कै तनाव भएको थियो। दुवै दिनको झडपमा परी १२ जना प्रहरी पनि घाइते भएका थिए। आन्दोलनकारीले दुईवटा टेम्पो र १० वटा मोटरसाइकल तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलमा आगो लगाएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending