Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

नाकामा भारतीयबाट फेरि कुटिए मोर्चाका कार्यकर्ता

\"Madhesi-morcha\"काठमाडौं । वीरगन्ज–रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएका मधेसी दलका कार्यकर्तामाथि भारतीयहरुले फेरि आक्रमण गरेका छन् । अन्नपूर्णमा खबर छ– मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारी माथि बुधबार राति भारतीय तस्कर र तीनका भरियाहरुले आक्रमण गरेका हुन् । बुधबार राति आठ बजेतिर करिब सयजनाको संख्यमा हुलमा आएका भारतीय तस्कर र तिनका भरियाहरुले धर्नारत आन्दोलनकारी कुटपिट गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपका कारण मितेरी पुल बुधबार रातभर तनावग्रस्त रह्यो । भारत रक्सौलबाट सामानको तस्करी गर्ने तस्करहरुले मितेरी पुलमा नाका अवरुद्ध पार्न राखिएको बाँसको ढाट हटाएर सामान भित्रयाउन खोजेपछि आन्दोलनकारीहरुले प्रतिवाद गरेका थिए । त्यसको केहिबेरमै रक्सौल अहिरवा टोलबाट लठठ्ठी भाटासहित हुल बाँधेर आएका तस्कर र भरियाहले धर्नामा बसेका आन्दोलनकारीहरु माथि आक्रमण्को प्रयास गरेपछि झडप भएको धर्नास्थलमा रहेका नेपाल सदभावना पार्टी पर्साका सचिव कृणा पटेलले बताए । तस्करहरुले रक्सौलबाट टाँगा, ठेला र रिक्सामा ल्याएको कपडा लगायतका सामान आन्दोलनकारीले रोक्न खोज्दा तस्करहरु हुल बाँधेर लठठी भाटा बोकी आन्दोलनकारीलाई कुटन आएको पटेलले बताए । ‘बुधबार राति धर्नामा १५(२० जनामात्रै बसेका थियाँै’, धर्नामा बसेका पर्सा रामनगरीका बृद्ध विक्रम साह तेलीले भने, ‘भारतीय तस्करहरुले रक्सौलबाट ल्याएको सामान वीरगन्ज छिराउन एक्कासी बाँसको ढाट तोडफोड गर्दा हामीले रोक्न खोज्यौँ, त्यसपछि उनीहरु हुल बाँधेर हामीलाई कुट्न खोजे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE