Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

४० मन्त्री तर मन्त्रिपरिषद् अपूर्ण

\"mantri\"काठमाडौं । प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालको नेतृत्वमा गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले हाल कायम रहेका २६ मन्त्रालयमध्ये १४ कटौती गरेर १२ मात्रै राख्न सुझाब दिएको थियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मुलुक संघीय संरचनामा जाादा केन्द्रीय तहको काम, कर्तव्य, अधिकार, भूमिका र जिम्मेवारीमा धेरै प्रभाव पर्ने भएकाले सानो, तर प्रभावकारी संरचना निर्माण गर्न भन्दै समितिले सरकारलाई १२ वटा मन्त्रालय कायम गर्न सुझाब दिएको थियो । तर, सरकारले आयोगको सुझाब कार्यान्वयन गर्नुको साटो नयाँ मन्त्रालयहरू गठन गरेको छ । ‘ओ एन्ड एम सर्भे’ नगरी टुक्रयाइयो मन्त्रालय निजामती सेवा ऐनअनुसार जुनसुकै संगठन तथा दरबन्दी सिर्जना गर्नुअघि अनिवार्य रूपमा संगठन तथा व्यवस्थापन सर्भे ९ओ एन्ड एम सर्भे० गर्नुपर्ने प्रावधान छ, तर सरकारले ‘ओ एन्ड एम सर्भे’ नगरी नै मन्त्रालयहरू फुटाएर नयाँ मन्त्रालय बनाएको हो । एक–दुई सिट भएकालाई पनि मन्त्री प्रधानमन्त्रीमा निर्वाचित भएका दिन ओलीले भनेका थिए, ‘मलाई भोट दिनेहरूलाई पश्चात्ताप हुन दिनेछैन । ज–जसले मलाई भोट हालेनन्, उनीहरूलाई सम्झीसम्झी बाडुली लाग्ने बनाउनेछु ।’ भोट दिनेहरूको चित्त नदुखाउनकै लागि प्रधानमन्त्री ओलीले एक सिट जितेका दललाई पनि मन्त्री बनाएका छन् । एक सिट भएको समाजवादी जनता पार्टीबाट प्रेमबहादुर सिंह र मधेस समता पार्टीबाट मेघराज नेपाली मन्त्री छन् । दुई–दुई सिट भएका नेपाल परिवार दलबाट एकनाथ ढकाल, दलित जनजाति पार्टीबाट विश्वेन्द्र पासवान र जनमुक्ति पार्टी लोकतान्त्रिकबाट शिवलाल थापा मन्त्री छन् । ५० दिनपछि शान्ता मानवीलाई जिम्मेवारी मन्त्री बनाएको ५० दिनसम्म पनि कुनै जिम्मेवारी नपाएकी शान्ता मानवीले बिहीबारदेखि विभागीय जिम्मेवारी पाएकी छिन् । उनलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी दिइएको हो । लामो समयसम्म कुनै जिम्मेवारी नपाउँदा उनी भित्रभित्रै असन्तुष्ट थिइन् । ६ राज्यमन्त्रीको शपथ रोकियो मन्त्रिपरिषद्मा ६ उपप्रधानमन्त्री, २१ मन्त्री, १० राज्यमन्त्री र दुई सहायकमन्त्री भएका छन् । ६ जना उपप्रधानमन्त्री बनाएर रेकर्ड राखेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकार पनि सबैभन्दा ठूलो बनाएर नयाँ रेकर्ड राख्ने सम्भावना रहेको प्रधानमन्त्री ओलीनिकट स्रोतले बतायो । बिहीबार १० जना नियुक्त भएकोमा एमालेतर्फका ६ राज्यमन्त्रीको शपथग्रहण रोकिएको छ । एमाओवादीलगायत अन्य दलका राज्यमन्त्री र सहायकमन्त्री थपिन बााकी छ । २८ मन्त्रालयमा २८ मन्त्री, २८ राज्यमन्त्री र २८ सहायकमन्त्री हुँदा मन्त्रिपरिषद् ८४ सदस्यीय हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending