Khabar Dabali ३१ श्रावण २०८३ आईतवार | 16th August, 2026 Sun
Investment bank

सरकारद्धारा विवादित विराट पेट्रोलाई इन्धन वितरणको जिम्मा

\"oil-Tanker\"काठमाडौं । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गरी बेच्न अनुमति दिएसँगै विराट पेट्रोलियमले पहिलो चरणमा पेट्रोल बिक्री गर्ने भएको छ । आजको नयाँ पत्रिका–यसअघि नेपाल आयल निगमले आह्वान गरेको ग्लोबल टेन्डरमा टेन्डर हात पारी इन्धन आयातको सम्झौतासमेत गरेको विराटले आफैँले बेच्ने गरी पेट्रोल आयात गरेको हो । विराटको पाँच ट्यांकर पेट्रोल भित्रियो चरम विवादमा परेको विराट पेट्रोलियमले बिहीबार पाँच ट्यांकर पेट्रोल ल्याएको छ । सरकारले निजी क्षेत्रलाई इन्धन ल्याएर लागत मूल्यमा आफैँ बेच्न स्वीकृति दिएपछि विराटले भारतको हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड ९एचपिसिएल० बाट पाँच ट्यांकर पेट्रोल ल्याएको हो । बिहीबार राति विराटनगर नाका हुँदै विराटको पाँच ट्यांकर पेट्रोल नेपाल आएको भन्सार कार्यालयले जनाएको छ । ‘यो नाकाबाट आयल निगमको सात ट्यांकर र विराट पेट्रोलियमको पाँच ट्यांकर भित्रिएको छ,’ भन्सार स्रोतले भन्यो । विराटले ल्याएको पेट्रोल आयल निगमले खरिद गर्नेछैन, उसले आफैँ बिक्री गर्नेछ । गुणस्तर परीक्षणपछि बिक्री विराटले ल्याएको पेट्रोल बिक्री गर्नुअघि गुणस्तर तथा नापतौल विभागबाट गुणस्तर परीक्षण हुनेछ । परीक्षणपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई लागतका आधामा बिक्री मूल्यबारे जानकारी गराउनेछ । विराटले तोकेको मूल्यबारे विभाग महानिर्देशक शम्भु कोइराला संयोजकत्वको टोलीले निरीक्षण गरी अनुमति प्राप्त गर्नेछन् । सरकारले २ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी निजी क्षेत्रलाइ तेल ल्याएर आफूखुसी बिक्रीको अनुमति दिएपछि वाणिज्य विभागबाट १७ कम्पनीले इन्धन आयातका लागि स्वीकृत लिइसकेका छन् । बढीमा ६ महिनाका लागि इन्धन आयातको स्वीकृत लिने कम्पनीमध्ये विराटले पहिलोपटक पेट्रोल ल्याएको हो । विवादित कम्पनी भारतीय मूलका पेट्रोलियम व्यापारी अर्जुन कार्कीको विराट पेट्रोलियम यसअघि आयल निगमका लागि महँगो मूल्यमा पेट्रोल–डिजेल बिक्री गर्न खोज्दा विवादमा तानिएको थियो । उसले भन्सारबाहेक पेट्रोल प्रतिलिटर एक सय ९९ र डिजेल एक सय ८२ रुपैयाँमा निगमलाई बिक्री गर्ने सम्झौता गरी आयातको अनुमति लिएको थियो । निगमले विराटलाई इन्धन खरिदका लागि गैरकानुनी रूपमा २० करोड रुपैयाँ भुक्तानीसमेत दिएको थियो । अग्रिम भुक्तानीको विषयलाई संसदीय समितिमा समेत चर्को आलोचना भएपछि विराटले इन्धन आयातका लागि भएको सम्झौता रद्द गरेको थियो । त्यसपछि आफैँ इन्धन बेच्ने गरी उसले आयातका लागि वाणिज्य विभागबाट अनुमति लिएको थियो । तीन वर्षअघि उसले नेपालमा पेट्रोलियम पदार्थ प्रशोधन कारखाना ९रिफाइनरी० खोल्ने भन्दै आवेदन दिएको थियो । त्यतिखेर पनि उसले उपयुक्त व्यापारिक योजना पेस गर्न नसकेको ठहर गर्दै सरकारले अनुमति दिएको थिएन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending