Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

भारत र अफगानिस्तान साफ च्याम्पियनसिपको फाइनलमा

\"Safकाठमाडौं । भारत र अफगानिस्तान एघारौं संस्करणको साफ च्याम्पियनसिप फुटवलको उपाधिका लागि भिड्ने भएका छन् । भारतमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार भएको हुने पहिलो सेमिफाइनल खेलमा भारतले माल्दिभ्सलाई पराजित गरेको हो । फाइनल यात्रा तय गर्ने क्रममा भारतले माल्दिभ्समाथि ३–२ गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा भारतका लागि स्टार स्ट्राइकर सुनिल क्षेत्रीले खेलको २५औं मिनेटमा पहिलो गोल गरे । ३४ औं मिनेटमा जीजीले भारतको लागि दोस्रो गोल गरे । पहिलो हाफ सकिन केहि मिनेट मात्र बाकीँ रहदा माल्दिभ्सका लागि अमहद नासिदले एक गोल फर्काए । दोस्रो हाफको ६६औं मिनेटमा भारतका लागि जीजीले व्यक्तिगत दोस्रो तथा भारतका लागि तेस्रो गोल गरे । आक्रमक खेलको ७५ औं मिनेटमा अहमद अलिले माल्दिध्सका लागि दोस्रो गोल फर्काए । त्यसपछि खेलमा कुनै गोल भएन र भारतले सातौं पटक साफ फूटवलको ट्रफि घर नै राख्ने अभियानको नजिक पुगेको छ । भारत सन् १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ को विजेता हो । प्रतियोगितामा भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने सोही समूहको उपविजेताको रुपमा माल्दिभ्स अन्तिम चारमा रहँदै सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । नेपालमा नै भएको अघिल्लो संस्करणको साफ च्याम्पियनसिपमा अफगानिस्तानले भारतलाई फाइनल खेलमा पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, समूह चरणको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो भने भुटानलाई ३–० तथा माल्दिभ्सलाई ४–१ गोलअन्तरले हराएको थियो । विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगितामा नेपाल, भुटान र बङ्गलादेश भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy