Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

राजा बहुलाएर काठमाडौंमा उत्पात मच्चाएको एउटा 'अविवेकी घटना'

\"ranabahadur\" काठमाडौं । नेपालको इतिहासमा यस्ता थुप्रै शासक छन् जसका सन्कीपन उदाहरणीय छन् । यस्तै सन्की शासकमध्ये एक थिए–रणबहादुर शाह । राजा रणबहादुर शाहले एकपछि अर्को गर्दै पाँचवटा विवाह गरेका थिए । तीमध्ये तेस्री कान्तवती थिइन् । उनी मैथिली ब्राह्मणकी छोरी थिइन् । बालविवाहपछि विधवा जीवन बिताइरहेकी कान्तवती पशुपतिनाथको तीर्थयात्रामा आएका बेला राजा रणबहादुर शाहको नजरमा परेकी थिइन् । उनीबाट जन्मिएकी बालकलाई उत्तराधिकारी बनाउने वचन दिएर रणबहादुर शाहले उनीसँग विवाह गरेका थिए । राजा रणबहादुर शाहले कान्तवतीबाट जन्मिएका गिर्वाणयुद्ध विक्रम शाहलाई उत्तराधिकारी बनाउने क्रममा आफ्ना जेठा राजकुमार रणोद्योत शाहलाई अवैधानिक घोषित गरेका थिए । यो घटना नेपालको इतिहासमै सर्वाधिक विवादास्पद निर्णय मानिन्छ । कान्तवतीले आफ्नो छोरा आफू जिवित छँदै राजा भएको हेर्ने इच्छा व्यक्त गरेपछि रणबहादुर शाहले गद्दी त्याग गरी गिर्वाणयुद्ध विक्रम शाहको राज्यभिषेक गराएका थिए । सन्यासपछि रणबहादुर शाह आफनो नामसमेत परिवर्तन गर्दै आफूलाई स्वामी निर्वाणानन्द घोषणा गर उपत्यकाका मठमन्दिरमा बस्न थालेका थिए । त्यसपछि कान्तवती पनि सन्यास धारण गरी स्वामी निर्वाणानन्दसागै रहन थालिन् । यसबीच कान्तवतीलाई शितला रोगले समात्यो । रोगको उपचारको लागि स्वामी निर्वाणानन्दले ब्राह्मणलाई दान दक्षिणा दिनेदेखि अनेक देवीदेवताको पूजापाठसमेत गराए । यद्यपी कान्तवतीको जीवन बचाउन सकिएन । कान्तवतीको निधनपछि स्वामी निर्वाणानन्दको होस ठेगानमा रहेन । उनले त्यसपछि काठमाडौंमा जे जस्तो उत्पात मच्चाए त्यसको अर्को उदाहरण इतिहासमा फेला पार्न सकिंदैन । कान्तवतीको निधनपछि स्वामी निर्वाणानन्दले आफूले ब्राह्मणलाई दान गरेका सम्पूर्ण धन सम्पत्ति फिर्ता लिनुका साथै पूजापाठ गराएका देवीदेवताका मन्दिरहरुसमेत तोडफोड गर्न लगाए । यो घटनालाई इतिहासको उल्लेख्य अविवेकी घटना पनि मानिन्छ । साप्ताहिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy