Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

रगतले रंगियो रंगेली

\"rangeli-640\"काठमाडौं । केपी ओली र राजेन्द्र महतोबीच एक वर्षदेखि वाक्युद्ध चलिरहेको थियो । जोगबनी नाकामा प्रहरी कारबाहीमा घाइते भएका महतो उच्च रक्तचापको समेत दबाबमा परेपछि दिल्लीमा उपचार गर्न गएका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–राजेन्द्र महतोको विषयमा देशले त्यति धेरै ध्यान दिएको थिएन । प्रधानमन्त्री केपी ओलीले सीधै फोन गरेर वार्ताका लागि काठमाडौं आउन आग्रह गरे । तर, उनकै युवा संघले भने विमानस्थलमा कालो झन्डा देखाएर प्रचार–प्रसार बटुल्ने कोसिस गर्‍यो । विमानस्थलमा एमाले युवा संघको कालो झन्डा हेरेर बालुवाटार पुगेका महतोलाई ओलीले भव्य स्वागत गरे । उनीहरूबीच परिवार र स्वास्थ्यका विषयमा अन्तरंग कुराकानी पनि भयो । प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल एमाओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले मधेसको मुद्दालाई राजनीतिक भन्दै दिनदिनै बालुवाटारमा वार्ता गरिरहेका छन् । तर, एमालेको युवा संघले भने मधेस आन्दोलनको एक मात्र शिखर पात्रका रूपमा राजेन्द्र महतोलाई प्रस्तुत गर्‍यो । महतोलाई देखाउन भन्दै युवा संघले मोरङको रंगेलीमा कार्यक्रम आयोजना गर्‍यो, जसको प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली हुनेछन् भनेर प्रचार गरियो । केन्द्रमा वार्ता चलिरहेको वेलामा ओलीलाई ल्याएर आमसभा गर्ने थाहा पाएपछि मधेसी मोर्चा कार्यकर्ताले आफूहरूलाई चुनौती दिन खोजेको भन्दै विरोध गरेका थिए । उनीहरूले आमसभा नगर्न र गरेमा बिथोलिदिने चेतावनी दिएका थिए । तर, युवा संघका नेता पर्शुराम बस्नेत, जिल्ला अध्यक्ष मुकेश बुढाथोकीसहितको टोलीले जसरी भए पनि कार्यक्रम गरेरै छाड्ने भन्दै प्रचारप्रसार तीव्र बनाएका थिए । युवा संघले बिहीबार गर्न लागेको आमसभा विफल पार्न मोर्चा कार्यकर्ताले रंगेली बजार दुई दिनका लागि बन्द गराएका थिए । दोहोरो झडपको आशंकाले रंगेली बुधबारदेखि नै तनावपूर्ण बनेको थियो । स्थानीय बासिन्दा त्रसित थिए । प्रधानमन्त्री ओलीकै उपस्थितिमा रंगेलीमा कार्यक्रम हुने भनेर व्यापक प्रचार गरिएको थियो । प्रमुख दल र मधेसीको वार्ता सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीलाई मधेसमा कार्यक्रम गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने चेतावनी दिइरहेका थिए । यसैबीच उनीहरूले कार्यक्रमकै दिन आमहडताल आह्वान गरेका थिए । बिहीबार बिहानसम्म पनि प्रधानमन्त्री ओली नै जाने भन्ने प्रचार थियो । तर, अन्तिममा एमाले महासचिव ईश्वर पोखरेल रंगेली जाने कार्यक्रम बन्यो । उता पर्शुराम बस्नेतले कार्यक्रम सफल बनाउन व्यापक तयारी गरिसकेका थिए । युवा संघको आयोजना र मोर्चाको चेतावनीबीच सर्वसाधारण त्रसित थिए । कतिखेर के हुने हो भनेर सबै डराइरहेका थिए । युवा संघ र मधेसी मोर्चाले आ–आफ्नो शक्ति प्रदर्शन गरेर गाउँगाउँबाट कार्यकर्ता र सर्वसाधारण ओसारे । पाँच सय मिटरको दूरीमा प्रतिस्पर्धी सभा आयोजना भयो । युवा संघको कार्यक्रममा करिब एक हजार सहभागी थिए भने मोर्चाको सभामा गाउँगाउँबाट लाठी बोकेर आएका करिब पाँच सय कार्यकर्ता थिए । चेतावनी दिदा पनि कार्यक्रम नरोकेको भन्दै मोर्चा कार्यकर्ता उत्तेजित हुँदै युवा संघको आमसभास्थलतर्फ बढेका थिए । प्रहरीले रोकेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको र त्यसपछि हवाईफायर गरेको थियो । हिंसात्मक घटनापछि युवा संघले कार्यक्रम केही क्षणमै सकेको थियो । तर, त्यतिन्जेलसम्म तीनजनाको ज्यान जाने गरी गोली चलिसकेको थियो । गोली लागेर रंगेली–४ की द्रौपदी चौधरी (५८), बरडंगा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको छ । मोरङका सहायक प्रजिअ देवी कट्टेलका अनुसार विक्रम सहनी, सत्यनारायण साह, मुना मण्डल, जगन्नाथ साह, सुबोध मण्डल, मनोजसिंह राई, दिलीप धाडेवाल, प्रकाश ढकाललगायत घाइते छन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending