Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

दोहोरो पेन्सन असुल्दै उच्चपदस्थहरू

काठमाडौं । सार्वजनिक जीवनको मान्यताविपरीत सरकारी उच्च पदबाट निवृत्त भई संवैधानिक पदमा बहाल व्यक्तिहरू अधिकांशले दोहोरो पेन्सन र सुविधा उपभोग गर्दै आएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–राज्यकोषमा वार्षिक रूपमा चर्को भार पार्ने गरी यस्तो सुविधा लिनेमा संवैधानिक पदमा निर्धारित अवधि पूरा गरेका प्रतिष्ठितहरू पनि छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरू र कानुनद्वारा गठन भएका अन्य आयोगका केही अध्यक्ष तथा सदस्यहरू पनि राज्यकोष दोहन गर्दै सेवासुविधा भोग गर्नेमा परेका छन्। दोहोरो सुविधा लिएका एमाओवादीका तर्फबाट लोकसेवा आयोगको अध्यक्षका रूपमा पदावधि पूरा गरेकी कयोदेवी यमी, कांग्रेसका तर्फबाट सिफारिसमा परेका आयोगका सदस्य टीकादत्त निरौला र राजेन्द्रप्रसाद शाहले ६ बर्से संवैधानिक पदावधि पूरा गरेपछि थप पेन्सन माग गर्दै निवेदन दिएपछि यो प्रकरण सार्वजानिक भएको छ। सरकारी सेवा पूरा गरी पेन्सन लिएका व्यक्तिलाई संवैधानिक पदमा नियुक्त गरेपछि पेन्सन वा नियुक्त पदको तलबमध्ये एउटा लिनुपर्ने कानुनी र नैतिक व्यवस्था भए पनि एकाधबाहेक सबैले दुवै सुविधा लिइरहेको निजामती किताब खानाको रेकर्डमा छ। महाकाली सन्धिअन्तर्गत गठित पञ्चेश्वर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका पूर्वसहसचिव महेन्द्र गुरुङले मात्र मेरो पेन्सन रोकिदिनुहोस्, म तलब लिन्छु भनेर किताब खानामा निवेदन दिएका छन्। बाँकी संवैधानिक अंगका प्रमुख र सदस्यहरू कसैले पनि पेन्सन रोक्न आग्रह गरेका छैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की तथा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले भने दोहोरो सुविधा नलिने घोषणा गरिसकेका छन् । तर त्यसलाई औपचारिकता दिन कुनै प्रक्रिया अघि बढाइएको छैन। यसरी सुविधा लिनेहरूमा बहालवालामात्र ३४ जना उच्चपदस्थ छन् भने पूर्वउच्चपदस्थहरूको संख्या पनि उल्लेख्य छ । लोकसेवा आयोगका कयोदेवी यमी, टीकादत्त निरौला, राजेन्द्रप्रसाद साह, प्रा। कृष्ण पोख्रेललगायत हाल कायम रहेका सबैजसो सदस्य तथा अख्तियारका तत्कालीन र हाल कार्यरत सबै आयुक्त, निर्वाचन आयोगमा पूर्व र वर्तमान प्रमुख आयुक्त र आयुक्तहरू सबैले दोहोरो सुविधासहित राज्यकोषबाट रकम बुझेका छन्। यो सूचीमा पूर्वसचिव तथा हाल एमाओवादी सांसद जनकराज जोशी पनि छन्।उनले पेन्सन पनि लिने र सांसदको तलब पनि लिने गरेका छन्। त्यसैगरी यो सूचीमा काशीराज दाहाल र सूचना आयोगका हालका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाको समेत नाम रहेको सामान्य प्रशासन मन्त्रालय स्रोतले बताएको छ। खिलराज रेग्मी नेतृत्वको सरकारमा सामेल भएका उच्चपदस्थ पूर्वकर्मचारीहरू सबैले त्यस अवधिको पेन्सन लिएनन् तर तत्कालीन गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरेले भने पेन्सन कार्यालयका कर्मचारीलाई दबाब दिएर दोहोरो सुविधा लिई नै राखे। अख्तियारका पूर्वप्रमुख सूर्यनाथ उपाध्यायले छ वर्षसम्म आफूले पेन्सन नलिएको बताए। उनले पेन्सनको अवधि थपबारे भने सरकारको निर्णयअनुसार हुनुपर्ने प्रतिक्रिया दिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending