Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

अब मस्तिष्क मृत्यु भएकाको अंग बिरामीमा प्रत्यारोपण गर्न सकिने

काठमाडौं । मस्तिष्क मृत्यु भएकाहरूको अंगलाई अब बिरामीमा प्रत्यारोपण गर्न सकिने भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ–संसद्ले मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५ लाई संशोधन गर्न बनेको विधेयक २०७२ शुक्रबार पारित गरेपछि अब मस्तिष्क मृत्यु भएकाहरूको अंग बिरामीमा प्रत्यारोपण गर्ने बाटो खुलेको हो । त्यस्ता व्यक्तिको अंग प्रत्यारोपण गरी विभिन्न रोगबाट ग्रस्त बिरामीलाई बचाउन सकिनेछ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएपछि संशोधित ऐन कार्यान्वयनमा आउनेछ । विधेयकमा मस्तिष्क मृत भएका व्यक्तिका अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्नेलगायत अंग प्रत्यारोपणका लागि केही प्रावधानसमेत सहज र खुकुलो बनाइएको छ हाललाई मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त अंगमध्ये मुख्य रूपमा मिर्गौला तत्काल प्रत्यारोपण गर्न सकिने प्राविधिक क्षमता मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग रहेको त्यहाँका कार्यकारी निर्देशक तथा वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले बताए । ‘तत्कालसमेत मस्तिष्क मृत व्यक्तिबाट दानमा प्राप्त मिर्गौला आवश्यक रहेको व्यक्तिमा प्रत्यारोपण गर्ने प्राविधिक क्षमता हामीसँग छ,’ डा।श्रेष्ठले भने, ‘अब सरकारले तुरुन्त नियमावली बनाएर अंग प्रत्यारोपण सहज हुने काम गर्नुपर्छ ।’ डा। श्रेष्ठका अनुसार यसअघिका विधेयकमा मस्तिष्क मृत्युको परिभाषा पूर्ण नहुँदा मृत व्यक्तिबाट अंगदान गराउन सक्ने अवस्था थिएन । तर, नयाँ विधेयकमा मस्तिष्क मृत्युबारे अन्तर्राष्ट्रिय मापदण्डअनुसारको व्यवस्था गरिएको उनले बताए । राजधानीमा बर्सेनि १ हजारभन्दा बढीको मस्तिष्क मृत्यु हुने गरेको जनाउँदै डा।श्रेष्ठले भने, ‘अब हामी अंग प्रत्यारोपणमा आत्मनिर्भर हुन सक्छौं ।’ वरिष्ठ स्नायु शल्य चिकित्सक डा।वसन्त पन्तले मस्तिष्क मृत्यु भएकाबाट दानमा प्राप्त अंगलाई बिरामीमा प्रत्यारोपण गरेर थुप्रै मान्छेको ज्यान जोगाउन सकिने भएकाले यो एकदमै सकारात्मक पाइला रहेको बताए । उनका अनुसार पश्चिमा मुलुक मात्र नभएर भारत, बंगलादेशमा समेत मस्तिष्क मृत्युले कानुनी मान्यता पाइसकेको छ । जततउस्ररदष्त।थिरज्ञलभ्ग्न्छय
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE