Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

अब राजश्व छली गर्ने र भ्रष्टाचारको अभियोग लागेकाले पुलिस रिपोर्ट नपाउने

\"Nepalकाठमाडौं । जघन्य अपराध तथा प्रहरीले हेर्ने मुद्दालाई मात्रै अधार बनाएर पुलिस रिपोर्ट दिने गरिएकोमा अब अब राजश्व छली गर्ने तथा भ्रष्टाचारको अभियोग लागेकाले पनि पुलिस रिपोर्ट बनाउन नपाउने भएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– राहदानी बनाउन तथा अध्ययन र रोजगारीका लागि विदेश भ्रमण जानको लागि अनिवार्य पुलिस रिपोर्ट चाहिन्छ । पछिल्लो समय स्वदेशमै पनि केही कम्पनीले रोजगारी दिनुअघि पुलिस रिपोर्ट लिने गरेका छन् । राजश्व छली तथा भ्रष्टाचार लगायतलाई न्युनीकरण गर्न यस्तो प्रस्ताव अघि सारिएको हा । राजस्व छली, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार, वन्यजन्तुको तस्करी, वैदेशिक रोजगार ठगी, अवैध मुद्राको कारोबारजस्ता मुद्दाका दोषीलाई पनि प्रहरी रिपोर्ट नदिने गृहको प्रस्ताव छ । गृहको प्रस्ताव पारित भएमा प्रहरीले हेर्ने मुद्दालाई मात्र आधार बनाएर रिपोर्ट दिने गरिएकोमा अब अन्य मुद्दालाई पनि आधार बनाइनेछ । यस्तै, प्रहरी मुख्यालयमा ‘क्रिमिनल डाटा सेन्टर’ राख्ने प्रक्रिया अघि बढाइएको छ । ‘प्रहरीले अनुसन्धान नगर्ने मुद्दाको विवरण लिएर क्रिमिनल डाटा सेन्टर बनाउने प्रक्रिया अघि बढेको एआइजी विज्ञानराज शर्माले बताए । फौजदारी मुद्दाको अनुसन्धान गर्न थप निकायहरु पनि तय गरिने भएको छ । राजस्व अनुसन्धान विभाग, वन कार्यालय, सम्पत्ति शुद्धीकरण, अनुसन्धान विभाग, वैदेशिक रोजगार विभागजस्ता निकायले पनि फौजदारी मुद्दाको अनुसन्धान गर्छन् । तर, त्यस्तो रेकर्ड प्रहरी सर्भरमा हुँदैन । सोही कारण उनीहरूलाई प्रहरी रिपोर्ट जारी गर्ने अधिकार छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE