Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सरकारी सेवा सुविधा नलिने यस्ता पनि कर्मचारी

\"Govinda_Tandan\"काठमाडौं । उनी कार्यालय आउँदा दिनहुँ घरबाटै दिनभरिलाई पुग्ने पानी र खाजा बोकेर आउँछन् । कार्यालयले उपलब्ध गराएको सवारीसाधन सुविधा पनि प्रयोग गरेका छैनन् भने उनले तलबभत्ता लिने कुरै भएन । आजको नागरिक दैनिकमा खबर छ– स्थायी सरकार भनेर चिनिने सरकारी कर्मचारी वृत्त भ्रष्टाचारको स्रोत भनेर कहलिएका बेला यी सरकारी अफिसर भने नितान्त अनौठो आचरण देखाइरहेका छन् । आफ्नो दैनिक आवश्यकताका निम्ति सरकारको सुविधा लिनु नपर्ने भएकाले सेवा मात्र गर्न प्रण लिएर काम गरिरहेका यी हुन्, गोविन्द टण्डन, सदस्य सचिव पशुपति क्षेत्र विकास कोष । त्यसो त उनले पदबहाली गर्दा नै कोषबाट केही पनि नलिने, निःस्वार्थ भावले सेवा गर्ने कसम खाएका थिए । सोहीअनुसार पदबहाली गर्नासाथ टण्डनले तलबभत्ता नलिने घोषणा गरे । कोषले सुविधाका लागि उपलब्ध गराएको बाहन सुविधा पनि इन्कार गरिदिए । उनी निजी सवारीसाधनमा कार्यालय आउँछन् । इन्धन र सवारीचालकको तलबभत्ता पनि कोषबाट लिँदैनन् । २०७० असार २५ गते तत्कालीन सँस्कृतिमन्त्री रामकुमार श्रेष्ठले अनुरोध गरेपछि टण्डन चारवर्षे कार्यकालका लागि दोस्रोपटक पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव नियुक्त भएका हुन् । मुख्य सचिव सरह अर्थात कुल करिब ४८ हजार रकम उनले पदभार ग्रहण गरेदेखि नै कोषमा दाखिला हुँदै आएको छ । ६१ वर्षीय टण्डनले पशुपति क्षेत्र विकासकै विषयमा विद्यावारिधि गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE