Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

कांग्रेसका पूर्वमन्त्री, सांसद र केन्द्रीय नेता वडामै पराजित

\"Nepali-Congress-Office-NC\"काठमाडौं । १३औँ महाधिवेशनअन्तर्गत १५ माघमा सम्पन्न कांग्रेस गाउँ र नगरको निर्वाचनको नतिजा धेरै नेतालाई अप्रिय भएको छ । लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय रहेका र प्रभावशाली पदमा पुगिसकेकाहरूलाई गाउँ र नगरका कार्यकर्ताले असफल बनाइदिएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ –जिल्ला, केन्द्रको राजनीतिमा राम्रै प्रभाव बनाएका केही नेता, पूर्वसांसद र पूर्वमन्त्री महाधिवेशनसम्म पुग्ने भर्‍याङको रूपमा रहेको बुथ प्रतिनिधि हुनबाटसमेत वञ्चित भएका छन् । केन्द्रीय सदस्यले प्रस्तावक पाएनन् वर्तमान केन्द्रीय समितिका आमन्त्रित केन्द्रीय सदस्य केशव सिंहले गृहजिल्ला डडेलधुरामा क्षेत्रीय प्रतिनिधिका लागि उम्मेदवारी दर्ता गर्न प्रस्तावक र समर्थक नै पाएनन् । वरिष्ठ नेता शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा प्रस्तावक र समर्थक बस्ने नपाएपछि उनी उम्मेदवार नै बनेनन् । संस्थापनपक्षीय सिंहको प्रस्तावक र समर्थक नबस्न देउवापक्षीय नेताहरूले चेतावनी दिएको बताइन्छ । उनी कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत हुन् । आमन्त्रित केन्द्रीय सदस्य बुथ समितिबाटै आउनुपर्ने प्रावधान कांग्रेस विधानमा छ । पूर्वमन्त्री र सांसद जो वडामै पराजित भए ०६६ मा माधव नेपाल नेतृत्वको सरकारमा ऊर्जाराज्यमन्त्री रहेका चन्द्रसिंह भट्टराई कैलालीको क्षेत्र नं। १ मा पर्ने टीकापुर नगरपालिकाको वडामै पराजित भएका छन् । उनी कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत हुन् । ०५६ को प्रतिनिधिसभामा कैलाली–१ की सांसद तथा ०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनेकी सुशीला स्वाँर पनि टीकापुर नगरपालिकाको वडाबाटै क्षेत्रीय प्रतिनिधिमा पराजित भएकी छिन् । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका वेला ०५६ मा राष्ट्रिय सभाको सांसद बनाइएका हीरादत्त भट्ट पनि कैलालीमा वडाबाटै पाखा लागेका छन् । ०६४ सालको पहिलो संविधानसभामा समानुपातिकतर्फकी सभासद् उर्मिला थापा तनहुँको घाँसीकुवा गाविसबाट क्षेत्रीय प्रतिनिधिमै पराजित भएकी छिन् । ०४८ मा कञ्चनपुरबाट प्रतिनिधिसभाको सांसद जितेका गंगादत्त जोशी इकाइमै पराजित भए । उनी किसान संघका पूर्वसभापति हुन् । ०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली–१ बाट जितेका गंगाबहादुर कुँवर क्षेत्र नम्बर–१ को बुथमै पराजित भएका छन् । ०५६ मा बाँके–३ बाट प्रतिनिधिसभा सदस्य जितेका कैलाशनाथ कसौधनले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी दर्ता गर्न नै पाएनन् । भवानीयापुर बुथ इकाइमा उनलाई उम्मेदवारी दर्ता गर्नै दिइएन । नेपालगन्ज–४ का बासिन्दा कसौधनले भवानीयापुरमा क्रियाशील सदस्यता सारेर क्षेत्रीय प्रतिनिधिमा चुनाव लड्ने तयारी गरेपछि उनलाई कार्यकर्ताले रोकेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending