Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

संस्थापन पक्ष देउवालाई पेलेरै अघि बढ्ने

\"koirala-deuba\"काठमाडौं । काठमाडौं(नेपाली कांग्रेस सभापति सुशील कोइराला पदाधिकारी संख्या बढाउन वरिष्ठ नेता शेरबहादुर देउवा सहमत नभए बहुमतका आधारमा विधान संशोधन प्रस्ताव अघि बढाउने तयार भएका छन्। आजको नागरिक दैनिकमा खबर छ–आशन्न १३औं महाधिवेशनमा पुनः सभापति प्रत्याशी बन्ने तयारीमा जुटेका कोइराला सर्वसम्मतिले विधान संशोधन प्रस्ताव पारित नभए बहुमतबाट अघि बढाउने पक्षमा पुगेका हुन् । आफूनिकट नेताको व्यवस्थापनमा समेत समस्या देखिएपछि कोइराला देउवा पक्षको असहमतिबीच केन्द्रीय समितिबाट विधान संशोधन प्रस्ताव अघि बढाउने तयारीमा लागेका हुन् । संगठन विभागप्रमुख आनन्दप्रसाद ढुंगाना नेतृत्वमा गठन भएको विधान संशोधन समितिले जिल्ला अधिवेशनपछि बस्ने केन्द्रीय समिति बैठकमा पदाधिकारी संख्या थप गर्ने प्रस्ताव पेस गर्नेछ । \'सकेसम्म सर्वसम्मतिले पदाधिकारी संख्या थप गर्ने प्रस्ताव केन्द्रीय समितिबाट पास गर्ने तयारीमा छौ\' कोइराला निकट एक केन्द्रीय सदस्यले भने, \'त्यस्तो नभए जोखिम उठाएर भए पनि संशोधन प्रस्ताव अघि बढ्छ ।\' देउवा पक्ष भने पदाधिकारी संख्या थप गर्ने पक्षमा छैनन् । संस्थापन पक्ष नेताहरुको व्यवस्थापनका लागि मात्र पदाधिकारी संख्या थप गर्ने पक्षमा रहेको देउवा पक्षको बुझाइ छ । संख्या बढ्न नदिएर कोइरालालाई अप्ठ्यारोमा पार्दै महाधिवेशन परिणाम आफ्नो पोल्टामा पार्ने देउवा पक्षको दाउमा छ । पदाधिकारी संख्या नथप्दा त्यसका आकांक्षी संस्थापन छाडेर आफ्नो पक्षमा आउने देउवा पक्षको बुझाइ छ । \'गाउँ देखि जिल्लासम्म थप नचाहिने केन्द्रमा मात्र बढी चाहिने भन्ने हुँदैन\' देउवा निकट केन्द्रीय सदस्य प्रकाशशरण महतले भने, \'त्यसका लागि विधान संशोधन आवश्यक छैन ।\' संस्थापन पक्ष पदाधिकारीका आकांक्षी देउवा समूहमा जानबाट रोक्न उपसभापतिसहितका केही पदाधिकारी संख्या थप गर्ने पक्षमा छन् । \'टिमको व्यवस्थापनको मात्र कुरा छैन मान्छेको व्यवस्थापन पनि ठूलो कुरा हो\' कोइराला निकट केन्द्रीय सदस्य बद्री पाण्डेले भने, \'पदाधिकारी संख्या थप गरेर धेरै वरिष्ठलाई जिम्मेवारी दिन दृढतापूर्वक लाग्छौं ।\' त्यसले नेतृत्व हस्तान्तरण प्रक्रिया छिटो अघि बढ्ने तर्क गर्दै पाण्डेले भने, \'सहमहामन्त्री भएको व्यक्ति कि महामन्त्री वा उपसभापतिमा अपगे्रड हुन्छ होइन भने पार्टीबाट बिदा लिने अवस्था आउँछ ।\' संस्थापन पक्षले उपसभापति रामचन्द्र पौडेलसहित नेताको व्यवस्थापन गर्ने गरी एक वरिष्ठ उपसभापतिका साथै एक महिलासहित तीन उपसभापतिको विधानमा व्यवस्था गर्ने तयारीमा छ । त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले आवश्यकताअनुसार सहमहामन्त्री मनोनीत गर्ने अर्को व्यवस्था विधानमा राख्ने तयारी छ । पार्टी सदस्यता थप भएको भन्दै केन्द्रीय समितिको आधार पनि बढाउनु संस्थापन पक्षको तयारी छ । एक महिलासहित प्रदेशबाट तीन/तीन केन्द्रीय सदस्यसहित निर्वाचित हुने व्यवस्था विधानमा राख्ने तयारी छ । \'व्यक्तित्व विकासका लागि पनि केन्द्रीय समितिको आधार बढाउनुपर्छ\' कोइराला निकट अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले भने, \'पदाधिकारीको संख्या बढाउनुपर्छ ।\' कांग्रेसमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षसहित हाल ८५ जनाको केन्द्रीय समिति छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending