Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

मधेसी मोर्चाका कार्यकर्तासँग यसरी भिडिन विमलेन्द्र निधिकी भाउजु

\"Kiran-nidhi_630983507\"काठमाडौं । किरण निधि सोमबार दिउँसो एक्लै घरमा काम गरिरहेकी थिइन् । एक्कासि उनले घरबाहिर होहल्ला सुनिन् । हेर्न बाहिर के निस्केकी थिइन्, सयौं युवा गाली गर्दै घरमा ढुंगा बर्साउन थाले । विमलेन्द्र निधिका जेठा दाजु नवेन्द्र निधिकी पत्नी हुन् किरण । घरमा पति र छोरी दिव्या पनि थिएनन् । केही मान्छे बाहिरी पर्खाल भत्काएर भित्र पसिसकेका थिए, अरू बाहिरबाट लगातार ढुंगा बर्साइरहेका थिए । हिम्मत गरेर बाहिर निस्किन् र उनीहरूलाई सम्झाउन खोजिन् । उनको कुरा कसैले सुनेन । आन्दोलनकारीले हानेको ढुंगा उनीमाथि बर्सिन थाल्यो । ढुंगा लागेर घाउ भयो तर पनि उनले हिम्मत हारिनन् । ‘घरभित्र फर्कें, श्रीमान्, देवर ९विमलेन्द्र० र छोरीलाई फोन गरें । घरमा आक्रमण भइरहेको बताएँ । प्रहरी पठाइदिन भनें । यतिबेलासम्म दुईजना युवा आँगनमै पसिसकेका थिएु, अघिल्लो दिन खाएको कुटाइका कारण बिरामी परेकी किरणले मंगलबार अन्नपूर्णसँग भनिन् । किरण फेरि बाहिर निस्किन् । उनले भनिन्, ‘उनीहरूले भने– तेरो पूरा घर जलाइदिन्छु । मैले उनीहरूलाई सम्झाउने प्रयास गरिराखें तर यतिबेलासम्म बाहिर पार्किङ गरेर राखिएको ज३प १४३८ नम्बरको मोटरसाइकलमा आगो लगाइसकेका थिए । उनीहरूले बाहिर रहेको बेन्च र काठका मुढा पनि जलाउन थाले ।ु किरणले हिम्मत हारिनन् । बरु सम्झिन्– हाम्रो घरमा काठको प्रयोग धेरै छ । आगो सल्कियो भने सबै जलेर स्वाहा हुन्छ । आगो देखेपछि आतंकित बनेकी किरण त्यसबेलाको क्षण सम्झिन्छिन्, ‘बच्चा हुँदा स्कुलमा सिकाइएको पाठ आयो– आत्मरक्षा आफैं गर्नुपर्छ । ढुंगा बर्सिरहेको थियो । नजिकै श्रीमान्को मोटरसाइकलको हेल्मेट थियो । त्यही लगाएँ । मोटो कम्बल ओढें । पानी तान्ने मोटर चलाएँ । पाइप समातेर पानीको पिच्कारी आन्दोलनकारीमाथि फाल्दै बाहिर निस्कें ।ु एक्लै आगो निभाएर घर जोगाउने आँट गर्दाको क्षणबारे उनले बताइन्, ‘एक हातले आगोमाथि बालुवा फ्याँकें । अर्को हातले पानीको फोहोरा बनाएर छ्यापें ।ु करिब २० मिनेटसम्म एक्लै परिस्थितिको सामना गरेपछि प्रहरी आइपुगेको किरणले बताइन् । उनले भनिन्, ‘२० मिनेटजतिमा प्रहरी आइपुगे । केही राहत भयो । प्रहरी आएपछि आगो निभाए । धेरै क्षति हुन पाएन ।ु अन्धाधुन्ध ढुंगामुढा प्रहार गर्दा उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । जिउ थिलथिलो भएकाले आफू उठ्न पनि नसकेको उनले बताइन् । किरणले भनिन्, ‘नेताको नातेदार हुँदा एकातर्फ इज्जत र सम्मान त छ तर अनाहकमा ठूलो जोखिम पनि मोल्नु पर्दोरहेछ ।ु जनकपुर–१ मिल्स एरियास्थित घरमा सोमबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताकार्यकर्ताले आक्रमण गरी आगो लगाएको घटनाले किरणलाई स्तब्ध बनाएको छ । उनले भनिन्, ‘अर्काको घर तोड्ने र आगो लगाउन खोज्नेहरू आन्दोलनकारी हैनन्, आतंककारी हुन् ।ु घरमा आक्रमण गर्ने र आगो लगाउने सबै किशोर र कम उमेरका युवा रहेको उनले बताइन् । उनले भनिन्, ‘अहिलेको मधेस आन्दोलनले बालबालिकाको भविष्य बरबाद पारेको छ । उनीहरूलाई आतंककारी बन्न सिकाउने काम भइरहेको छ ।ु आक्रमणपछि निधिको घरको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले हबलदार लालबाबु साहको नेतृत्वमा सातजना प्रहरी खटाएको छ । कांग्रेस धनुषा जिल्ला कार्यसमितिले मंगलबार पत्रकार सम्मेलन गरी कांग्रेस सांसद आनन्द ढुंगाना, विमलेन्द्र निधि र लीला कोइरालाको घरमा गरिएको आक्रमणको भत्र्सना गरेको छ । कांग्रेसका जिल्ला सभापति रामसरोज यादवले मधेस आन्दोलनलाई आफूहरूले सम्मान गरे पनि यसमा भइरहेको अराजकतालाई स्वीकार नगर्ने बताए । कांग्रेसका नेताकार्यकर्ता सडकमा उत्रिए भने मधेसी मोर्चाको अस्तित्व समाप्त हुने भन्दै यादवले अब मोर्चाको उद्दण्ड गतिविधिको प्रतिकारमा कांग्रेस उत्रिने बताए । यसअघि मोर्चाका कार्यकर्ताले कांग्रेस धनुषाको कार्यालयमा आगो लगाएका थिए । नेता विमलेन्द्र बुधबार जनकपुर आउने कार्यक्रम तय गरिएपछि मोर्चाले त्यसको कडा विरोध गर्ने तयारी गरेको छ । मोर्चाले उनलाई एयरपोर्टमै घेराउ गरिने जनाएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE