Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

क्रिश्चियन धर्म प्रचारको कार्यक्रममा विदेश जान सांसदको लर्को

\"Eknath-Dhakal\"काठमाडाैं । शान्तिमन्त्री एकनाथ ढकालले आफ्नो एनजिओ युनिभर्सल पिस फेडेरेसनको तर्फबाट दक्षिण कोरिया जाने सांसदसहित २० जनाको भ्रमण स्वीकृत गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लग्न खोजेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–क्रिस्चियन धर्म प्रचारमा सक्रिय उनको एनजिओको नियमित डोनरले २९ माघदेखि ४ फागुनसम्म सिओलमा गर्ने कार्यक्रममा सांसदहरूले भाग लिने तयारी थियो । तर, मुख्यसचिवले प्रस्ताव नै फिर्ता गरिदिए । मन्त्री आफैँले आफ्नो भ्रमणको कार्यक्रम स्वीकृत गर्न लगेको प्रस्ताव पनि मन्त्रिपरिषद्ले अस्विकृत गरिदिएको छ । किन फिर्ता भयो प्रस्ताव ? मुख्यसचिव डा. सोमलाल सुवेदीले भिभिआइपीको विदेश भ्रमण कार्यविधिविपरीत र सभामुखको स्वीकृतिविनै प्रस्ताव आएकाले मन्त्रिपरिषद्मा लैजान नमिल्ने भन्दै फिर्ता गरिदिएका थिए । ‘मन्त्री र सांसदहरूको टोली विशुद्ध रूपमा क्रिस्चियन धर्मको प्रवद्र्धन गर्ने कार्यक्रममा जान लागेको पाइयो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘देशलाई फाइदा नहुने देखेर नै प्रस्ताव फिर्ता पठाइएको हो ।’ शान्तिमन्त्रीबाटै भ्रमण र भत्ताको प्रलोभन क्रिस्चियन धर्मका अनुयायी मन्त्री ढकालले सांसदहरूलाई डलरमा भत्तासहित विदेश भ्रमणको प्रलोभनमा धर्म प्रवद्र्धन कार्यक्रममा सहभागी गराउने योजना बनाएका थिए । जाने–आउने, बस्ने, खाने, घुम्ने सबै खर्च व्यहोर्दै दैनिक दुईदेखि तीन सय डलर भत्ता दिने गरी भ्रमणको तयारी मिलाइएको थियो । यसअघि पनि गइसकेका छन् थुप्रै नेता ढकालले नेताहरूलाई विदेश भ्रमण गराउन खोजेको यो पहिलोपटक भने होइन । यसअघि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीलगायतका विभिन्न नेता तथा समाजमा प्रतिष्ठित व्यक्तिहरूले उनकै एनजिओमार्फत कोरिया भ्रमण गरेका छन् । तर, यसपालि उनी मन्त्री भएकाले भ्रमण कार्यक्रम मन्त्रिपरिषद्बाटै पारित गराउन खोजेका थिए । को–को सांसद हुन् कोरिया जाने तयारीमा ? एकनाथ ढकाल शान्ति तथा पुनर्निर्माणमन्त्री मन्त्रिपरिषद्बाट भ्रमण प्रस्ताव अस्वीकृत भए पनि अन्य विकल्पमार्फत कोरिया लैजाने आश्वासन मन्त्री ढकालले सांसदहरूलाई दिएका छन् । भानुभक्त ढकाल (एमाले) हितराज पाण्डे (एमाओवादी) डोरप्रसाद उपाध्याय (एमाओवादी) वविना मोक्तान (राप्रपा नेपाल) छाया शर्मा पन्त (संघीय फोरम) डिलबहादुर नेपाली (संघीय फोरम) दुर्गा पौडेल (राष्ट्रिय जनमोर्चा) डा। गणेश गुरुङ (एमाले) हरिप्रसाद उप्रेती (एमाले) जयदेव जोशी (नेकपा संयुक्त) जयन्द चन्द (राप्रपा) कमला विश्वकर्मा (नेकपा माले) खड्गबहादुर बस्याल (कांग्रेस) कृष्णभक्त पोखरेल (एमाले) पार्वता डिसी चौधरी (कांग्रेस) ओमदेवी मल्ल (कांग्रेस) रामनारायण बिडारी (एमाओवादी) श्रीमाया थकाली (एमाले) मिलनकुमार राजवंशी (परिवार दल) रवि शर्मा अर्याल (सहसचिव, संसद्)
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE