Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

चीन र भारतसँग कार्ड खेल्दा प्रधानमन्त्रीको सम्बन्ध दुवैतिर चिसो

\"oli\"काठमाडाैं । चीन र भारत भ्रमण गर्ने र दुवैलाई खुशी पार्न खोज्ने प्रधानमन्त्रीको कार्डले दुवै छिमेकीसँग सम्बन्ध चिसिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– चर्चा चीनको, प्राथमिकतामा भारत प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको तयारीले चीन भ्रमण र व्यापार विविधीकरणसहितका विषय उपेक्षामा परेका छन् । स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धिको विषयमा थप छलफलसमेत भएको छैन । नेपालले आफूलाई प्राथमिकता नदिएको भन्दै चीन असन्तुष्ट भएको उच्च कूटनीतिक स्रोतले बतायो । एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड सदस्यमा पुर्‍याएर उच्च प्राथमिकता दिए पनि नेपालले प्राथमिकता नदिएकोमा चीन असन्तुष्ट बनेको छ । ‘प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच १६ पुसमा भएको टेलिफोनवार्तापछि सरकारले भारतलाई मात्रै प्राथमिकता दिएको भन्ने चीनको निचोड थाहा पाएका छौँ,’ स्रोतले भन्यो, ‘सरकारले चीनको चर्चा गरे पनि भारतलाई प्राथमिकतामा राखेको भन्ने चीनले बुझेको छ । यसबाट चीन सन्तुष्ट छैन भन्ने बुझिन्छ ।’ मोदीको निम्तोपछि चीन उपेक्षामा परराष्ट्रमन्त्री कमल थापाले १४ पुसमा चीनबाट फर्केर प्रधानमन्त्री ओली चीन भ्रमणमा जाने बताएका थिए । तर, १६ पुसमा भारतीय समकक्षी मोदीले ओलीलाई टेलिफोन गरे । ओली र मोदीबीच नयाँ वर्ष २०१६ को शुभकामना आदानप्रदान भयो । मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिए । त्यसको १२ दिनपछि २८ पुसमा प्रधानमन्त्री ओलीले सरोकारवाला मन्त्री र सचिवहरूलाई बोलाएर भारत भ्रमणमा प्रस्तुत गर्ने पुराना र नयाँ एजेन्डाको तयारी गर्न भने र समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिए । ७ देखि ११ फागुनसम्ममा प्रधानमन्त्री भारत जाने तयारी भइरहेको छ । परराष्ट्रमन्त्री थापाले भने चीनसँग स्वतन्त्र व्यापार सम्झौता र पारवहन सन्धि हुने र त्यसको तयारी भइसकेको बताएका थिए । तर, चीनसँग पछिल्ला दिनमा यसबारे कुराकानीसमेत भएको छैन । ‘अहिलेसम्म त्यस्तो केही तयारी गर्न भनिएको छैन, हामी अनभिज्ञ छौँ,’ वाणिज्य मन्त्रालयका एक अधिकारीले भने, ‘हामीभन्दा माथिल्लो निकायबाट केही भएको भए थाहा भएन ।’ प्रधानमन्त्रीको चीन भ्रमणबारे परराष्ट्रमन्त्रीले बोली फेरे १४ पुसमा चीन भ्रमणबाट फर्किएपछि परराष्ट्रमन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण चाँडै हुन्छ, त्यही क्रममा व्यापार विविधीकरण, दीर्घकालीन रूपमा व्यापारलगायत आर्थिक विकास साझेदारीका विषयमा महत्त्वपूर्ण सम्झौता हुन्छ ।’ थापाले संकेत गरेको ‘छिटै’ भ्रमणको साइत अझै जुरेको छैन । एक महिनापछि परराष्ट्रमन्त्री थापाले १० माघमा होटेल मल्लमा नेपाल–चीन सम्बन्धबारे लेखिएको पुस्तक विमोचनमा पुग्दा केही बुद्धिजीवीसँग भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण तत्काल हुँदैन । अलिक पछि हुन्छ ।’ चैतमा पनि चीन भ्रमण अनिश्चित प्रधानमन्त्री ओलीले ‘एसियाका लागि बोआओ मञ्च’को वार्षिक सम्मेलनमा सहभागी हुने गरी चीन भ्रमणमा जाने इच्छा देखाएका छन् । तर, भारत भ्रमणपछि मात्रै त्यसबारे प्रयास गर्ने पक्षमा परराष्ट्र मन्त्रालय छ । सम्मेलन ९ देखि १२ चैतसम्म चीनको हैनान प्रान्तमा हुने तय भएको छ । गत वर्ष बोआओ सम्मेलनमा सहभागी हुन तत्कालीन राष्ट्रपति डा। रामवरण यादव हैनान गएका थिए । प्रधानमन्त्री ओलीले पनि औपचारिक रूपमा त्यहाँ जाने इच्छा राखेका छन्, तर टुंगो लागेको छैन । ‘अहिलेसम्म यो अनिश्चित छ, नेपालले जे विषयमा चीनसँग छलफल गर्नुपर्ने हो, बोआओ मञ्चको सम्मेलनमा जाँदा त्यसमा केही हुनेवाला छैन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘बरु एक महिनापछि औपचारिक भ्रमण नै गरौँ भन्ने कुुरा भएको छ । तर, भारत भ्रमणपछि मात्रै यसबारे टुंगो लाग्छ । अहिले चीनको कोल्ड रेस्पोन्स आएको हुनाले यसै भन्न सकिने अवस्था छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE