Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

१३५ दिनपछि यसरी खुल्यो वीरगन्ज नाका

\"birjing\"काठमाडौं । बन्द भएको १३५औँ दिनमा वीरगन्ज नाका सुचारु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मितेरी पुलमा गाडिएको टेन्ट नेपाल र भारतका व्यापारीको समूहले भत्काएपछि नाका सञ्चालनमा आएको हो । ७ असोजदेखि बन्द नाका शुक्रबार मध्याह्न १२ बजेतिर खुलेको छ । व्यापारी र स्थानीयले धर्नास्थलका टेन्ट भत्काएर जलाएका छन् । नाका खुलाउनेमा नेपालीभन्दा भारतीय व्यापारीको संख्या धेरै थियो । तर, आन्दोलनकारी थोरै भएकाले कुनै प्रतिरोध गरेनन् । ‘केही मान्छे आएर तोडफोड गरे,’ धर्नास्थलमा भेटिने रमतुल्लाह खानले भने, ‘नेतालाई फोन गर्दै थियौँ, उनीहरूले आगो लगाइदिए अनि हामी यता वीरगन्जपट्टि आयौँ ।’ अवरोध हटेपछि यातायात सुचारु भएको छ । फेरि बन्द गराउने र खुला राख्न खोज्ने दुई समूहका कारण नाकामा दिनभरि तनाव थियो । तर, साँझदेखि शान्त रूपमा सुचारु भएको छ । मितेरी पुलमा टाँगिएको पाल सीमा वारिपारिकाव्यापारीले शुक्रबार मध्याह्न १२ बजे फालिदिए दुई समूहमा बाँडिए आन्दोलनकारी मोर्चाका नेता र स्थानीयबीच विवाद झन्डै साढे पाँच महिनादेखि सागै आन्दोलन गरेका मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता नाका खोल्ने क्रममा विभाजित भए । मध्याह्न नाका खुलेपछि फेरि अवरोध गर्न तमलोपा र संघीय समाजवादी फोरमका स्थानीय नेता–कार्यकर्ता पुगेका थिए । तर, राजेन्द्र महतो र शरत्सिंह भण्डारीका कार्यकर्ताले विरोध गरे । तमलोपा र फोरमका कार्यकर्ताले नाकाबन्दीको पक्षमा नाराबाजी गरे, तर अन्य मधेसी दलका कार्यकर्ताले नाकाबन्दीको विरोध गर्दै स्थानीय र व्यापारीको पक्ष लिए । उनीहरूले अवरोध गर्न पुगेका तमलोपाका महामन्त्री जितेन्द्र सोनलविरुद्ध नाराबाजी गरेका थिए । विवाद बढ्दै गएपछि सोनल नाकाबाट फर्किए । १३५ दिनपछि अवरोध हटेकाले यातायात सुचारु भयो, राति १० बजेसम्म दुई सय गाडी भित्रिए प्रहरी र तस्करले हस्तक्षेप गरेको आरोप फेरि धर्ना बस्ने मोर्चाको चेतावनी तमलोपा महामन्त्री जितेन्द्र सोनलले पुनस् नाकामा धर्नामा बस्ने चेतावनी दिएका छन् । ‘धर्नाकारीलाई जबर्जस्ती हटाइएको छ, हामी फेरि बस्छौा,’ उनले भने । मोर्चाको जनपरिचालन समिति पर्साका संयोजक प्रदीप यादवले पनि फेरि धर्नामा बस्ने बताए । ‘जनताको आन्दोलनमा तस्कर र प्रहरी मिलेर गरेको हस्तक्षेप सह्य हुँदैन,’ उनले भने, ‘जनतालाई लिएर फेरि बस्छौँ ।’ उता, प्रहरी भने यातायातको चाप व्यवस्थित गर्न थालेको छ । रक्सौलमा रोकिएका मालबाहक ट्रक, डम्पर, ट्रयाक्टर, कन्टेनरलगायतका सवारीसाधनलाई व्यवस्थित रूपमा आ–आफ्नो गन्तव्यमा पठाइएको प्रहरीले जनाएको छ । पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले आवागमनमा कुनै समस्या नभएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE