Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कांग्रेस शीर्ष नेता क्षेत्रमै कमजोर

_\"ramchandra_and_sushil_koirala\"काठमाडौं । कांग्रेसको हालै सम्पन्न क्षेत्रीय महाधिबेशनमा पार्टी सभापति सुशील कोइराला र उपसभापति रामचन्द्र पौडेलको गृहजिल्लामा प्रभाव खुम्चिएको छ । कोइरालाको गृह जिल्ला बाँकेमा उनले नै सांसद बनाएका चार बहालवाला सांसदले महाधिवेशन प्रतिनिधिमा पराजय भोगेका छन् । आजको आन्नपुर्ण पोष्टमा खबर छ – बाँके क्षेत्र नं ३ बाट कोइराला निकट सांसद अब्दुहरमिद सिद्धिकी , मैकुलाल वाल्मीकी , अर्वतआरा खान र क्षेत्र नम्बर ४ बाट आशा विक महाधिवेश प्रतिनिधिमा पराजित भएका छन् । कोइरालाकै अर्को निर्वाचन क्षेत्र चितवन चार बाट पनि उनले मनोनित गरेका सांसद तारा वाग्ले पराजित भएकी छिन् । त्यस्तै कोइरालासँग निकट रहेका सांसद तरणीदत्त चटौत पनि कञ्चनपुर महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कोइराला निकट अर्की सांसद कल्पना सोव पनि डोटीबाट पराजित भएकी छिन् । त्यस्तै कोइराला परिवारको लिगेसी बेकेको मोरङमा पनि कोइराला पक्षका आधा क्षेत्रीय सभापति पराजित भएका छन् । सभापतिमो उम्मेद्धार घोषण गरेका उपसभापति रामचन्द्र पोडेलले पनि आफ्नो गृहजिल्ला तनहँुमा यसअघिको प्रभाव घटाएको छन् । पौडेलले तनहुँका तीनै क्षेत्रका सभापति गुमाएका छन् । तनहुँ क्षेत्र नं १ मा पौडेलका क्षेत्रीय सभापतिका उम्मेद्वार लक्ष्मी आचार्य र क्षेत्र नम्बर ३ मा महेश भटट्राइले पराजय भोगेका छन्  । पौडेलको निर्वाचन क्षेत्र २ मा भने जिल्ला सभापति ध्रव वाग्लेका उम्मेद्वारले क्षेत्रीय सभापति जितेका छन् । वाग्ले पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा निकट हुन । पौडेलसँग केन्द्रीय सदस्य एवं क्षेत्र नम्बर १ का सांसद शंकर भण्डारीले तालमेल गरेका थिए । तनहुँ १मा पुर्वसहमहामन्त्री गोविन्दराज जोशी र केन्द्रीय सदस्य गोविन्द  भटट्राइका साझा उम्मेद्वार उदयराज गौली सभापति निर्वाचित भएका छन् । त्यस्तै क्षेत्र नम्बर ३ मा जोशी र अर्का केन्द्रीय सदस्य प्रदिप पौडेलका साझा उम्मेद्वार किसान गुरुङ क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE