Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

नयाँ शक्तिका सदस्यलाई ३० बुँदे आचारसंहिता

\"nayaकाठमाडौं । नयाँ शक्ति नेपालले आफ्ना सदस्यहरूका लागि ३० बुँदे आचारसंहिता जारी गरेको छ । नयाँ शक्ति नेपालको केन्द्रीय परिषद् बैठकमा शनिबार संयोजक डा। बाबुराम भट्टराईले आचारसंहिता जारी गरेका हुन् । उनले सदस्यहरूलाई आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहितको शपथ पनि गराएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – जबर्जस्ती चन्दा संकलन नगर्ने, राजनीतिलाई पेसा नभई सेवा बनाउने तथा जीविकोपार्जनका लागि अलग्गै पेसा गर्ने, सरकारी सम्पत्तिको अपचलन नगर्ने, परिवर्तनको सुरुवात आफैँबाट सुरु गर्नेलगायतका विषय आचारसंहितामा समेटिएको छ । सांगठनिक संरचना निर्धारण, नेताहरूको कार्यविभाजन, आगामी कार्ययोजनालगायतका विषय परिषद् बैठकको एजेन्डा छन् । बैठकको सुरुमै संयोजक भट्टराईले सबै सदस्यलाई सामूहिक शपथ खुवाएको नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए । बैठकमा संयोजक भट्टराईले मधेस, पहाड र हिमाल जोड्ने गरी त्रिभुजीय संगठनात्मक संरचना बनाउन प्रस्ताव गरेका छन् । प्रस्तावमा अन्तरिम केन्द्रीय परिषद् दुई सय ६५ सदस्यीय, जिल्ला परिषद् ५० सदस्यभन्दा माथि तथा स्थानीय गाउँ र नगर अन्तरिम परिषद् ३१ सदस्यीय हुने उल्लेख छ । युवा, प्रौढ र जेष्ठ सदस्यको सन्तुलन मिलाउने गरी अर्को व्यवस्था नभएसम्मका लागि अन्तरिम केन्द्रीय परिषद्लाई पार्टीको सर्वोच्च अंग बनाउन प्रस्ताव गरिएको छ । त्यस्तै, अन्तरिम केन्द्रीय परिषद्का अलावा केन्द्रीय संंरचनामा अन्तरिम केन्द्रीय सल्लाहकार परिषद् र अन्तरिम केन्द्रीय सचिवालय गठनको पनि प्रस्ताव गरिएको छ । त्यस्तै, राजनीतिक, संंगठन, प्रशिक्षण, आर्थिक व्यवस्थापनलगायतका २४ वटा केन्द्रीय विभाग गठन प्रस्तावित छ । आचारसंहितामा के छ ? आचारसंहितामा जबरजस्ती चन्दा संकलन नगर्ने , राजनितिलाई पेशा नबनाई सेवा बनाउने तथा जीविकोपार्जनका लागि अलग्गै पेशा गर्ने , सरकारी सम्पत्रीको अपचलन नगर्ने , परिवर्तनको सुरुवात आफैबाट गर्ने लगाएतका विषय समेटिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE