Khabar Dabali ३० जेष्ठ २०८३ शनिबार | 13th June, 2026 Sat
Investment bank

नेपालसँगको सम्बन्ध सुधारतर्फ : भारत

\"Capture\"काठमाडाैं । विगत पाँच महिनादेखि कटु सम्बन्ध रहेको नेपालसँगको सम्बन्धलाई सकारात्मक दिशा दिने संकेत भारतले दिएको छ । आजको अन्नपुर्णपोष्टमा खबर छ – प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको मार्गप्रशस्त गर्ने उद्देश्यसहित नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंह र विदेशमन्त्री सुष्मा स्वराजलाई आइतबार भेटेलगत्तै भारतीय अधिकारीले यस्तो संकेत दिएका हुन् । भेटपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले आइतबार साँझ ‘ट्विटरमा लेखेका छन्, ‘हामी नेपालसँग इन्गेजमेन्टको नीतिलाई अगाडि बढाउनेछौं ।’ उनले नेपालसँगको सम्बन्ध सहज पार्न भारत तयार रहेको जनाउ पनि दिएका छन् । मन्त्री पौडेलले स्वराजसँग नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधानमा मिल्न बाँकी रहेका मुद्दा र प्रधानमन्त्री ओलीको दिल्ली भ्रमणबारे छलफल गरेको जानकारी प्रवक्ता स्वरूपले दिएका छन् । भेटमा प्रधानमन्त्री ओलीले फागुन ७ गतेदेखि ६ दिनसम्म औपचारिक भारत भ्रमण गर्ने टुंगो लागेको नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए । उनले टेलिफोनमा अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्रीज्यूको भ्रमण निश्चित भएको छ । भ्रमणका एजेन्डामा पनि विदेशमन्त्रीसँग छलफल भएको छ । उनका अनुसार प्रजातन्त्र दिवसको कार्यक्रममा सरिक भएर प्रधानमन्त्री ओली सोही दिन नयाँदिल्ली पुग्नेछन् । अर्थमन्त्री पौडेल र विदेशमन्त्री स्वराजबीच भारतले नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि उपलब्ध गराएको एक अर्ब अमेरिकी डलर सहायता परिचालनका विषयमा पनि छलफल भएको विदेश मन्त्रालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending