Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सार्वजनिक यातायातको भाडा घट्यो

\"publicकाठमाडौं । यातायात व्यावस्था विभागले आइतबार देखि लागु हुनेगरी सार्वजानिक सवारीसाधनको भाडा घटाएको छ । नयाँ भाडादर प्रतिशतका घटेको देखिए पनि रुपैयाँमा भने पुरानै मुल्य हुन आएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ  – विभागले याुत्रबहकमा २.५३ , मालवहाकमा तराइमा ३.७६ र पहाडमा ३.२८ तथा ट्याक्सीमा १।६५ प्रतिशत घटाएको छ । नयाँ भाडादरअनुसार स्थानीय रुट वा उपत्यकाका रुटमा न्यूनतम १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ कायम भएको छ । स्थानीय रुटमा यसअघि न्यूनतम भाडा १३।४९ रुपैयाँ थियो भने अब १३।०७ रुपैयाँ हुनेछ । २५ किलोमिटरसम्म हुने स्थानीय रुटमा अधिकतम २५ रुपैयाँ रहेकोमा अब २४ रुपैयाँ कायम भएको छ । ट्याक्सी भाडा यसअघि प्रतिकिलोमिटर ३६ रुपैयाँ रहेकोमा अब घटेर ३५ रुपैयाँ भएको छ । लामो दूरीमा भने पूर्वको काँकडभिट्टादेखि सुदूरपश्चिमको महेन्द्रनगरसम्म ९ सय २२ किलोमिटरमा सबभन्दा बढी ४१ रुपैयाँ कायम भएको छ । काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाडा १६ सय ६ रुपैयाँ रहेकोमा नयाँ भाडादर १५ सय ६५ रुपैयाँ कायम भएको छ । विभागले भाडा घटाउन गरेको प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार स्वीकृत गरेपछि सार्वजनिक सवारीसाधनको भाडा घटेको विभागका इन्जिनियर मोहन भट्टराईले जानकारी दिए । उनले भने, ‘नयाँ भाडादर आइतबारबाटै लागू भएको छ ।’ विभागका अनुसार यसपटक वैज्ञानिक पद्धतिअनुसार इन्धनलाई मात्र आधार मानेर नयाँ भाडा समायोजन गरिएको हो । नेपाल आयल निगमले माघ ४ मा पेट्रोल प्रतिलिटर ५ रुपैयाँ, डिजेल र मट्टितेल ६र६ रुपैयाँ घटाएको थियो । त्योसँगै पेट्रोल ९९ तथा डिजेल र मट्टितेल ७५ रुपैयाँ पुगेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE