Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सुशील'दाका अन्तिम दिनका १२ घटना यस्ता छन्

\"susilकाठमाडाैं । १. बिहान उठेर नुहाए २. १० बजे सामान्य खाना खाए ३. कांग्रेस काठमाडौंको अधिवेशन उद्घाटन जान ठीक परे ४. पानी परेपछि चिसो हुन्छ भन्दै रोकिए ५. अधिवेशन उद्घाटन गर्न वरिष्ठ नेता शेरबहादुर देउवालाई बोलाउन सल्लाह दिए ६. कांग्रेस केन्द्रीय सदस्य डा।शशांक कोइरालासाग मात्र भेटघाट गरे ७. रातिसम्म जिल्ला अधिवेशनको अपडेटमा थिए ८. ११ बजेपछि कोइरालाको स्वास्थ्यमा अचानक समस्या आयो ९. भतिजा अतुलले निजी चिकित्सक डा।करवीरनाथ योगीलाई बोलाए १०. साढे ११ बजेपछि सञ्चो नभएको, मलाई दुख्यो भन्दै छटपटाउन थाले ११. पटक–पटक दिसा–पिसाब आयो जान्छु भन्न थाले १२. अन्तिम सास छाड्नु १५ मिनेटअघिसम्म चम्चाले पानी पिए करिब एक हप्तादेखि निमोनियाको संक्रमणका कारण कांग्रेस सभापति सुशील कोइराला कुनै पनि औपचारिक कार्यक्रममा निस्किएका थिएनन् । कांग्रेसको १३औँ महाधिवेशनका लागि स्थानीय चलिरहेकाले कोइरालाको दैनिकी निवासमै कार्यकर्ता भेट्ने, छलफल गर्ने र चुनाव जितेर आउन ढाडस दिदैमा बित्थ्यो । सोमबार बिहान पनि उनको अवस्था अघिल्ला दिनमा जस्तै थियो । बिहान कोइरालाले उठेर नुहाएका थिए । अरू दिनको जस्तै सामान्य खाना खाएका थिए । काठमाडौं कांग्रेसको अधिवेशनमा प्रमुख अतिथिका रूपमा जाने कार्यक्रम तय भएकाले सोमबार उनले कसैलाई भेटघाटका लागि बोलाएका थिएनन् । ‘निमोनियाको संक्रमण एक हप्तादेखि थियो । निजी चिकित्सक डा।करवीरनाथ योगीले दिनदिनै आएर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुहुन्थ्यो,’ बिहानदेखि राति ११ बजेसम्म कोइरालासागै रहने उनका सहयोगी मोहन आचार्यले भने, ‘बिहान उठेर नुहाउनुभयो । अघिल्ला दिनमा जस्तै बिहान १० बजे खाना खानुभयो ।’ पानी परेकाले चिसो हुने भन्दै काठमाडौंको अधिवेशन उद्घाटनका लागि उनी गएनन् । काठमाडौंको अधिवेशन उद्घाटनका लागि वरिष्ठ नेता शेरबहादुर देउवालाई बोलाउन उनले सुझाब दिए । ‘म अलिअलि बिरामी पनि छु, त्यसमाथि पानी परिरहेको छ, त्यसैले शेरबहादुरजीलाई बोलाउनुस् । उहाँ पनि पार्टीको नेता हो,’ कोइरालाले काठमाडौं कांग्रेस सभापति भीमसेनदास प्रधानलाई भनेको वाक्य आचार्यले सम्झिए । दिनभर पनि उनी सामान्य अवस्थामै थिए । कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालासाग मात्रै सुशीलको सोमबार दिउसो भेट भएको आचार्यले बताए । सोमबार कांग्रेसका जिल्ला अधिवेशन भएकाले कुन स्थानमा के कस्तो परिणाम आयो भन्ने अपडेटमा थिए कोइराला । राति १० बजे महाराजगन्जस्थित निवासमा खाना खाएर आफू र निजी डाक्टर करवीरनाथ योगी बाहिरिएको आचार्य बताउँछन् । कोइरालालाई सवा ११ बजे केही असहज भएको भन्दै उनका भतिजा अतुलले चिकित्सक योगीलाई टेलिफोन गरेका थिए । अतुलको फोनलगत्तै डा.योगी महाराजगन्ज पुगेका थिए । ‘बेलुकाको नियमित जाँचपछि म घर आएँ । राति पुनः गाह्रो भयो भनी बोलाउनुभयो । म तत्काल पुगेँ,’ डा.योगीले नयाँ पत्रिकासँग भने । त्यसपछि कोइरालाको अवस्था निकै बिग्रेको थियो । डा.योगी भन्छन्, ‘पछिल्लो डेढ घन्टामा अरु बेला भन्दा उहाालाई असहज भएको मैले पाए ।’ सामान्य रुघाखोकी भएको हुादा निको भइहाल्छ होला भन्दै औषधि दिादै गए पनि त्यसले अवस्थामा केही परिवर्तन नल्याएको योगी बताउाछन् । साढे ११ बजेसम्म सामान्य कुरा गरेका कोइराला त्यसपछि भने छट्पटाएका थिए । ‘उहाँले मसँग साढे ११ बजेसम्म राम्ररी कुरा गर्नुभएको थियो । त्यसपछि उहाँले मलाई दुख्यो, सन्चो भएन जस्ता कुरा गर्नुहुन्थ्यो, तारन्तार दिसा–पिसाब गर्न जान्छु भन्नुहुन्थ्यो । तर, जानु भएन ।’ सहयोगी आचार्यले कोइरालाको निधन हुनुभन्दा १५ मिनेटअघि पनि दुई चम्मा सुप पिएको बताए । मृत्यु हुने बेलामा कोइरालासँग उनका भतिजा अतुल र डा. योगी मात्रै थिए । आजको नयाँ पत्रिका दैनिकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE