Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

सुशीलका भाइले दाजुको मृत्यु नपत्याउँदा .......

\"Ashok\"काठमाडौं । दा, सुशील’दा रहनुभएन,’ मध्यरातमा निद्रामा हुँदा सुशील कोइरालाका भाइ अशोक कोइरालाको टेलिफोनमा कसैले भन्यो । देशका पूर्वप्रधानमन्त्री, आफ्ना दाजु र अघिल्लो दिन मात्रै कांग्रेस राजनीतिबारे कुरा गरेका सुशीलको मृत्यु भइहाल्ला भन्ने अशोकले कल्पना नै गरेका थिएनन् । कल्पनाबाहिरको कुरा सुनेपछि उनले फोन गर्नेलाई हप्काए, ‘अधिवेशनको वेला यस्तो जथाभावी हल्ला फैलाउने हो रु’ यस्तो कुरा सुन्न पनि नपरोस् भन्ने चाहने अशोकले फोनमा लामो बोलेनन्, फोन राखिदिए । सुशील कोइरालाको निवास महाराजगन्जबाट अशोकलाई फोन गरिएको थियो । उनले कसले फोन गरेको हो भन्ने हेर्ने कष्टसमेत गरेनन् । ‘किन हेर्नु,’ उनले त्यतिवेला सम्झिएका थिए, ‘अफवाह फैलाउनेहरूलाई चासो दिनुको कुनै अर्थ थिएन।’ अशोकले नपत्याएर के गर्नु रु सुशील’दाको मृत्यु सत्य थियो । त्यसो त मृत्युलाई शाश्वत सत्य भनिन्छ । तर, समय र परिस्थितिले मृत्युको अर्थ फरक बनाइदिन चाहिँ सक्छ । त्यही फरक अर्थ बनाउन र आसन्न कांग्रेस महाधिवेशनलाई प्रभावित पार्न कसैले यस्तो हल्ला चलाएको अशोकले सम्झिए । तर, उनको अनुमानले विश्राम लिन पाएन । लगत्तै फेरि टेलिफोन बज्यो । यसपालि उनले नम्बर हेरेर उठाए । भतिज प्रशान्तको रहेछ । अशोकले प्रशान्तको फोन त उठाए, तर उसको कुरा नसुनी भने, ‘तँलाई पनि त्यही हल्ला सुनाए कि क्या हो रु मलाई पनि अघि फोन आएको थियो । नचाहिने हल्ला चलाउँछन् ।’ ‘होइन, म यहीँ महाराजगन्जमा छु । त्यो कुरा सत्य रहेछ,’ प्रशान्तले एकै सासमा भने । त्यसपछि अशोक केही बोल्न सकेनन् । चुपचाप रहे । क्यान्सरलाई समेत जितेका कोइराला धेरै अस्वस्थ थिएनन् । अशोक उनको स्वास्थ्यबारे अपडेटमा थिए । तर, मृत्युले सुशीललाई लगिसकेको थियो । अशोक तत्कालै काठमाडौं आउने तयारी गर्न थाले । विराटनगरबाट पहिलो फ्लाइटमा काठमाडौं आए । अन्तिम कुराकानी अशोकलाई सम्झना छ, सबैभन्दा पछिल्लो पटक सुशील’दाले उनलाई मिलेर अगाडि बढ्ने सुझाब दिएका थिए । सोमबार फोनमा अशोक र सुशीलको कुरा भएको थियो । सन्दर्भ थियो– कांग्रेसको आसन्न महाधिवेशन । सक्रिय राजनीतिमा रहेका अशोकले महाधिवेशनमा गुटको विषयमा कुरा उठाए । ‘अनि सुशील’दाले भन्नुभयो,’ अशोकले बुधबार सम्झिए, ‘कांग्रेसलाई एकढिक्का बनाएर लानुपर्छ । कांग्रेसलाई ६० र ४० को भागबन्डाबाट मुक्त गर्न सके मात्र नेपाली कांग्रेस अगाडि बढ्न सक्छ र बिपीको उद्देश्य सफल हुन्छ । त्यसैले तिमीहरूले कुनै झैझगडा गर्न हुँदैन ।’ त्यतिवेला सुशीलले देशभरबाट फोन आएको र सबैलाई आफूले यही भन्ने गरेको सम्झिएका थिए । ‘प्रजातन्त्र स्थापना, संविधान लेखन कांग्रेसले गर्‍यो, अब पार्टी एकढिक्का हुनुपर्छ,’ सुशील’दाले फोन राख्ने वेलामा पनि यही कुरा भनेको उनले बताए । बाल्यकाल सुशीलभन्दा झन्डै सात वर्षका कान्छा अशोक दाइमा दुई विचार रहेको तर्क गर्छन् । राजनीतिक र धार्मिक । भाइको स्मरणमा सुशीलले दुईवटै विचार सँगसँगै नै लगेका थिए । भाइ बाल्यकालको स्मृति खोतल्ने प्रयास गर्दै भन्छन्, ‘६ सालतिर हुनुपर्छ, कांग्रेसले पम्प्लेटिङ गरेको थियो, डाकोटा विमानस्थलनबाट पर्चा फ्याँकिएको थियो । हामी टिपेर ल्याउँथ्यौं, दादा हामीलाई लिन पठाउनुहुन्थ्यो, अनि हिन्दीमा लेखिएको राजनीतिक विषयका ती विवरण पढेर सुनाउनुहुन्थ्यो ।’ नेपाली कांग्रेसले क्रान्तिको बिगुल फुकेको सन्देश आफू पनि पढ, अरूलाई पनि सुनाऊ, यो हाम्रो क्रान्ति हो भनेर सुशीलले भाइलाई भनका थिए । सुशीलको यही बानीले अशोकलाई राजनीतिमा ल्यायो । राजनीतिक संगत बेलरीको सिद्धनाथ मन्दिरमा मेला लाग्थ्यो । पूर्णगिरीमा दर्शन गरेर आएपछि सिद्धनाथ बाबाको दर्शन वर्षमा एकपटक गर्नैपर्छ भन्ने थियो । ‘उनै सुशील’दा साधुसन्तसँग बसेर ज्ञान हासिल गनुहुन्थ्यो,’ राजनीतिपछि भर्खरै किशोर बन्दै गरेका दाइलाई स्मरण गर्दै अशोक भन्छन् । त्यतिखेर उनलाई यी घटना सामान्य लागे, तर पछि भाइ दाजुको यस्ता गतिविधि धार्मिक आस्थाले भएको रूपमा बुझ्छन् । तर, राजनीति र धर्मलाई कोइरालाले सँगै लान सकेनन् । बिपी, गिरिजाप्रसाद कोइरालाको राजनीतिक स्कुलका विद्यार्थी सुशीलको धार्मिक पाटोलाई राजनीतिले ‘ओभरल्याप’ गरिदियो । लगत्तै कोइराला बिपीको संगतमा पुगे । बिपीका विचारलाई फैलाउन लागे । बिपीसँगै भारतमा निर्वासनमा रहे । धर्मबाट राजनीतिमा आएका दाजुको यो पाटोलाई धर्मप्रतिको अविश्वासभन्दा पनि बिपीहरूको राजनीतिक संगतका कारण मान्छन् उनी । ‘धर्ममा अविश्वास होइन, राजनीतिक व्यस्तताले धर्मकर्मतिर जोड नदिनुभएको हो कि भन्ने लाग्छ ।’ पछि यदाकदा धार्मिक कार्यमा जान छाडेनन्, तर राजनीतिलाई कर्म बनाए । ‘धार्मिक गतिविधिमा कहिलेकाहीँ जानुहुन्थ्यो, तर कर्म गर्दै जानुपर्छ भन्नेमा जोड दिनुहुन्थ्यो,’ दशरथ रंगशालामा श्रद्धाञ्जलीका लागि राखिएको दाइ सुशीलको पार्थिव शरीरलाई एक टकले हेर्दै कोइराला भन्छन् । भाइहरू धर्ममा अलि बढी आस्था राख्थे र धार्मिक कार्यमा प्रसाद खान जानका लागि कर पनि गर्थे, तर सुशीलले कर्म नगरी धर्म मात्रै गर्ने यस्ता विषयलाई रुचाउँदैनथे । ‘धर्म मात्र गरेर हुँदैन, कर्म पनि गर्नुपर्छ बुझिस्’ भन्नुहुन्थ्यो । अशोक दाइको कर्मप्रतिको विश्वास र लगाव व्यावहारिक र सान्दर्भिक भएको सम्झन्छन् । प्लेन हाइज्याकमा जेल परे । भारतको आन्दोलनमा राजेन्द्रप्रसाद, राममनोहर लोहियाहरूसँग पनि कोइरालाले संगत गरे । बिहारका मुख्यमन्त्री नीतीशकुमारसँग पनि त्यतिवेलैदेखि कोइरालाको चिनजान रहँदै आएको र यस्ता संगत र घटनाले सुशीलमा प्रेरित र पूर्ण रूपमा राजनीतिमा होमिने इच्छाशक्ति आएको मान्छन् भाइ अशोक । पार्टी एकढिक्का बनाउने अठोट अधुरै कांग्रेसमा सात सालदेखि नै हुर्कंदै आएको गुटगत शैली कोइरालालाई मन पर्दैनथ्यो । प्रजातन्त्र स्थापनपछि ५० को दशकमा कांग्रेस फुट्यो । तर, कोइरालाले यसलाई पचाउन सकेनन् । भावनात्मक रूपमा पार्टीलाई एकता गर्नुपर्छ भन्ने मूलमन्त्र दाइले बनाएको भाइ अशोक टिप्पणी गर्छन् । ‘पार्टी एकीकरणमा बोल्ड स्टेप लिनुपर्छ, अरू नकारात्मक तत्त्व हाबी नहोऊन् भनेमा उहाँको सदैव जोड रह्यो,’ अशोक भन्छन् । संस्थापन र देउवा कांग्रेसलाई एउटै पार्टी बनाउन कोइरालाको उत्तिकै भूमिका र सक्रियता रह्यो । तर, पार्टी एकतापछि संस्थागत रूपमा बढेको ६० र ४० को भागबन्डाले कोइराला चिन्तित थिए । काम गर्न खोज्थे, तर अर्को पक्षको चित्त बुझाउनुपर्ने, आफ्नै पक्षका नेतालाई पनि समेट्नुपर्नेजस्ता बाध्यताले कोइराला बाँधिएका थिए । आफैँ कांग्रेसको नेतृत्वमा पाँच वर्ष रहेपछि नजिकबाट कोइरालाले यस्तो संस्थागत भागबन्डाको सकस व्यहोरे । त्यसैले १३औँ महाधिवेशनबाट कांग्रेसलाई एकढिक्का बनाउने संकल्प लिएका थिए । ‘विभिन्न आरोह–अवरोहबाट उठ्दै यसपटकको महाधिवेशनबाट कांग्रेसलाई एकढिक्का बनाएर लैजाने सुशील’दाको अठोट थियो, तर दुर्भाग्यवश हाम्रोबीच उहाँ रहनुभएन,’ भावुक हुँदै अशोक भन्छन् । ‘सुशील’दाको बिछोडले कोइरालाहरूले अभिभावक गुमाएको महसुस गरेका छौँ । यो राष्ट्रले पनि राम्रो अभिभावक र एउटा विश्वास गुमाएको छ,’ दाइको स्मरणमा उनी भन्छन् । क्यान्सरलाई पचाउनुभयो निमोनियाले निल्यो जिब्रो र फोक्सोमा देखिएको क्यान्सरको सफल उपचार भएपछि कोइराला उत्साही थिए । आफूले क्यान्सरलाई खाएको, जितेकोजस्ता कुरा गरेर उपचार गरेर स्वस्थ भइन्छ, उपचार गर्नुपर्छ भन्ने सल्लाह पनि उनी दिन्थे । ‘उहाँले क्यान्सरलाई खाइदिनुभयो, अझै जितिदिनुभयो,’ अशोक भन्छन्, ‘परिवारका सदस्यसँग पनि उपचार गर्नुपर्छ । आराम गर्नुपर्छ भन्दै स्वास्थ्यका विषयमा सचेत गराउनुहुन्थ्यो ।’ क्यान्सरलाई पचाए पनि निमोनियाले दाइलाई निमोठेपछि आफूहरू स्तब्ध भएको उनी बताउँछन् । ‘वास्तवमा उहाँले क्यान्सरलाई निल्नुभयो, पचाइदिनुभयो, तर नियतिबाट हार्नुभयो ।’ ठूला रोगलाई जितेर सामान्य रोगले हराए पनि सुशील’दाको अठोट, आस्था र विश्वासलाई अगाडि बढाउनुपर्नेमा उनी जोड दिन्छन् । बिपीको मुद्दालाई सफल बिपी कोइरालाले २००७ सालदेखि उठाएको मुद्दा संविधानसभाबाट संविधान जारी गर्न कोइराला सफल भए, तर आफूले प्रतिबद्धता गरेको ८ माघमै संविधान दिन नसकेकोमा भने परिवारसँग गुनासो गर्थे । ‘बिपीले उठाएको मुद्दालाई सफल पार्नुपर्छ भन्ने थियो, सफल पनि भयो,’ अशोक भन्छन्, ‘तर, दोस्रो संविधानसभा निर्वाचनपछि ८ माघभित्र संविधान दिएरै छाड्छु भन्ने अठोट गरे पनि समयमा दिन नसकेपछि दाइ दुखित हुनुहुन्थ्यो, तर केही ढिला भए पनि संविधान उहाँकै नेतृत्वमा आयो ।’ तर, उनी सुशीलदाले राजनीतिक मूल्यलाई जीवनमा उतारेर सबैलाई प्रेरित गरेकोमा गौरव गर्छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE