Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सुशील कोइरालाको मृत्युबारे प्रश्नमाथि प्रश्न

\"susil\"काठमाडौं । प्रधानमन्त्री भइसकेका व्यक्ति सुशील कोइरालालाई अन्तिम अवस्थासम्म अस्पताल नलगी घरमै राखिंदा मृत्यु भएपछि प्रश्नमाथि प्रश्न उठेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–पाँच दिनदेखि गम्भीर बिरामी हुँदा पनि अस्पतालको बेडमासमेत पुग्न नपाई मृत्यबरण गर्न उनी बाध्य भए, यस्तो लापरवाही कसरी भयो ? भाइ विजय भन्छन्– अस्पताल लग्न भनेको थिएँ, तर लगिएन दाजुको निधनपछि भाइ विजय नेपालगन्जबाट काठमाडौं आएका छन्, तर अस्पताल किन लगिएन, सर्वसाधारणलाई जस्तै उनलाई पनि थाहा छैन । दाइ सिकिस्त भएको खबर आएपछि तुरुन्त अस्पताल लग्न सुझाब दिएको उनको भनाइ छ, नयाँ पत्रिकासँग भने, ‘अस्पताल किन लगिएन म पनि आश्चर्यमा छु’ भाइ विजयको गुनासो बिरामी भएपछि दाजुलाई हस्पिटल लग्नुपर्ने थियो । हस्पिटल लगेको भए ‘प्रोपोगान्डा’ हुने थिएन । डाक्टर ९करवीर योगी० पनि सँगै हुनुहुन्थ्यो । उहाँले स्टेटमेन्टमा बेड पनि बुक गराएको समाचारमा आएका छन् । डाक्टरले एम्बुलेन्स उपलब्ध भएन भन्नुभएको छ । एम्बुलेन्स खोज्दाखोज्दै उहाँ बित्नुभयो । तर, यो कस्तो एम्बुलेन्स खोजाइ हो ? अन्तिम अवस्थामा त्यही घर (महाराजगन्ज)मा नै गाडी थियो, बोकेर गाडीमा राखेर लग्न सकिन्थ्यो । अन्तिम घडी भए पनि लिएर जाऔँ भन्ने विचार गरेजस्तो त देखिन्छ । राति जुन वेला मलाई फोन आएको थियो त्यतिखेर लान खोजेको जस्तो लाग्छ । फोन आउँदा मैले हस्पिटलमा लिएर जाऊ भनेको पनि थिएँ । हस्पिटल लगेको मात्र भए पनि अहिले विवादास्पद कुरा बाहिर आउने थिएनन् । हस्पिटल नलग्नु गल्ती भएको हो । चन्दन लगाउन दैनिक एउटा भाइ महाराजगन्ज आउँथे । अरुण पौडेल नामका ती भाइ सुशील’दा बितेको दिन पनि आए । उनले घटना थाहा पाइसकेका थिए । अघिपछि साधारण टीका मात्र लगाउने गरिएको थियो । तर, मृत्यु भइसकेकाले त्यो भाइले अघिपछिभन्दा अलि बढी चन्दन निधारमा लगाइदिए । तर, चन्दनको विषयलाई ‘इलाबोरेट’ गरेर हल्ला गरिएको छ । मैले पनि निधारमा रातो देखेको थिएँ । त्यो रातो के हो रु भगवान् जाने । चन्दनको तल अबिर टाँसिएर रातो भएको पनि हुन सक्छ । मृदुला भन्छिन् : डाक्टर नै पोलिटिसियन भए सुशील कोइराला प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइराला पनि उपचारमा लापरबाही भएको गुनासो गर्छिन् । सुशीलनिवास महाराजगन्जमा बिहीबार दिउासो कार्यकर्ताले निधारको घाउ के हो ? बाथरुममा लडेको सत्य हो कि होइन ? पूर्वप्रधानमन्त्रीजस्ता मान्छेलाई किन अस्पताल लगिएन भन्नेजस्ता प्रश्नहरू सोधिरहेका थिए । मृदुलासँग यी प्रश्नको जवाफ थिएन, बरु उनी थप आक्रोशित भइरहेकी थिइन् । ‘हाम्रो डाक्टर, डाक्टरभन्दा पोलिटिसियन बढी भयो । सुरुमै प्रस्ट बोल्नुको सट्टा अलमल्याउने कुरा बोले, त्यसपछि पटकपटक कुरा फेरे । त्यसैले झन् अलमल भएको छ,’ उनी भन्दै थिइन् । पूर्वप्रधानमन्त्रीका लागि एम्बुलेन्ससमेत खोज्न सकिएन वर्षाौदेखि कोइरालाको उपचार गरिरहेका निजी चिकित्सक करवीरनाथ योगी कोइराला पछिल्लोपटक बिरामी हुँदा पनि उपचारमा संलग्न थिए । तर, पाँच दिनदेखि बिरामी हुँदा पनि अस्पताल किन लगिएन ? उनले कोइरालाको निधनको दुई दिनपछि जवाफ दिएका छन्, तर जवाफले झन् धेरै प्रश्न उठेका छन् निजी चिकित्सकका नौ तर्क कसैले पनि ‘इन्टेन्सनल्ली’ अस्पताल नलगेको होइन, समय र परिस्थितिले यस्तो हुन गयो । हुन त शिक्षण अस्पताल मेरै अस्पताल हो । डाइरेक्टर लगायत मेरै साथी हुन् । अस्पतालको एक्स्टेन्सनमा मैले १३ पटक फोन गरेँ, तर उठेन । त्यहाँ बस्ने मान्छे दिसा–पिसाब गएको हुन सक्छ । मलाई केही अबगाल आउला कि भनेर मैले फोन गरेको फोटो खिचेर राखेको छु । सुशील दाइलाई उपचार गराउन मैले अर्को अस्पतालमा पनि फोन गर्न खोजेँ, तर नजिकको कुनै नम्बर थिएन । त्यसपछि मैले पूर्वराष्ट्रपति डा। रामवरण यादवलाई पनि तीनपटक फोन गरेँ, उहाँको पनि फोन उठेन । अक्सिजन जडान एम्बुलेन्सका लागि त्रिवि शिक्षण अस्पतालमा १३ पटकसम्म सम्पर्क गरेँ, तर फोन उठेन । सो समयमा अस्पताल लान अक्सिजन भएका अन्य सवारीसमेत पाइएन । सुशील दाइको टाउकोमा चोट लागेको भनेर टिप्पणी भएको छ । तर, त्यस्तो चोट केही पनि थिएन । आर्यघाटमा नुहाइदिादा चन्दन पखालिएको थियो, तर घाउ भेटिएन । त्यसैले चोट लागेको थियो भन्ने आधार छैन । सोमबार राति उहाँ कतै पनि लड्नुभएको छैन । आइतबार राति बाथरुममा लड्न लाग्दा बेसिनमा समातेर जोगिनुभयो भन्ने हो, टाउको ठोकियो होला, तर निधारमा कुनै चोट थिएन । सिरकमा देखिएको रगत अन्तिम समयमा तीनवटा इन्जेक्सन लगाउँदा निस्किएको हो । अन्तिम अवस्थामा अस्पताल लैजान नपाए पनि चिकित्सकीय इथिक्समै रहेर काम गरेको छु । त्यो दिन पनि दिउँसो जाउलो खाँदा ठीक हुँदै गयो भन्ने भान भयो । अघिल्लो दिनभन्दा सोमबार राम्रो पनि हुँदै गएको थियो । बेलुका एकैपटक समस्या बढेपछि अतुलजीले पनि परिवारका अरू सदस्यलाई भन्न भ्याउनुभएन । दिउँसो अलि ठीक भएपछि परिवारसँग सल्लाह हुन पाएन । तत्काल यस्तो होला भन्ने मैले पनि कल्पना गरेको थिइनँ । दिउासोभरिको ‘इम्प्रुभमेन्ट’ ले गर्दा अस्पताल नलैजाऊा भन्ने सल्लाह भयो । राति स्थिति बिग्रिएपछि लैजाने समय कम भयो । उहाालाई ठुल्ठूला रोगबाट बचाइयो, तर रुघाखोकी बिग्रिएर र निमोनियाले निधन भयो । सुशील दाइको निवासमा म पनि परिवारको सदस्य नै हो । जहिले पनि समस्या हुँदा अतुलजी, म, शशांक दाइ मिलेर समाधान गथ्र्यौँ । अलिअलि रुघाखोकी, ज्वरो आउने, श्वास–प्रश्वाससम्बन्धी समस्या देखिने हुन्थ्यो । एन्टिबायोटिक खुवाउँदा ठीक हुन्थ्यो, कहिले आफैँ ठीक हुन्थ्यो । यसपालि हामी पनि झुक्कियौ । कडा रोगहरू निको पारेको अवस्थामा रुघाखोकी बिग्रिएर त्यो पनि अस्पताल नै लान नपाएर मृत्यु हुँदा मलाई पनि नराम्रो लागेको छ । उहाँ मेरो बुबासमान हो । पछिल्लोपटक क्यान्सरको उपचार गर्दा अमेरिकामा एउटै कोठामा पाँच हप्ता सँगै सुत्यौँ । त्यसवेला उहाँलाई निकै गाह्रो हुन्थ्यो । मैले नै नर्स र चिकित्सक दुवै काम गर्थेँ । मेरै आँखाअगाडि उहाँले प्राण त्याग गर्दा म आफैँ भक्कानिएँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending