Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

ओली र मोदीबीच के हुन्छ वार्ता ?

\"oli-and-modi-660x330\" ओली ७ फागुनमा दिल्ली जाने
  • प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण ७ फागुनमा हुने नेपाल र भारत दुवैले औपचारिक जानकारी दिएका छन् । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले शुक्रबार ओलीको भ्रमण ७ देखि ११ फागुनसम्म हुने घोषणा गरेका हुन् ।
  • ‘प्रधानमन्त्रीले भारतीय समकक्षीसँग आपसी हितका विषयहरूमा औपचारिक वार्ता गर्नुहुनेछ, उहाँले राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुहुनेछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ, ‘उहाँले भारत सरकारका विभिन्न मन्त्रीहरू तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ ।’
  • ‘नेपालका प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ देखि ११ सम्म भारत भ्रमणमा आउँदै हुनुहुन्छ,’ भारतको विदेश मन्त्रालयले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरूपले भने ।
८ फागुनमा दुई समकक्षीबीच छलफल प्रधानमन्त्री ओली ७ फागुनमा दिल्ली जाादै छन् । उनले ८ फागुनमा हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक वार्ता गर्ने कार्यक्रम तय भएको छ । उनीहरूबीच नाकाबन्दीले तिक्त भएको दुई देशको सम्बन्धलाई सुमधुर बनाउादै द्विपक्षीय हितका बारेमा छलफल हुनेछ । ‘प्रधानमन्त्री ओलीको भ्रमणमा द्विपक्षीय सहायतालगायत दुईपक्षीय हितका विषयमा छलफल हुनेछ । विकास सहायता, ऊर्जा र कनेक्टिभिटीलगायतका विषयमा पनि छलफल केन्द्रित हुनेछ,’ पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भने । एजेन्डा अझै तय भएनन् प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डा अझै तय भएका छैनन् । मन्त्रालयहरूबाट विषय सुझाब माग्ने काम सकिए पनि एकीकृत एजेन्डा टुंगो लागिनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । एजेन्डा लुकाइएको भन्दै कांग्रेसको आक्रोश प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय छलफलमा आसन्न भारत भ्रमणका एजेन्डा लुकाइएको भन्दै कार्यबाहक सभापति रामचन्द्र पौडेलले आक्रोश व्यक्त  गरे । ‘सरकारले कुनै काम गर्न नसके पनि प्रधानमन्त्री ओलीको भ्रमणलाई नै उपलब्धि मान्नुपर्ने अवस्था आएको’ भन्दै उनले व्यंग्यसमेत गरे । पहिला टेलिफोनमा, बिहीबार लिखित निम्तो प्रधानमन्त्री निर्वाचित भएलगत्तै एमाले अध्यक्ष केपी ओलीलाई भारतीय समकक्षी मोदीले २४ असोजमा टेलिफोन गरेर भ्रमणको मौखिक निम्तो दिएका थिए । १६ पुसको टेलिफोन कुराकानीका क्रममा पनि मोदीले भारत भ्रमणको निम्तो दिएका थिए । तर, मोदीको औपचारिक लिखित निम्तो भने बिहीबार मात्रै आएको छ । ‘औपचारिक निमन्त्रणापत्र बिहीबार मात्रै प्राप्त भयो, तर भ्रमणका लागि भारतले पहिले नै अनुरोध गरेको थियो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘नेपालले पनि पहल गरिरहेको थियो ।’ भ्रमणकै विषयमा गत साता अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रसचिव शंकरदास बैरागीलगायत नयाँदिल्ली पुगेर भारतीय उच्च अधिकारीसँग वार्ता गरेका थिए । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अवकाशप्राप्त उपरथी प्रकाशबहादुर बस्नेतले पनि गत साता नयाँदिल्लीमा समकक्षी अजित डोभाललगायतसँग प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले २८ पुसमा सरकारी अधिकारीलाई भारत भ्रमणको तयारी गर्न निर्देशन दिएका थिए । सोहीअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको एजेन्डाबारे सम्बन्धित मन्त्रालयसँग समन्वय गरिरहेको छ । निकट र मित्रवत् नेपाल : भारत भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालसँगको मित्रता ‘पुरानो, निकट र मित्रवत्’ रहेको भन्दै ओलीको भ्रमणपछि मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । ‘वीरगन्ज–रक्सौलको नाकाबन्दी हटेको छ । योलगायतका विषयको पृष्ठभूमिमा नेपालको राजनीतिक वस्तुस्थितिका बारेमा पनि छलफल हुनेछ,’ प्रवक्ता स्वरूपले भने । यसबाहेक भूकम्पपछि नेपाललाई दिने वचन दिएको एक अर्ब डलर (२५ करोड अनुदान र ७५ करोड डलर ऋण)का विषयमा पनि छलफल हुने उनले बताए । ओली मुम्बई  हुँदै काठमाडौं फर्किने प्रधानमन्त्री ओली भ्रमणको क्रममा भारतको आर्थिक राजधानी मुम्बई पनि पुग्ने भएका छन् । शुक्रबार साँझसम्म तय भएको भ्रमण तालिकाअनुसार ओली १० फागुनमा मुम्बई जानेछन् । ११ फागुनमा उनी मुम्बईबाटै स्वदेश फर्किनेछन् । उनी गुजरात, उडिसाको पुरी र मुम्बईमध्ये एक ठाउँ जानेबारेमा गृहकार्य भएको थियो । बिहीबार व्यापारिक प्रतिनिधिसँगको कुराकानीमा पनि ओलीले मुम्बईमा आफू जाने र व्यवसायीसँग छलफल गर्ने जानकारी दिएका थिए । प्रजातन्त्र दिवसमा दिल्लीमा रात्रिभोज प्रधानमन्त्री ओलीको उपस्थितिमा प्रजातन्त्र दिवसको साँझ दिल्लीस्थित नेपाली दूतावासले रात्रिभोज आयोजना गर्ने भएको छ । रात्रिभोजमा भारतीय नेताहरूसँग पनि भेटवार्ता हुने दूतावासले जनाएको छ । पर्शुराम, शुरोजंग/नयाँ पत्रिका
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending