Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

कोइरालाको किरिया घरमै संस्थापनको जोडघटाउ

[caption id=\"attachment_55833\" align=\"alignleft\" width=\"476\"]\"फाइल फाइल तस्विर[/caption] काठमाडौं । सभापति सुशील कोइरालाको निधन भएपछि आगामी महाधिवेशनमा कसरी अघि बढ्ने भन्नेबारे कांग्रेस संस्थापन पक्षका नेताहरू छलफलमा जुटेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– सुशीलको किरिया भइरहेको महाराजगन्जस्थित डा. शशांक कोइरालानिवासमा शनिबार बसेको बैठकमा कसको नेतृत्वमा अगाडि बढ्ने भन्नेबारे छलफल भएको छ । ‘सभापतिको निधनपछि संस्थापन पक्ष कसरी एकीकृत भएर अघि बढ्ने भन्ने विषयमा छलफल भयो, जिल्ला अधिवेशनका लागि बाहिर रहेका साथीहरू फर्किएपछि फेरि बैठक बसेर रणनीति तय गर्ने सल्लाह भएको छ,’ बैठकमा सहभागी केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले भने । सहयाेग गर्न पाैडेलकाे अाग्रह कार्यबाहक सभापति रामचन्द्र पौडेलले १२औँ महाधिवेशनमा जस्तै संस्थापन पक्ष एक भएर वरिष्ठ शेरबहादुर देउवा पक्षको सामना गर्नुपर्ने बताएका थिए । ‘१२औँ महाधिवेशनमा जस्तै एकजुट भएमा मात्र संस्थापन पक्षबाट नेतृत्व अर्को पक्षमा जाँदैन । तपाईंहरू एकपटकका लागि एकीकृत हुने तयारी गर्नुस्,’ पौडेलको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मैले पनि पार्टीका लागि त्याग र तपस्या गरेको छु । एकपटक सहयोग गर्नुस् । एक भएर जाऊँ, यसो गरे मात्र हाम्रो पक्षबाट नेतृत्व फुस्कन्न ।’ को–को थिए छलफलमा ? छलफलमा कार्यबाहक सभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा. शशांक कोइराला, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुंगाना, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, पद्मनारायण चौधरी, डा. नारायण खड्का, बलबहादुर केसीलगायत नेताहरू सहभागी थिए । त्यही रहेकी नेतृ सुजाता कोइराला भने संस्थापनको छलफल हुने भनेपछि बाहिरिएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE