Khabar Dabali ११ फाल्गुन २०८२ सोमबार | 23rd February, 2026 Mon
Investment bank

भारतबाट थप ८० मेगावाट विजुली आयात गर्ने समझदारी

\"electricity-hightensionकाठमाडौं । विद्युत् प्राधिकरण र भारतीय सरकारी कम्पनी एनभीभीएनबीच ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले भारतबाट फागुन ४ देखि आयात गर्ने थप ८० मेगावाट बिजुलीको मूल्यमा समझदारी भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ– एनभीभीएनले सुरुमा बढी मूल्य प्रस्ताव गरेपछि भारतबाट थप बिजुली नआउने हो कि भन्ने आशंका बढेको थियो । परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई मूल्यमा पुनर्विचार गरिदिन गरिएको आग्रह र प्राधिकरण तथा एनभीभीएनका अधिकारीबीचको छलफलपछि बिजुलीको मूल्यमा समझदारी भएको हो । एनभीभीएनले प्रतियुनिट भारु ३.४४ (५ रुपैयाँ ५०) पैसामा बिजुली दिन सहमत भएको जानकारी विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले दिए । उनका अनुसार एनभीभीएनका उच्च अधिकारीहरू आइतबार नेपाल आउँदैछन् । प्राधिकरण र एनभीभीएनका अधिकारीबीच आइतबार हुने छलफलपछि मूल्यमा औपचारिक समझदारी र खरिदबिक्रीको सहमति हुनेछ । भारतबाट फागुन ४ देखि ८० मेगावाट बिजुली आउन थाल्नेछ । भारतले प्रधानमन्त्री केपी ओलीको नयाँ भ्रमणका अवसरमा फागुन ८ मा नेपाललाई थप बिजुली निर्यात गर्न थालेको घोषणा गर्नेछ । नेपालले भारतबाट विभिन्न विन्दुबाट हाल २ सय ३५ मेगावाट बिजुली आयात गर्दै आएको छ । ८० मेगावाट थपिएपछि भारतबाट आयात हुने बिजुली ३ सय १५ मेगावाट पुग्नेछ । एनभीभीएनले सुरुमा प्राधिकरणलाई प्रतियुनिट ८ रुपैयाँ ८० पैसामा ८० मेगावाट बिजुली निर्यात गर्ने प्रस्ताव गरेको थियो । महँगोमा बिजुली खरिद गर्न नसकिने भन्दै प्राधिकरणले परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई विद्युत् मूल्यमा पुनर्विचार गर्न आग्रह गरेको थियो । प्राधिकरणले भारतको अर्को कम्पनी पीटीसीसित प्रतियुनिट ५ रुपैयाँ ५० पैसामा २ सय ३५ मेगावाटसम्म बिजुली आयात गर्दै आइरहेको छ । प्राधिकरणले पीटीसीले दिएकै मूल्यमा बिजुली दिन एनभीभीएनसमक्ष आग्रह गरेको थियो । परराष्ट्र मन्त्रालयमार्फत गरिएको कूटनीतिक पहल र प्राधिकरण तथा एनभीभीएन कम्पनीका अधिकारीबीचको छलफलपछि नेपालले आयात गर्ने बिजुलीको मूल्य टुंगो लागेको हो । प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट थप ८० मेगावाट ल्याउन १ सय ३२ केभीको सबस्टेसन निर्माण गरिसकेको छ । ‘थप बिजुली ल्याउन प्राधिकरणले भौतिक संरचना निर्माण गरिसकेको छ । सहमतिअनुसार अब थप ८० मेगावाट बिजुली ल्याउन कुनै समस्या नभएको र फागुन ४ गतेदेखि ८० मेगावाट बिजुली आउने काफ्लेले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE