Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

कोरियाले माग्न थाल्यो नयाँ कामदार

\"korea_city\"काठमाडौं । दक्षिण कोरिया जाने कामदारको सोमबारदेखि नयाँ सूची छनोट सुरु भएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–रोजगारताले ईपीएस शाखामार्फत नेपाली कामदार माग्न थालेका हुन् । गत असोजमा परीक्षा दिएर बसेकाहरूले बल्ल काम गर्न जाने अवसर पाउन लागेका हुन् । भाषा पास गरेकाहरू लामो समयदेखि जाने समयको प्रतीक्षामा छन् । वर्ष दिनभरि काम गर्न जानेलाई मुख्य तीन चरणमा पठाइने तयारी गरिएको छ । सन् २०१६ का लागि पहिलो चरण ९फस्ट लट० मा कामदार पठाउन सोमबार लेबर कन्ट्याक्ट आएको हो । सोमबार कृषि क्षेत्रमा काम गर्न जानेको सहमतिपत्र ९कन्ट्याक्ट० आएको छ । मंगलबारदेखि उत्पादनमूलक क्षेत्रमा लिने कामदारको सहमतिपत्र रोजगारदाताले पठाउन थाल्नेछन् । रोजगारदाताको स्वीकृतिपत्र आएको एक महिनाभित्रै पहिलो लटका कामदार कोरिया पठाइनेछ । ईपीएस कोरिया शाखाका अनुसार पहिलो लटमा करिब दुई हजार जना युवा काम गर्न कोरिया जानेछन् । रोजगारदाताले रोस्टरबाट छानेकाहरूलाई भैंसेपाटीमा एक साताको अभिमुखीकरण तालिम दिइने छ । मंगलबारदेखि नै तालिमको प्रक्रिया सुरू हुने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ । पहिला कृषि क्षेत्रमा काम गर्न जानेलाई तालिममा सहभागी गराइनेछ । त्यसपछि उत्पादनमूलक क्षेत्रमा जानेको पालो आउनेछ । रोजगारदाताबाट छनोट भएका व्यक्तिलाई नेपालमा पनि ईपीएस शाखाले एग्रिमेन्ट पेपरमा हस्ताक्षर गराउनेछ । यस वर्ष आठ हजार चार सय ९० जनाले भाषा परीक्षा पास गरेकामा कृषिका जम्मा २५ सय जना छन् । बाँकी सबै उत्पादनमूलक क्षेत्रका हुन् । कृषि क्षेत्रमा काम गर्न जानेको डिमान्ड निकै कम आउने गरेको छ । कृषिमा काम गर्न पनि तुलनात्मकरुपमा गाह्रो छ । सन् २०१३ मा भाषा परीक्षा पास गरेका करिब एक हजार जनाले जान पाएका छैनन् । उत्पादनमूलक क्षेत्रमा भने कामदारको डिमान्ड निकै बढी छ । यो क्षेत्रमा काम गर्न जानेको संख्या बढी छ । ईपीएस कोरिया शाखाका प्रमुख डिल्ली बास्तोलाले २०१६ मा काम गर्न जानेको सोमबार पहिलोपटक लेबर कन्ट्याक्ट आएको जानकारी दिए । ‘अब २०१६ का लागि कामदार पठाउने प्रक्रिया सुरू भयो । एक महिनाभित्रै करिब दुई हजार जना युवा कोरिया जानेछन्,ु उनले भने । तीन चरणमा औसतमा दुई हजार जनाका दरले रोजगारदाताको मागपत्र आउने उनले जानकारी दिए । २०१६ मा आठ हजार चार सय ९० जनाले भाषा परीक्षा पास गरेको र यी मध्ये अधिकांशलाई पठाउन पहल गरिने इपीएसले जानकारी दिएको छ । विगतमा गएकाले राम्रो काम गरेकाले कोरियाली रोजगारदाता नेपाली कामदारसँग सन्तुष्ट छन् । उत्कृष्ट कार्यसम्पादन गरेबापत नेपाली कामदार रोजगारदाताबाट पुरस्कृतसमेत भइसकेका छन् । कोरियामा नेपाली कामदारले जाने बित्तिकै मासिक न्यूनतम एक लाख १३ हजार रुपैयाँ कमाइ गर्न सक्छन् । यस वर्ष आठ प्रतिशत तलब वृद्धि भएको छ । आकर्षक तलबसुविधा हुने भएकाले उच्चशिक्षा हासिल गरेका, यहाँ जागिर खाएका तथा व्यापारव्यवसाय गरेकासमेत जान इच्छुक देखिएका छन् । यो वर्ष ५० हजारभन्दा बढीले परीक्षा दिएकामा साँढे आठ हजारमात्र उत्तीर्ण भएका हुन् । गत वर्ष जम्मा ३६ सय जनामात्र पास भएका थिए । कोरियामा रोजगार अनुमति प्रणाली अन्तर्गत जी टु जी ९दुवै देशका सरकारी तहमा० अवधारणमा कामदार पठाउने गरिएको छ । कोरियाले नेपालसहित विभिन्न १५ वटा मुलुकबाट यही प्रणालीमा विदेशी कामदार लिने गरेको छ । नेपालले सन् २००८ देखि प्रशिक्षार्थी कामदार कोरिया पठाउन थालेको हो । हाल कोरियामा ३४ हजार नेपालीले काम गरिरहेका छन् । कोरियामा आकर्षक कमाइ हुने भएकाले पछिल्ला वर्ष कन्ट्याक्ट अवधि सकिएपछि पनि लुकिछिपी त्यहीँ बस्ने प्रवृत्ति बढेको छ । चार वर्ष १० महिनाभन्दा बढी बस्ने विदेशी कामदार स्वतः गैरकानुनी हुने प्रावधान छ । गैरकानुनीरूपमा बस्नेको संख्या पाँच प्रतिशत पुग्न लागेको छ । कोरियाले गैरकानुनीको संख्या पाँच प्रतिशतभन्दा बढी हुने बित्तिकै कामदार लिन रोक्ने चेतावनी दिइसकेको छ । अवैध बस्नेक्रम निरुत्साहित गर्न सरकारले एक पटक फर्किएर पुनः पठाउन दिने गरेको छ । यसका लागि कम्प्युटरमा आधारित परीक्षा दिनुपर्छ । यो परीक्षा पास गरेकाले दोहो–याएर कोरिया जान पाउने व्यवस्था छ । गैरकानुनीरूपमा बस्ने प्रवृत्ति निरुत्साहित गर्न सरकारले फर्किएकालाई सीपमूलक तालिम र स्वरोजगारका काम गर्न १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण दिने योजनासमेत अघि सारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending