Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

प्रधानमन्त्री ओली भन्छन् : भारतबाट फर्केपछि चीन जान्छु

\"Kp-oli1\" काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतबाट फर्केलगत्तै आफू चीन र अन्य मुलुकको भ्रमणमा जाने बताएका छन् । कान्तिपुरमा खबर छ– प्रधानमन्त्रीले आगामी शुक्रबार भारत जाने र त्यहाँबाट फर्केको केही सातापछि चीन भ्रमण गर्ने तयारी रहेको बताए । एसियाली राजनीतिक पार्टीहरूको संस्था आइक्यापद्वारा नेपालको राजनीतिक संक्रमणबारे सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा ओलीले भने, ‘दुई छिमेकीसँगको सम्बन्ध असल बनाएर मात्र मुलुकको विकास र हितमा उपयोग गर्न सकिन्छ । यसमा मैले ध्यानपूर्वक काम गरिरहेको छु ।’ प्रधानमन्त्रीले नेपालको संक्रमणकाल अन्त्य हुँदै गएको बताए । लामो राजनीतिक द्वन्द्व, त्यसपछिको शक्ति संघर्ष र संविधान जारीपछि सीमा अवरोधका कारण नेपालीमा परेको असर अब अन्त्य हुँदै गएको उनको दाबी छ । निर्वाचित संविधानसभाको ९० प्रतिशत सहभागितामा संविधान निर्माण भएको उल्लेख गर्दै उनले संविधानमाथि कसैको असन्तुष्टि भए त्यसलाई सम्बोधन गर्ने व्यवस्था पनि संविधानले नै गरेको बताए । ‘लोकतान्त्रिक प्रक्रियाबाट बनाइएको यो लोकतान्त्रिक र लचिलो संविधान हो,’ उनले भने । प्रधानमन्त्री ओलीले भूकम्पपछिको अवस्था जानकारी गराउँदै पुनर्निर्माण प्राधिकरण गठन भएर काम अघि बढेको बताए । आइक्याप स्थायी समिति सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको संविधानले जनताका मौलिक हकलाई व्यवस्थित रूपमा आत्मसात गरेको बताए । उनले पनि नेपालमा स्थायी शान्ति कायम हुँदै राजनीतिक संक्रमणकालको अन्त्यमा पुगेको उल्लेख गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन नै अबको जटिलता भएको बताए । ‘यसमा सबै राजनीतिक दलहरू मिलेर काम गर्न जरुरी छ,’ उनले भने । कांग्रेस विदेश विभाग प्रमुख तथा आइक्याप स्थायी समिति सदस्य सुजाता कोइरालाले पनि नेपालको राजनीतिक संक्रमणकाल सकिने क्रममा रहेको बताइन् । नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारी भई अहिले त्यसलाई लागू गर्ने प्रक्रिया अघि बढेको बताउँदै उनले अब छिमेकसँगको सन्तुलित सहकार्यमा मुलुकको संक्रमणकाल अन्त्य गर्न जोड दिइन् । कार्यक्रममा आइक्यापका संस्थापक अध्यक्ष तथा फिलिपिन्सका पूर्वसभामुख जोसेपी भेनिसियान, कम्बोडियाका उपप्रधानमन्त्री शोक ऐन लगायतले आफ्नो धारणा राखेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending