Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

दिल्लीले नाकाबन्दी हटाउनदेखि ओलीलाई रातो कार्पेट ओछ्याउनुको कारणको खुलासा

\"India-Nepal\"काठमाडौं । संविधान जारी भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गर्‍यो । २४ असोजमा भारतको रुचिविपरीत एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । उनले भारतसँग सम्बन्ध सुधारका लागि १५ देखि १७ मंसिरमा उपप्रधानमन्त्री कमल थापाको अनौपचारिक भारत भ्रमण गराए । जुन सार्वजनिक पनि भयो । तर, त्यही समयमा नेपाली सेनाको गोप्य टोलीको दुई साता लामो दिल्ली भ्रमण पनि गराए । जुन अति गोप्य राखियो । दुई सेनाबीचको छलफलपछि भारत नाकाबन्दी हटाउन तयार भयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ– नाका खोल्ने आश्वासनपछि सेनापतिको भ्रमण नाका खोल्ने आश्वासनपछि मात्रै प्रधानसेनापति राजेन्द्र क्षत्री भारत भ्रमणमा गएका थिए । भारतले क्रमशस् नाकाबन्दीमा पुनरावलोकन गर्ने आश्वासन पठाएको थियो । नाकाबन्दी हट्ने संकेत पाएपछि मात्रै प्रधानसेनापति क्षत्रीले भारत भ्रमणमा जाने निश्चित गरेका थिए । उनी भ्रमणमा जाँदा नाकाबन्दी थियो, फर्किँदा हटिसकेको थियो । ओलीको भव्य स्वागत हुँदै प्रधानमन्त्री केपी ओली सम्बन्ध सुधारको मूल एजेन्डासहित जम्बो प्रतिनिधिमण्डल लिएर शुक्रबार दिल्ली पुग्दै छन् । उनी प्रधानमन्त्री भएयता भारतसँगको तिक्तता र नाकाबन्दी हटाउन पटक–पटक धेरै तहका पहलकदमी भए । सेनापतिको भ्रमणपछि मात्रै परिस्थिति सहज भयो । भारतले प्रधानमन्त्री ओलीलाई रातो कार्पेट बिच्छ्याएर ऐतिहासिक स्वागत गर्दै छ । उनलाई राष्ट्रपति प्रणव मुखर्जीकै निवासमा बस्ने व्यवस्था मिलाइएको छ । नाकाबन्दी खोल्न भएका राजनीतिक कसरत स्वामी रामदेव, आचार्य बालकृष्ण, विनोद चौधरी, अर्जुन बास्तोला, डा। अर्जुन कार्कीको असफल प्रयास परराष्ट्रमन्त्री कमल थापा राजनीतिक समझदारी बनाउन सफल, सैन्य टोलीको अन्तिम प्रयास १. प्रधानमन्त्री भएपछि केपी ओलीको एक मात्रै चासो थियो भारतसँग सम्बन्ध विस्तार गर्ने र विश्वासमा लिएर काम गर्ने । यसका लागि प्रधानमन्त्री भएलगत्तै ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई दिल्ली पठाए । थापाले कात्तिकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गरे । तर, नाकाबन्दी खुलेन । उनी दोस्रोपटक मंसिर दोस्रो साता दिल्ली भ्रमणमा जाँदा मधेसीसँग सहमतिको रोडम्याप पेस गरे । त्यही आधारमा मन्त्रिपरिषद्ले ५ पुसमा निर्णय गर्‍यो । लगत्तै भारतले स्वागत गरेपछि ६ पुसदेखि वीरगन्जबाहेकका नाका खुले । भारतीय अधिकारीहरू भने थापाको प्रयासले मात्रै नाका खोल्न सफल भएको मान्दैनन् । २. परराष्ट्रमन्त्री कमल थापाले गुरु श्री श्री रविशंकरमार्फत भारतीय उच्च नेतृत्वसँग पटक–पटक समस्या समाधानबारे चासो राखे, तर ध्यानाकर्षण भएन । मन्त्री थापा र उद्योगपति विनोद चौधरीको भारतीय उच्च नेतृत्वसँग कुराकानी गर्ने च्यानल रविशंकर नै हुन् । तर, उनको मिसनले पनि सफलता पाउन सकेन । ३. प्रधानमन्त्री ओलीले एमाले सचिव प्रदीप ज्ञवालीलाई दिल्ली पठाए । ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गरे, तर सकारात्मक परिणाम प्राप्त गर्न सकेनन् । यसबीचमा जनता दल युनाइटेडका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येंचुरीमार्फत पनि कुराकानी भयो, तर भारत विश्वस्त भएन । ४. अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्की पनि दुई देशको सम्बन्ध सुधारका लागि दसैँपछि भारत गएका थिए । तर, उनको त्यो गोप्य मिसन सफल भएन । भारतीयहरू टसमस नभएपछि कार्कीले विस्तृतमा कुरा गर्न नै पाएनन् । ५. प्रधानमन्त्री ओलीले प्रसिद्ध वास्तुशास्त्री अर्जुन बास्तोलालाई पनि दिल्ली पठाएका थिए । धार्मिक संघसंस्था र धर्मगुरुमार्फत मोदीलाई नेपालको अवस्थाबारे जानकारी गराइएको थियो । तर, यो प्रयास पनि सफल भएन । ६. सबै प्रयास सफल हुन नसकेपछि अन्तिम अस्त्र सेना थियो । प्रधानमन्त्रीको विश्वास लिएर उपरथी हिमालय थापा नेतृत्वको टोली भारत गएको थियो । थापाले बनाएको आधारमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले भारत भ्रमण गरेपछि भारतीयहरू आश्वस्त भए र नाका खुल्यो । ‘सेनाको भूमिका निर्णायक थियो, तर हल्ला गर्ने कुरा भएन,’ एक उपरथीले भने । प्रधानसेनापति राजेन्द्र क्षत्रीको भारत भ्रमण निर्णायक थियो । ‘भारतले नेपाललाई सुरक्षाको दृष्टिबाट सधैँ हेरिरहेको छ, त्यही परिप्रेक्ष्यमा सेनाले भारतीय पक्षलाई गरेको ब्रिफिङ महत्त्वपूर्ण थियो र भारत सरकारले सेनाको ब्रिफिङलाई गम्भीरतापूर्वक लिएको भन्ने हाम्रो बुझाइ छ,’ सैन्य मिसनबारे जानकार सरकारी स्रोतले नयाँ पत्रिकासँग भन्यो । ७. प्रधानसेनापति फर्केपछि अर्थमन्त्री विष्णु पौडेलले २४ देखि २६ माघसम्म भारत भ्रमण गरे । पौडेलको भ्रमणपछि भारत सरकारले प्रधानमन्त्री केपी ओलीलाई स्वागत गर्ने निष्कर्ष निकालेको थियो । त्यसपछि मात्रै भारतले ओलीलाई भ्रमणको लिखित निमन्त्रणा दियो । अन्य प्रयास र प्रधानसेनापति क्षत्रीले बनाएको सहज पृष्ठभूमिमा अर्थमन्त्रीले दिल्लीमा गरेको कुराकानी सफल भएको सरकारी स्रोतहरूको बुझाइ छ । ८. कांग्रेस सभापति सुशील कोइरालालाई श्रद्धाञ्जली दिन २६ माघमा नेपाल आउँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री ओलीसँग भेट गरेकी थिइन् । त्यतिवेलासम्म परिस्थिति न्यानो भइसकेको थियो । ‘र’ फेरि छायामा, डरलाग्दो आँकलन असफल छिमेक मामिलामा भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विंग्स ९र० निर्णायक मानिए पनि नेपालको सन्दर्भमा ‘र’ रक्षात्मक छ । संविधान जारीलगत्तै नेपालमा प्रभाव जमाएर बसेको ‘र’को भूमिका अब नेपाल–भारतबीच राजनीतिक तहमा हुने वार्ताले तय गर्छ । नाकाबन्दीपछि फेरि ‘र’को भूमिका छायामा छ । सुरक्षा सल्लाहकार अजित डोभाल ‘र’सँग सन्तुष्ट छैनन् । परराष्ट्रसम्बद्ध स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि जनता विद्रोहमा निस्किने र सरकार ढल्ने भविष्यवाणी भारतको गुप्तचर एजेन्सी ‘र’को विवरण थियो । दिल्लीस्थित नेपाली कूटनीतिज्ञलाई ‘र’का उच्च अधिकारीले भनेका थिए, ‘सरकार ढल्छ, जनताले विद्रोह गर्छन् भन्ने हाम्रो आँकलन थियो । तर, हामी सफल भएनौँ ।’ भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि ‘र’का अधिकारीबाट यस्तो आँकलन पटक–पटक सुनेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending