Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सुशीलको निधनपछि उनकै नामका १३ औं महाधिवेशनमा कांग्रेसको मूल नारा

\"Nepali-congress-750\"काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनका लागि ‘सुशीलको नेतृत्वमा बनायौं संविधान ः समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारा तय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–कांग्रेसले महाधिवेशनको तयारीका लागि गठन गरेको प्रचारप्रसार समितिको आज बसेको बैठकले सो नारा तय गरेको समितिले जनाएको छ । कांग्रेसका स्व. सभापति सुशील कोइराला नेतृत्वको सरकारको सक्रियतामा नै मुलुकको इतिहासमा पहिलो पटक संविधानसभाबाट संविधान जारी भएको प्रसङ्गसहित कांग्रेस अब मुलुकको विकास र समृद्धितर्फ उन्मुख हुने नीतिलाई अँगाल्दै सो नारा तय गरेको समितिका संयोजक एवम् पार्टी प्रचार विभाग प्रमुख डा. मीनेन्द्र रिजालले बताए । समितिले महाधिवेशनको प्रचारप्रसारलाई व्यवस्थित र भव्य बनाउन विभिन्न उपसमितिसमेत गठन गरेको छ । बैठकले पत्रकार हरिहर विरहीको संयोजकत्वमा अभिलेख, तेजप्रकाश पण्डितको संयोजकत्वमा बुलेटिन, दामोदरप्रसाद दवाडीको संयोजकत्वमा प्रकाशन, कविर राणाको संयोजकत्वमा मिडिया सेन्टर, कृष्ण केसीको संयोजकत्वमा प्राविधिक, बद्री सिग्देलको संयोजकत्वमा वैदेशिक सम्पर्क र धर्मेन्द्र झाको संयोजकत्वमा विशेष स्मारिका उपसमिति गठन गरेको समितिका सदस्य एवम् पार्टी केन्द्रीय सदस्य बद्री पाण्डेले बताए । उपसमितिमा संयोजकले आवश्यकता र विज्ञताअनुसार सदस्य मनोनयन गर्नेछन् । पत्रकार तथा नेपाल प्रेस युनियनका पदाधिकारी एवम् सदस्यसहितको आजको छलफलमा समितिले महाधिवेशनको सूचना शीघ्र सञ्चारमाध्यमलाई सहज तरिकाले उपलब्ध गराउन नयाँ वेबसाइट बनाउने र मिडिया सेन्टरलाई सुविधायुक्त एवम् व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । समितिमा संयोजक रिजाल, सदस्य पाण्डेका साथै अन्य केन्द्रीय सदस्य अजयकुमार चौरसिया र सुरेन्द्रराज पाण्डे सदस्य हुनुहुन्छ । महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending