Khabar Dabali ५ असार २०८३ शुक्रबार | 19th June, 2026 Fri
Investment bank

नवयुगकी अामा भन्छिन् : नवयुग एक्लैले जितेको होइन

\"Nabyug-aaama\"अहिले देशमा चर्चा छ नवयुगको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुग श्रेष्ठको भूमिका उत्कृष्ट रह्यो । त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रूपमा मूल्यांकन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुबा इलामको मंगलबारेमै बस्छन् । नवयुगको फुटबल जीवनको सेरोफेरोमा रहेर नयाँ पत्रिकाका ख्याम भुजेलले उनकी आमा बसुन्धरा श्रेष्ठसँग कुरा गरेका छन् : छोराले फुटबल खेलेर यस्तो नाम राख्छ भन्ने कहिल्यै लागेको थियो ? थिएन, आशा नै थिएन नि । तर, फुटबल खेलेर नाम राख्यो । छोराको प्रगतिमा कुन आमा खुसी नहोलिन् र रु म त योभन्दा खुसी हुने ठाउँ नै छैन । छोराले नाम कमाएपछि सबै ‘देशले नै गर्व गर्ने छोराकी आमा’ भन्दै बधाई दिन्छन् । कतिजना त घरमा नै आउनुभयो । सबैले ‘नवयुगकी आमा हो’ भनेर सोध्छन् । छोराको निर्णायक गोलमा देशले खेल जित्दा कस्तो लाग्यो ? हामी दुईजना (नवयुगका बुबा) घरमा नै टिभी हेरेर बसिरहेका थियौँ । पहिला त हार्ने भए भन्नेजस्तो लाग्यो । त्यतिखेर मैले जानेजति सबै देवीदेवता सम्झेँ, पुकारेँ । छोराहरूले जिते भने गजुरमुखीमा परेवा उडाउँछु भनेर भाकल गरेँ । नेपालले जित्यो, साहै्र खुसी लाग्यो । उसका बाबाले त छोराले गोल हान्दा ‘नवे’ले गोल लगायो भनेर टिभीमा हात ठटाउनुभयो । झन्डै टिभी फुट्यो । खुसीले के गरौँ कसो गरौँ, कता जाऔँ जस्तो भयो । तर, राति भइसकेको थियो, कता जानु के गर्नु र रु मेरो भाकल छ । ऊ ९नवयुग० आएपछि गजुरमुखी लगेर एक जोडी परेवा उडाउन लगाउँछु । नवयुगले कहिलेदेखि फुटबल खेल्न थालेका हुन् ? पहिलो बोली फुट्दै गोल भनेको हो । त्यो वेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा गोली ९बल० भनेको रहेछ जस्तो लाग्छ । खेलौना पनि गोली नै माग्थ्यो । सानोमा ट्याङट्याङे ९प्लास्टिकको बल० खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने गोडाले गोल हान्न खोज्थ्यो । म पनि उसलाई बल नै दिएर भुलाउँथेँ । स्कुल जान थालेपछि झुत्रे गोली खेल्थ्यो । सनराइज बोर्डिङ गएपछि खेल्न थालेको हो । पछि, सरकारी स्कुलका मास्टरका छोराछोरीलाई बोर्डिङ पढ्न नदिने भनियो । सरकारी स्कुल जान मानेको थिएन । त्यहाँका हेडसर चेतप्रसाद दवाडीले ‘फुटबल खेल्न पाइन्छ’ भनेपछि मात्र स्कुल जान मान्यो । सानैदेखि फुटबल खेल्न भनेर हिँडिरहन्थ्यो । कता जित्थ्यो, कता हाथ्र्यो वास्तै हुँदैनथ्यो । देशकै लागि खेल्दा भने चासो हुँदो रहेछ । फुटबल जितिसकेपछि छोराले फोन गरे ? फुटबल जितेपछि घरबाट बुबाले नै फोन गर्नुभयो । त्यतिवेला ‘फोटो खिच्न व्यस्त छु’ भन्यो । खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ । घर बोलाउनुभएन ? बोलाएँ नि, किन नबोलाउनु ? असोजदेखि देख्न पाएको छैन, घर आइज भनेँ । काठमाडौं आएपछि अझै के–के कार्यक्रम हुन्छ रे । छुट्टी मिलेपछि आउँछु भनेको छ । घर आएपछि भाकल पूरा गर्नु छ । दसैँदेखि भेट्न पाएको छैन । टिभीमा मात्रै देखिन्छ । यसरी नाम चलेपछि घर आएको छैन । अब छुट्टी मिलाएर घर आउला नि त । नवयुगलाई तपाईं के भनेर बोलाउनुहुन्छ ? (लामो हाँसोपछि) म त त्यसलाई ‘काले’ भनेर बोलाउँथँे । मायाले बोलाउने नाम काले हो त्यसको । काले खाना खान आइज, काले स्कुल जाने वेला भयो भन्थे । उसैले ‘काले’ नभन्नु न भन्थ्यो । कालो त म कालै छु, तर नाम बिग्रिन्छ क्या भन्थ्यो । साथीले पनि गिज्याउँछन् भन्थ्यो । कालो पनि कालै छ, तर अहिले चम्क्यो नि । छोरालाई के बनाउने सपना थियो ? मलाई त डाक्टर बनाउन मन थियो नि । एमबिबिएससम्म पढोस् भन्ने लाग्थ्यो । मैले त्यसलाई डाक्टर बन्नुपर्छ भनेर भनेको पनि थिएँ । उसैले डाक्टर पढ्न सक्दिनँ भन्थ्यो । कहिले छोराको टिपन हेराउनुभएको छ रु ज्योतिषीले के भन्थे ? हेराएँ नि । टिपन त कति हेराइयो– हेराइयो । ज्योतिषले ठूलो मान्छे बन्छ भनेका थिए । उनीहरूलाई पनि आर्मी हुन्छ भन्ने के थाहा र १ आर्मीमा जाने वेलामा पनि हेराएँ । मेरो नामबाट पूजा गर्दा राम्रो हुन्छ भनेपछि त्यसवेला पनि गजुरमुखीमा पूजा गरेर एक जोडी परेवा उडाएकी थिएँ । फुटबल खेल्दा छोरालाई चोट लाग्ने हो कि भन्ने पीर लाग्दैन ? पीर लाग्छ नि । लड्यो भने चोट लाग्यो होला, दुख्यो होला जस्तो लाग्छ । एक छिन उठेन भने मर्‍यो कि भनेर पनि सोचाइ आउँछ । पापी मन न हो, के–के सोच्छ सोच्छ । एउटा छोरा, त्यसलाई केही भइहाल्यो भने जस्तो लाग्छ । तर, फाइनलमा त्यो लडेन । लड्यो भने एक छिन त टिभी हेर्नै सक्दिनँ । अरू खेलाडी लडे भने पनि नवयुग नै लड्यो कि जस्तो लाग्छ र एकछिन हेर्दिनँ । पसिनै–पसिना भएको देख्छु । गल्यो होला जस्तो लाग्छ । फोनमा होसियार भएर खेल्नु, होसियार भएर आउनु भनेको छु । कसैले केही गर्ला कि जस्तो लाग्छ । उसले केही हुँदैन भनेर सम्झाउँछ । फुटबल खेलेर पढाइ बिगार्‍यो जस्तो लाग्दैन ? १२ मा एउटा विषय बिगारेको छ । उसका बुबाले फर्म भरिदिनुभएको छ । १२ चाहिँ पास गर् है भनेको छु । पढेर मात्रै ठूलो मान्छे भइन्छ भनेको छु । यसपटक पास गर्छु भन्दै थियो । सुरुमा फुटबल खेल्न जाँदा कत्तिको पैसा माग्थे ? माग्थ्यो नि । कहिले पाँच सय, कहिले हजार माग्थ्यो । हिँडिरहन्थ्यो, म अरूले नदेख्ने गरी लुकाइ–लुकाई दिन्थेँ । कहिलेकाहीँ मागेकोभन्दा पनि धेरै दिन्थेँ । उसका साथीहरूसँग पनि पैसा हुँदैनथ्यो क्यार १ सबैले मिलेर खाजा खानु भन्थेँ । कहिलेकाहीँ दिएको पैसा पनि मास्दैनथ्यो । साथीहरूले खाजा खुवाए भन्थ्यो । पैसा फर्काउँथ्यो । अर्कोपल्ट त्यही दिन्थँे । अहिले त आफैँ कमाउने भइसके, तपार्इंलाई दिन्छन् त ? दिन्छ नि । पहिलोपटक १० हजार दिएको थियो । घरमा पैसा पठाउँछ । उसको बहिनीलाई दिन्छ । घरको पैसा बुबालाई पठाउँछ । मलाई छुट्टै पठाइदिन्छ । अस्ति इलाममा उसको सम्मान थाप्न हामीलाई बोलाइएको थियो । उसलाई दिइएको एक लाख पाँच हजार रुपैयाँ हामीले थाप्यौँ । गोल लगाएपछि मैदानबाहिर कुदेको देख्नुभएको छ ? अस्ति पनि देखेँ । गोल लगाएपछि बाहिर कुद्यो । जर्सी फुकालेर कुद्यो । गोडा भाँचिन्छ कि जस्तो लाग्यो । कसैले हान्ला कि जस्तो लाग्छ । त्यसरी बाहिर किन कुद्नु ? भित्रै कुद्नु नि  त्यसो गर्न पाइँदैन भनेको सुनेकी थिएँ । अब घर आउँदा त्यसो नगर् भनेर भन्नु छ । अहिले नवयुगकै बढी चर्चा भइरहेको छ, कस्तो लाग्छ ? अहिले टिभी–रेडियोमा नवयुगको मात्रै नाम सुन्छु । अरूको नामचाहिँ किन नभनेको होला जस्तो लाग्छ । मेरै छोराको मात्र आउँछ । अरूका पनि छोरा नै हुन् । उनीहरूका बाबुआमालाई कस्तो लाग्दो हो रु नवयुग एक्लैले खेल जितेको त होइन नि १ फुटबल एक्लै खेलेर जितिने होइन । उसका अरू साथी थिएनन् भने त जित्ने नै थिएन नि । अरूको पनि नाम भनिदिए हुन्थ्यो जस्तो लाग्छ । छोरालाई बिहे गर्नुपर्छ भनेर भन्नुभएको छैन ? भनेको छु । तर, २८ वर्षसम्म गर्दिनँ भन्छ । केको खाँचो छ भन्छ । अब हामी पनि ठीकै छौँ । धेरै हतार लगाउनु पनि भएन । त्यसैले बुहारी खोज्ने कुरा पनि भएन । अहिले कहाँ हामीले खोजेर हुन्छ र † उनका केटीसाथी होलान् नि त ? होलान् नि । कति होलान् कति । अब केटीसाथी नहुने केटाहरू कहाँ हुन्छन् र १ तर, उसले त भनेको छैन । बहिनी–साथीहरूले सुनाउँछन् नि । उसले त के भन्थ्यो ? बुहारी कस्ती भइदिए हुन्थ्यो भन्ने लाग्छ ? उसले जस्तो रोज्छ त्यस्तै । अब हामीले रोजेर कहाँ हुन्छ र अरू जातकै ल्यायो भने यस्तो ल्याइस्, उस्तो ल्याइस् भन्दिनँ। नवयुगलाई केही भन्नु छ ? फुटबल जित्ने सबै छोराहरूलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाऊँ । सधैँभरि हाँस्न पाऊँ । उसको अलि रिसाउने बानी छ । साथीहरूसँग नरिसाउनु । साथीहरूसँग मिलजुल गर्नु । नम्र बोल्नु । राम्ररी पढ्नु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending